• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक ४, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

३ घण्टा अघि
२

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

३ दिन अघि
३

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

३ दिन अघि
४

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

१ हफ्ता अघि
६

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

१ हफ्ता अघि
७

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

१ हफ्ता अघि
८

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

२ हफ्ता अघि
९

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

२ हफ्ता अघि
१०

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

२ हफ्ता अघि
११

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

३ हफ्ता अघि
१२

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक १६, बुधबार (२ साल अघि)

एमाले उम्मेदवार श्रेष्ठ र कटुवालद्वारा भकिम्लीमा घरदैलो : मतदाता उत्साहित

तस्विर : प्रताप बानिया

  • ५११ पटक पढिएको
  • म्याग्दी, कार्तिक-१६,  नजिकिँदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले घरदैलोमार्फत मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । यसैक्रममा मङ्गलवार बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरी भोट मागिएको हो । भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भकिम्ली, डोले र छेपारेलगायत टोल, वस्तीमा पुगेर चुनावलक्षित कार्यक्रमअन्तर्गत मतदाता भेटघाट गर्नुका साथै घरदैलो गरिएको नेकपा एमाले म्याग्दीले जनाएको छ । एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहितको टोलीले भकिम्लीमा मतदाता भेटघाट गरेको थियो ।

    मतदातालाई भेटघाट गर्दै प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले आफू सरकारी जागिरको माया मारेर जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको हुँदा आसन्न निर्वाचनमा भोट दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले यसअघि आफू तत्कालीन अर्थुङ्गे गाविसको अध्यक्ष हुँदा समग्र बेनीबजारको व्यवस्थापन गर्ने, व्यावसायिक कर उठाउने नीति बसाल्ने, बजार तथा गाउँका सडकहरुको मापदण्ड तयार गर्नेलगायत विकास निर्माणका काम गरेको बताउँदै अब पनि जिल्लाको विकास र नागरिकको सेवा गर्ने अवसर प्रदान गर्न एमाले पार्टी र एमालेका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । सोही क्रममा प्रदेश सभा (क)का उम्मेदवार क्षत्रीले यसअघि दुई पटकसम्म जनप्रतिनिधिको भूमिकामा रहेर जिल्लाको वस्तुस्थिति बुझ्नुका साथै विकास निर्माणमा आवश्यक पहल गरेको हुँदा जिल्लाको विकासलाई थप गति दिन आफू र एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पुरा गर्नका लागि पनि देशमा एमालेको सरकार आवश्यक रहेकाले एमाले उम्मेदवारलाई विजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य भोजबहादुर थापा, जिल्ला कमिटी सदस्य गेमबहादुर घर्ती, भकिम्लीका वडा कमिटी अध्यक्ष यामबहादुर घर्तीलगायत स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यसैगरी प्रदेश सभा (ख)का उम्मेदवार यामबहादुर गर्बुजा, एमाले धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल र प्रदेश सभा (ख) निर्वाचन परिचालन समन्वय कमिटी सचिव प्रगति कार्कीसहितको टोलीले लुलाङको खोरियामा घरदैलो गरी मतदातालाई भेटेर भोट मागेको जनाएको छ । त्यस्तै एमाले मंगला गाउँपालिका कमिटीले समेत पालिकाभित्र पाँचवटै वडा कमिटीको वैठक बसेर आसन्न निर्वाचनलक्षित तयारी गरिएको जानकारी दिएको छ । वडा कमिटीहरुको वैठकमार्फत निर्वाचन प्रचार सामग्री सबै टोल र वस्तीमा पुर्‍याउने, एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको बारेमा जनतालाई सुसूचित गराउने र पार्टीको पक्षमा चुनाव पार्ने तथा उम्मेदवारलाई विजयी बनाउने गरी लाग्न आवश्यक योजना बनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ घण्टा अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

    ३ दिन अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

    ३ दिन अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम


  • १ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

  • १ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • १ हफ्ता अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

  • १ हफ्ता अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • समाचार
  • १

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    ३ घण्टा अघि

  • २

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    ३ दिन अघि

  • ३

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    ३ दिन अघि

  • ४

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    १ हफ्ता अघि

  • ७

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    १ हफ्ता अघि

  • ८

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    २ हफ्ता अघि

  • ९

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    २ हफ्ता अघि

  • १०

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution