• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

१ घण्टा अघि
२

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

१ हफ्ता अघि
३

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

१ हफ्ता अघि
४

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

१ हफ्ता अघि
५

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

१ हफ्ता अघि
६

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

१ हफ्ता अघि
७

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

२ हफ्ता अघि
८

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

२ हफ्ता अघि
९

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

२ हफ्ता अघि
१०

मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

३ हफ्ता अघि
११

भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

३ हफ्ता अघि
१२

नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ भाद्र २५, शनिबार (३ साल अघि)

दिदीबहिनी सहकारीको ११ औँ साधारणसभाः महिलाहरु उद्यमशिल बन्नुपर्नेमा उपमेयर लामिछानेको जोड

तस्विर : देवी जिसी

  • ९७८ पटक पढिएको
  • देवी जिसी/म्याग्दी, भदौ-२५,  म्याग्दीको बेनीमा महिलाहरुद्वारा  संचालित  दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा बेनीमा सम्पन्न भएको छ । साधारण सभाले  बिस्णु गौतम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ भने  उपाध्यक्षमा  सुगम श्रेष्ठ , सचीव जगत कुमारी खत्री ,कोषाध्यक्ष अम्बिका श्रेष्ठ सहसचिव कमला खत्री जिसी, त्यसैगरी  लेखा समिति संयोजक सारदा शर्मा चयन हुनुभएको छ।

    शनिबार बेनीमा आयोजित साधारणसभाको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले महिलाहरु उद्यमशिल बन्नु पर्ने बताउनुभएको छ । महिला दिदीबहिनीहरु कुनै न कुनै सिप, कला तथा व्यवसायको माध्यमबाट उद्यमशिल बनी आफ्नो सुन्दर भविस्यको रेखा कोर्न सक्षम हुनुपर्ने र यसका लागि नगरपालिकाले पनि आवश्यक कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको उपप्रमुख लामिछानेको भनाई थियो ।

    सहकारीका निवर्तमान अध्यक्ष समेत रहनुभएका लामिछानेले महिलाहरुलाई उद्यमशिल बनाउनका लागि सहकारीले सघाउँदै आएको बताउनुभयो । उहाँले सवै शेयर सदस्यहरुलाई सहकारीमा कारोवार गर्न र संस्थाको वृद्धि विकासमा अग्रसर हुन समेत आग्रह गर्नुभएको छ ।
    संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक बर्ष २०७९÷०८० का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका सचिव सगम श्रेष्ठले जिल्लाभर छरिएर रहेका दिदीबहिनीहरुको स– साना पूजीलाई संकलन गरि आत्मनिर्भर बनाउने सहयोग पु¥याउने उद्देश्यले २०६८ सालमा स्थापना भएको सहकारीले आशातित सफलता हासिल गर्दै गईरहेको बताउनुभयो ।

    उहाँले सहकारीले मुठ्ठीदान मार्फत गरिव विपन्नलाई राहत तथा प्राकृतिक प्रकोपहरुमा सहयोग, शेयर सदस्यभित्र सुत्केरी कोशेली, दम्पत्ती सम्मान, एकल महिला प्रोत्साहन, महिलाहरुको सिप तथा क्षमता अभिवृद्धिका तालिम संचालन, सुलभ कर्जा प्रदान गरि आयआर्जन एवम् जीवनयापनमा सुधार लगायतका कार्यहरु प्रभावकारी ढंगबाट संचालन गर्दै आएको पनि बताउनुभयो ।

    त्यस्तै आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष जगत कुमारी खत्रीले हाल सम्म संस्थाको कुल शेयर पूँजी ४ करोड १२ लाख २३ हजार ८ सय रुपैयाँ रहेको जानकारी गराउनुभएको छ । संस्थाले हाल सम्म ११ करोड ३० लाख ६१ हजार ७ सय २७ रुपैयाँ लगानी गरेको र ८ करोड ६९ लाख ४५ हजार ९८ रुपैयाँ बचत गरेको कोषाध्यक्ष खत्रीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले आर्थिक बर्ष २०७८÷०७९ मा मात्रै कुल १ करोड २६ लाख ९१ हजार २ सय ६ रुपैयाँ आम्दानी र १ करोड १० लाख ७६ हजार ३५ रुपैयाँ खर्च गरेको कोषाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।


    साधारणसभाकै अवसरमा शेयर सदस्यहरुलाई सहकारीको आवश्यकता, महत्व र वित्तीय जनचेतना प्रदान गर्ने उद्देश्यले सहकारीकर्मीको भुमिका, दायित्व र जिम्मेवारी समेतको विषयमा सहकारी प्रशिक्षक नारायण कार्कीले प्रशिक्षण दिनुभएको थियो । साधारणसभाको अवसरमा मुठ्ठीदान मार्फत अशक्त महिला बेनपा –३ की चन्द्रकली विकलाई नगद रु ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मर बहादुर किसान र कोपीला किसानको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

    त्यस्तै उत्कृष्ट बचतकर्ता, असल क्रृणीकर्ता र असल कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको छ । बैकल्पिक उज्यालो विद्यालयबाट एसईई उतिर्ण गरेका सदस्य रेणुदेवी मल्ल र योगमाया शर्मा पौडेल र उत्कृष्ट विद्याथीतर्फ सन्दिप प्रसाद पौडेल र दिपा आचार्यलाई सम्मान गरिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । २० जना महिलाहरुलाई एकल महिला प्रोत्साहन स्वरुप नगद सहयोग गरिएको छ भने स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुनुभएका संस्थाका शेयर सदस्यहरुलाई पनि सहकारीले सम्मान गरेको छ । साधारणसभाको उद्घाटन सत्र संस्थाका कार्यवाहक अध्यक्ष विष्णु गौतम सापकोटाको अध्यक्षता, सह सचिव अम्विका श्रेष्ठको स्वागत र र सचिव सुगम श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

    ११५ जना शेयर सदस्यबाट सुरुभएको सहकारीमा हाल ८४३ सदस्य रहेका छन भने बेनीको गणेशटोलमा आफ्नै भवन निर्माण गरि कार्यालय संचालन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    १ हफ्ता अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

    १ हफ्ता अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

    १ हफ्ता अघि

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो


  • १ हफ्ता अघि

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

  • २ हफ्ता अघि

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

  • २ हफ्ता अघि

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

  • २ हफ्ता अघि

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

  • समाचार
  • १

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण
    १ घण्टा अघि

  • २

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    १ हफ्ता अघि

  • ३

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    १ हफ्ता अघि

  • ४

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    १ हफ्ता अघि

  • ५

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    १ हफ्ता अघि

  • ७

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    २ हफ्ता अघि

  • ८

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह
    २ हफ्ता अघि

  • ९

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु
    २ हफ्ता अघि

  • १०

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution