• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर १९, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

२ दिन अघि
२

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

३ दिन अघि
३

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

३ दिन अघि
४

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

३ दिन अघि
५

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

३ दिन अघि
६

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

४ दिन अघि
७

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

६ दिन अघि
८

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
९

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि
१०

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

१ हफ्ता अघि
११

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि
१२

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ अषाढ ३०, बिहिबार (३ साल अघि)

सामाजिक विकास कार्यालय म्याग्दीको बार्षिक समिक्षा

तस्विर : कमल खत्री

  • ७३० पटक पढिएको
  • देवी जिसी/म्याग्दी, असार-३०,  सामाजिक विकास कार्यालय म्याग्दीले  कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा गरेको  छ । विहिवार कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुबिच आर्थिक बर्ष २०७८/०७९ मा सम्पादन गरेका कार्यहरु संगै  सामाजिक क्षेत्रका समसामयिक सवालहरुको सन्दर्भमा अन्तरक्रिया एवम बार्षिक समिक्षा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा  कार्यालयबाट भएका गतिविधि र उपलब्धिहरुको बारेमा समेत जानकारी गराएको थियो  । यस आर्थिक बर्षमा कार्यालयले कुल रु ३ करोड २१ लख ५८ हजार बजेटमध्ये रु २ करोड ६ हजार खर्च भएको जनाएको छ । कार्यालयले चालु तर्फ रु ६४ लाख ८१ हजार र पुंजिगततर्फ रु १ करोड ३५ लाख २५ हजार खर्च भएको जनाएको छ ।

    सामाजिक बिकास कार्यालयका  योजना अधिकृत बावुराम आचार्यले  यसबर्ष  २ वटा सामुदायिक भवन, ३ वटा आमा समुहको भवन निर्माण, ३ वटा मन्दीरको  संरक्षण, ४ वटा विद्यालयमा घेरावार तथा प्रवेशद्धार निर्माण, १ वटा कृषि वस्तु संकलन केन्द्र, १ वटा धारा पोखरी निर्माण गरिएको जानाकारी दिनुभयो साथै उहाँले  एक वटा वडा कार्यालय भवन निर्माण सुरु गरिएको  समेत बताउनुभयो ।

    यस बर्ष कार्यालयले गण्डकी समाज सभ्य समाज, ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण, सामाजिक कुरीति विरुद्धको अभियान सञ्चालन, बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापन, जिल्ला बाल सञ्जाल गठन तथा परिचालन, अपांगता भएका व्यक्तिहरुलाई सहायता सामाग्री, युवा क्लबलाई खेलकुदका सामाग्री वितरण संगे विभिन्न जनचेतनामुलक अभियान सञ्चालन गरेको कार्यालय प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।

    जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले सामाजिक क्षेत्रको जागरणले समाजमा सकरात्मक परिवर्तन ल्याउन सकिने बताउँदै स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय गर्दै आफ्ना कार्यक्रम र गतिविधिलाई थप प्रभाबकारी बनाउतर्फ लाग्न सुझाब दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई राज्यका सेवा र सुविधाहरु सरल र सहज रुपमा उपलब्ध गराउनका लागि स्थानीय तहहरु र सम्बद्ध निकायहरुले ध्यान दिन आबश्यक रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा  बेनी नगरपालिकाका उप प्रमुख  ज्योति लामिछानेले सामाजिक परिवर्तन र रुपान्तरणका लागि समाजका सबै जिम्मेवार निकायहरुबिच समन्वयकारी भूमिका र हरेक नागरिकमा समाजप्रतिको जिम्मेवारी बोधको आबश्यकता औँल्याउनुभएको थियो । कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख थापाले सामाजिक विकासमा क्षेत्रगत भूमिकाको बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कँडेलले अस्पतालमा रहेको लैंगिक हिंसा सम्बन्धी एकद्धारा संकट व्यवस्थापन केन्द्र मार्फत भएका गतिविधिबारे जानकारी गराउनुभएको थियो

    गैह्र सरकारी संस्था महासंघका अध्यक्ष दिपक पौडेलले सामाजिक क्षेत्रको अवस्था, अपांग संघका प्रतिनिधि सुरेन्द्र खत्रीले जिल्लामा अपांगताको अवस्था, दिलमायाँ बिटालुले जिल्लामा महिला सहकारीको अवस्थाबारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम  लेखा अधिकृत त्रिविक्रम शर्माले स्वागत र योजना अधिकृत पौडेलको  सञ्चालनमा  सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

    ३ दिन अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

    ३ दिन अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • ४ दिन अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • १ हफ्ता अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ हफ्ता अघि

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

  • २ हफ्ता अघि

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • समाचार
  • १

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    २ दिन अघि

  • २

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ३ दिन अघि

  • ३

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    ३ दिन अघि

  • ४

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    ३ दिन अघि

  • ५

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    ३ दिन अघि

  • ६

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    ४ दिन अघि

  • ७

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    ६ दिन अघि

  • ८

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ हफ्ता अघि

  • ९

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
    १ हफ्ता अघि

  • १०

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution