• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

४ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

५ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (३ साल अघि)

म्याग्दीमा भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने

तस्विर : अमित विश्वकर्मा

  • ५४४ पटक पढिएको
  • म्याग्दी, भदौ-७,  जिल्ला निर्वाचन कार्यालय म्याग्दीले यहि भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । मंगलबार बेनीमा सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम आयोजना गरि कार्यालयले भदौ १२ गतेदेखि १९ गते सम्म अद्यावधिक गर्ने मिति तय गरिएको जानकारी गराएको हो ।

    कार्यक्रमका बारेमा जानकारी गराउँदै जिल्ला निर्वाचन अधिकारी भिम प्रसाद घिमिरेले भदौ १२ गते निर्वाचन कार्यालय, नगरपालिका, गाउँपालिका तथा वडा समेत मतदाता नामावलीको डिजिटल कपी प्रकाशित गरि अद्यावधिक गर्ने कार्य सुरु गरिने बताउनुभयो ।
    आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनलाई लक्षित गरि गत साउन २० गते सम्म संकलन गरिएको मतदाता नामावलीमा भएका त्रुटीहरुलाई सच्याउनका लागि लागि एक साताको समय छुट्याईएको घिमिरेले बताउनुभयो ।

    प्रकाशित नामावलीमा भएका कमजोरीलाई सच्याउनका लागि सम्वन्धीत मतदाता वा निजको घरपरिवारको सदस्यले वडा कार्यालयमा निवेदन दिन सक्नेछन । सो अवधिमा झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको गराएको भए साको विरोधमा कुनै पनि मतदाताले दावि विरोधको उजुरी समेत दिन पाउने व्यवस्था रहेको निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो ।

    निर्धारित मितिमा मतदाताहरुलाई आफ्नो वडा कार्यालयमा गई मतदाता नामावलीमा रहेका आफ्नो नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्याउन एवम् आफ्नो नाम दोहोरो परेको भए हटाउन निवेदन दिन, मृत्य भएका वा नागरिकता त्याग गरेका मतादाताको नाम हटाउन र बसाइ सरि तथा विवाह गरि अन्यत्र गएकाहरुले पनि निवेदन दिन जिल्ला निर्वाचन अधिकारी घिमिरेले जिल्लाका सम्पूर्ण मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राज कुमार थापाले निर्वाचनलाई निष्पक्ष बनाउनका लागि मतादाता नामावली अद्यावधिकको कार्य महत्वूर्ण हुने बताउनुभयो । मतदाताहरुको यथार्थ विवरण ल्याउनका लागि यस अद्यावधिक कार्यमा वडा तथा पालिकाहरु संग समन्वय गर्न सवै राजनैतिक दलहरुलाई थापाले अनुरोध गर्नुभएको छ ।

    साथै थापाले निर्वाचनलाई मर्यादित बनाउनका लागि मतदातालाई दवावमा राख्न नहुनेमा जोड दिनुभएको छ । उनिहरुले चाहेको दल वा उम्मेदवारलाई मतदिन पाउने अधिकारको हनन गर्न नहुने भन्दै थापाले यस विषयमा खास गरि राजनैतिक दलहरु नै संयमित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

    जिल्ला न्यायाधिश कृष्ण प्रसाद नेपालले जनताले शासक छनौट गर्ने र राज्य सत्ता स्थापना गर्ने महत्वपूर्ण आधार निर्वाचन भएको बताउनुभयो । निर्वाचनलाई शान्तीपूर्ण र धाँधलीरहित बनाउने सवैभन्दा वलियो पाटो मतदाता नामावलीलाई त्रृटिरहित बनाउनु हो, नेपालले भन्नुभयो ।
    प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले प्रजातन्त्र र सुशासनलाई सुनिस्चित गर्न देशमा निर्वाचनको महत्व हुने बताउनुभयो । प्रजिअ रानाले निर्वाचनमा मतदानका लागि कोही पनि नदोहोरिने र कोही पनि नछुट्ने गरि अद्यावधिकको कार्य सम्पादन गर्न वडा, पालिका तथा निर्वाचन कार्यालयलाई समेत निर्देश गर्नुभएको छ ।

    कार्यक्रममा नेकपा एमालेका अध्यक्ष देवेन्द्र कटुवाल, नेपाली काँग्रेसका सचिव भरत रकाल, मंगोल नेश्नल अर्गनाईजेसनका अध्यक्ष डिके पुन लगायतले निर्वाचन संग सम्वन्धीत सवै गतिविधिहरुमा प्रविधिको प्रयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए । साथै विदेशमा रहेका नेपालीहरु पनि निर्वाचनमा सहभागी हुने गरि व्यवस्था गर्नुपर्ने भनाई व्यक्त गरेका थिए ।

    बेनी नगरपालिका प्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, निजीक्षेत्र, संचारकर्मी लगायतको उपस्थिति रहेको कार्यक्रम प्रमुख जिल्ला अधिकारी रानाको अध्यक्षता, जिल्ला निर्वाचन अधिकारी घिमिरेको स्वागत र कार्यालयका नायव सुव्वा चित्रनाथ शर्माको संचालनमा सम्पन्न भएको थियो ।

    -७,

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ४ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ५ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी


  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ४ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ५ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution