• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

८ मिनेट अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

५ दिन अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

६ दिन अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

१ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ अषाढ १७, शुक्रबार (३ साल अघि)

कालीगण्डकी र म्याग्दीखोलामा निर्माणाधीन तटबन्धको संसदीय समितिद्वारा स्थलगत अनुगमन, तटबन्ध निर्माणको काम सन्तोषजनक रहेको समितिको ठहर

तस्विर : प्रताप बानियाँ

  • ५८७ पटक पढिएको
  • म्याग्दी, असार-१७,  व्यवस्थापिका संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा निर्माणाधीन तटबन्धको स्थलगत अनुगमन र निरीक्षण भएको छ । आज (शुक्रवार) उक्त समितिद्वारा म्याग्दीको सदरमुकाम बेनीबजारलाई संरक्षण गर्नका लागि कालीगण्डकी नदी र म्याग्दीखोलाको किनारमा निर्माणाधीन तटबन्धको अनुगमन गरिएको हो ।

    म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाको संयोजनमा समितिका सदस्यहरु घनश्याम खतिवडा, राजबहादुर बुढा क्षत्री, पोल्देनछोपाङ गुरुङ, लालकाजी गुरुङ तथा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ र निर्माण कम्पनीका प्रोप्राइटर राजकुमार श्रेष्ठसहितको टोलीले नदी तटबन्धनको अनुगमन गरेको जनाएको छ ।

    उक्त टोलीले बेनीबजार र गलेश्वर बजार संरक्षण गर्नका लागि विभिन्न चार ठाउँमा निर्माणाधीन नदी तटबन्धको अनुगमन गरिएको जानकारी दिएको छ । संसदीय समितिसहितको टोलीले बेनीको कालीपुल, म्याग्दी जेसीजको भवन अगाडि, मङ्गलाघाट र गलेश्वर क्षेत्रमा नदी तटबन्धका लागि निर्माणाधीन कामको अनुगमन गरिएको प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले बताउनुभयो । गएको चैत महिनादेखि तटबन्ध निर्माणको काम सुरु गरिएकोमध्ये पहिलो चरणको हालसम्म झण्डै ४० प्रतिशत काम सकिएको निर्माण कम्पनीको भनाइ छ ।

    रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले रौतह बि एण्ड बि काठमाडौंमार्फत माउण्ट धौलागिरि कन्टक्सन प्रालि म्याग्दीले नदी तटबन्ध निर्माणको कामको जिम्मेवारी लिएको छ । २ वर्षका लागि नौ करोड ४५ लाख रुपैयाँ बढीको लागतमा नदी किनारमा तटबन्ध गर्नका लागि निर्माणको जिम्मेवारी आफूले पाएकोमा अहिले नियमित रुपमा काम भैरहेको माउण्ट धौलागिरि कन्टक्सन प्रालिका प्रोप्राइटर राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणको काम भैरहेको क्षेत्रमा दैनिक ५० जना मजदुरहरु परिचालन भएका छन् । जोखिमपूर्ण सदरमुकाम संरक्षण गर्ने कार्यक्रमअनुसार आफ्नो पहलमा गत वर्षदेखि बहुवर्षे ठेक्कामार्फत नदीमा तटबन्ध निर्माणको काम सुरु भएकोमा सन्तोषजनक रहेको प्रतिनिधि सभा सदस्य थापाले बताउनुभयो ।

    निर्माणाधीन नदी किनारमा तटबन्ध निर्माणतर्फ ग्याबिन जाली भर्ने र कङ्क्रिट वाल लगाउने कामहरु भैरहेका छन् । ंबेनीको मंगलाघाट क्षेत्रमा उपभोक्ता समिति र ठेक्कामार्फत ८० मिटर ग्याबिन जाली लगाइएको छ भने गलेश्वरमा उपभोक्ता समितिमार्फत ३ सय २० मिटर लामो ग्याबिन जाली लगाइएको छ । यसैगरी कालीपुल क्षेत्रमा ठेक्कामार्फत ८० मिटर कङ्क्रिट वाल लगाइएको छ भने जेसीज भवनमूनि उपभोक्ता समितिबाट २ सय ६६ मिटर ग्याबिन जाली लगाइएको छ । त्यस्तै रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत कालीपुल बसपार्कमा रेलिङ निर्माण भएको छ भने मानिस हिँडडुल गर्नका लागि व्लक राखेर तीन मिटरको फुटपाट निर्माण गरिनेछ ।

    यसअघि संसदीय समितिको टोलीले म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको स्थलगत अनुगमन गरेको थियो । अनुगमनको क्रममा भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण भैरहेको राहुघाट जलविद्युत आयोजनाको हालसम्म ४५ प्रतिशत भोतिक प्रगति देखिएको समितिका सदस्य एवं मोरङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले बताउनुभयो । आयोजना निर्माणमा ८० प्रतिशत भारत र २० प्रतिशत नेपालको मजदुर तथा निर्माण सामग्री प्रयोग भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    ८ मिनेट अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    ५ दिन अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    ६ दिन अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    १ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution