• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ हफ्ता अघि
३

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
४

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
५

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
६

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
७

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
८

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
९

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि
१०

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ महिना अघि
११

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

१ महिना अघि
१२

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक ७, सोमबार (३ साल अघि)

म्याग्दीको अन्नपूुर्ण र मालिका गाउँपालिकामा एमालेका उम्मेदवार मतदाताको घरदैलोमा

तस्विर : प्रताप बानिया

  • ५८० पटक पढिएको
  • म्याग्दी, कार्तिक-७, मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर  आइतबार अन्नपूर्ण गाउँपलिकामा एमाले म्याग्दीको घरदैलो अभियान सम्पन्न भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारसहित एमालेको निर्वाचन परिचालन टोलीद्वारा घरदैलो र मतदाता भेटघाट गरिएको हो ।

    एमाले म्याग्दीबाट प्रतिनिधि सभाका उम्मेदवार गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार पार्टी जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहित एमालेको टोलीले घरदैलो अभियान गरी मतदातालाई भेटेर भोट मागेको जनाएको छ । उक्त अभियानको क्रममा अन्नपूर्ण–५, शिखको पाउद्वार, स्वाँतलगायत टोल, वस्तीमा पुगेर मतदातासमक्ष उम्मेदवारहरुले भोट अपिल गरेका हुन् ।

    अभियानको क्रममा मतदातालाई भेटेर एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले एमाले र एमालेका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो । निवर्तमान सांसद समेत रहनुभएका उहाँले आफ्नो कार्यकालमा जिल्लामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सडक, पुललगायत विभिन्न क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरी विकास निर्माणको कामलाई तीव्रता दिएको बताउनुभयो । उहाँले जिल्लाको समग्र विकास निर्माण र थप योजना तथा बजेट परिचालनका लागि एमालेका उम्मेदवारलाई सुर्य चिह्नमा मतदान गरी जिताउनुपर्नेमा जोड दिनुभयो ।

    मतदातासमक्ष भोट माग्दै प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले जिल्लामा भएको स्रोतसाधनको परिचालन गरी विकास गर्न तथा स्वदेशमै युवा स्वरोजगारको सिर्जना गरी विदेश पलायनलाई रोक्नका लागि आफ्नो उम्मेदवारी रहेकाले म्याग्देली जनतासँग हातेमालो गरेर अगाडि बढ्ने वातावरण सिर्जना गरिदिन अनुरोध गर्नुभयो । प्रदेश सभा (क)का उम्मेदवार क्षत्रीले यसअघि आफू जनप्रतिनिधिको रुपमा जिल्ला समन्वय समिति म्याग्दीको नेतृत्व गर्दा सबै क्षेत्रको विकास निर्माणमा सक्दो योगदान पुर्‍याएको स्मरण गराउँदै आगामी दिनमा थप विकासमा सहयोगी भूमिका खेल्ने मौका दिन आफू चुनावी मैदानमा आएको हुँदा सहयोग गर्न आग्रह गर्नुभयो ।

    मतदाता भेटघाट तथा घरदैलो अभियानमा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनबहादुर पूर्जासहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । यसैगरी प्रदेश सभा (ख)मा पनि एमाले उम्मेदवारसहितको एक टोलीले आजै मालिका गाउँपालिका–१, निस्कोट र ५ नम्बर वडा देवीस्थानको विभिन्न टोल, वस्तीमा पुगेर मतदाता भेटघाट तथा घरदैलो अभियान गरेको जनाएको छ । मतदातालाई भेटेर एमाले उम्मेदवार यामबहादुर गर्बुजाले अहिले देश एमालेले लिएको नीतिअनुसार अघि बढेकाले आउँदो निर्वाचनमा एमाले र आफूलाई भोट दिएर जिताउनुपर्ने बताउनुभयो ।

    घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रममा एमाले म्याग्दीका उपसचिव तथा जनवर्गीय सङ्गठनका संयोजक थमसरा पुन, जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश सभा (ख) निर्वाचन परिचालन कमिटीका संयोजक खरमाया बिटालुसहित स्थानीय नेता, कार्यकताहरु सहभागी छन् । एमाले म्याग्दीको निर्वाचन परिचालन कमिटीमार्फत आसन्न निर्वाचनलक्ष्ािँत कार्यक्रमअनुसार घरदैलो र मतदाता भेटघाट गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • २ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • २

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ हफ्ता अघि

  • ३

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ४

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ५

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • ७

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • ८

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ महिना अघि

  • ९

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ महिना अघि

  • १०

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution