• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ आश्विन १६, आईतबार (३ साल अघि)

एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठद्वारा घरदैलो अभियानसहित मतदाता भेटघाट सुरु

तस्विर : प्रताप बानियाँ

  • ६९६ पटक पढिएको
  • म्याग्दी, असोज-१६, आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदमा एमाले म्याग्दीबाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएका हरिकृष्ण श्रेष्ठले घरदैलो अभियान सुरु गर्नुभएको छ । नेपालीहरुको महान पर्व नवदुर्गाको सातौं अर्थात् आज फूलपातीको दिन पारेर उम्मेदवार श्रेष्ठसहितको टोलीले मतदाता भेटघाट कार्यक्रम सुरु गरेको हो ।

    उम्मेदवारी दर्ता र मतदानको समय नजिकिँदै गर्दा जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँबाट निर्वाचनलक्षित घरदैलो अभियान र मतदाता भेटघाट कार्यक्रम सुरु गरिएको जनाइएको छ । उम्मेदवार श्रेष्ठसहितको टोलीले घरदैलो अभियानको क्रममा मतदाताहरुलाई भेटेर विजयादशर्मी, शुभदिपावली, नेपाल सम्वत् र छठपर्वको शुभकामना दिएर आउँदो निर्वाचनमा एमालेको पक्षमा भोट मागिएको बताएको छ ।

    मतदाता भेटघाटको क्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य समेत रहनुभएका उम्मेदवार श्रेष्ठले म्याग्दी जिल्लामा एमाले र आफ्नो जित सुनिश्चित रहेको बताउँदै आफूलाई मत दिन मतदाताहरुलाई अनुरोध गर्नुभएको छ । उहाँले एमालेको नेतृत्वमा बनेका सरकारले देशको विकास निर्माणको साथै नेपाली जनताहरुको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गरेको स्मरण गराउँदै आउँदो निर्वाचनबाट पनि एमालेलाई देश विकास र जनताको सेवामा समर्पित गर्ने अवसर दिन आग्रह गर्नुभयो ।

    एमाले म्याग्दीबाट प्रतिनिधि सभामा सर्वसम्मत तथा एकल उम्मेदवार बन्न सफल हुनुभएका नेता श्रेष्ठले देशको नेतृत्व र विकासको क्षेत्रमा दीर्घकालीन काम एमालेले मात्रै गर्न सक्ने भन्दै एमाले र एमालेका उम्मेदवारको पक्षमा भोट हाल्नुको विकल्प नभएको बताउनुभयो । घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रममा एमाले म्याग्दीका उपसचिव तथा जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाले यसअघि एमाले नेतृत्वले थालनी गरेका देश विकासको कामलाई पुरा गर्न पुन: एमालेलाई विजयी गराउन मतदातासमक्ष आग्रह गर्नुभएको छ ।

    उहाँले आसन्न निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार निर्माण भई देश विकासले गति लिने पनि बताउनुभयो ।
    कार्यक्रममा एमाले जिल्ला सदस्य राजेन्द्रकुमार श्रेष्ठ, बेनी नगर कमिटी सचिवालय सदस्य भोजबहादुर रिजाल, बेनपा–७, बेनीका वडा कमिटी अध्यक्ष एवं वडा सदस्य रमेश फगामी, एमाले नेताहरु दिलकुमार श्रेष्ठ, प्रेम घिमिरेलगायत स्थानीय नेता तथा कार्यकर्ताहरुले घरदैलो अभियानमार्फत एमाले पार्टी र एमालेका उम्मेदवारको पक्षमा भोट मागेका छन् । एमाले म्याग्दीले प्रतिनिधि सभा सदस्यमा सर्वसम्मत उम्मेदवार चयन गरेको भए पनि प्रदेश सभातर्फ भने आकांक्षीहरु धेरै भएकाले नामावली सिफारिस गरेको छ ।

    यता अहिलेको पाँचदलीय सत्ता गठबन्धनबाट पनि प्रतिनिधिसभा र प्रदेश सभामा आकांक्षी उम्मेदवारहरुको नामावली सिफारिस गरिएको छ भने सत्ता गठबन्धनले पनि उम्मेदवार टुङ्ग्याउन सकेको छैन । आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुमा आकांक्षी उम्मेदवारहरु धेरै भएकाले ठूला दल तथा नेताहरुहरुलाई उम्मेदवार चयनमा सकस परिरहेको छ ।

    प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा गएको स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले चारवटा पालिकासहित २२ वटा वडामा विजयी हासिल गरेको छ । आसन्न निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार १ सय २० जना मतदाताहरु रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution