• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन ३, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
२

स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

५ दिन अघि
३

शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

५ दिन अघि
४

जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम

६ दिन अघि
५

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

१ हफ्ता अघि
६

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ हफ्ता अघि
७

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ हफ्ता अघि
८

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

१ हफ्ता अघि
९

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

१ हफ्ता अघि
१०

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
११

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

२ हफ्ता अघि
१२

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (३ साल अघि)

वडाध्यक्षलाई मञ्चबाटै तानेर बाहिर निकालेपछि मालिकाको गाउँसभा स्थगित

तस्विर : प्रताप बनिया

  • ७३२ पटक पढिएको
  • म्याग्दी, जेठ-१९,  पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको हिँजो (बुधवार) सञ्चालित पहिलो तथा विशेष गाउँसभा स्थगित भएको छ । गाउँसभा चलिरहेको क्रममा सभा बहिष्कार गरेर बाहिर निस्कँदै गर्दा गाउँसभा सदस्य मञ्चमै पुगेर वडा अध्यक्षलाई जबरजस्ती तानेपछि गाउँसभा स्थगित गरिएको हो ।

    मालिका–३, रुम डाँडागाउँका नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष मोतिप्रसाद बुढालाई मालिका–४, आखेरबोटकी नेपाली कांग्रेसबाट निर्वाचित वडा महिला सदस्य भीमकुमारी पुनले बाहिर निस्कने क्रममा एक्कासी फ्लोरबाट मञ्चमै पुगेर तान्नुभएको थियो । उहाँले तानेपछि गाउँ कार्यपालिका सदस्यमा मनोनित दलबहादुर खड्काथोकी सहितका जनप्रतिनिधिले पनि तान्नुका साथै धकेल्दै बाहिर निकालेका थिए ।

    यो दृश्य हेर्दा सभा चलिरहेको अवस्थामा बहिष्कार गर्ने पक्षले मञ्चमै पुगेर वडाध्यक्षलाई जबरजस्ती तान्नु उनीमाथि हातपात र दुव्र्यवहार भएको देखिएको थियो । अरु जनप्रतिनिधिको बलमा जबरजस्ती बाहिर निस्कनुपर्दा वडाध्यक्ष बुढाले आफूलाई दुव्र्यवहार र अपमान भएको बताउँदै यसका लागि आफूले कानुनी उपचार खोज्ने बताउनुभएको छ । यता गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँसभा चलिरहेको अवस्थामा वडाध्यक्षलाई केही जनप्रतिनिधि आएर मञ्चबाटै तानेर बाहिर लगेपछि गाउँसभा स्थगित गर्नुपरेको बताउनुभयो ।

    गाउँसभा चलिरहेको अवस्थामा सभा बहिष्कार गरेर बाहिर जाने क्रममा यसरी गाउँसभा सदस्य मञ्चमै पुगेर वडाध्यक्षलाई जबरजस्ती रुपमा तान्नु सभाको मर्यादा विपरीतको कार्य हो । पालिकाको गाउँसभालाई मिनी संसद रुपमा मानिन्छ । गाउँसभामा विषयगत समितिको संयोजक प्रस्ताव गरिएकोमा नेपाली कांग्रेसले संयोजक नपाएपछि असहमति जनाउँदै विवाद सुरु भएको थियो ।

    यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्ताव गरेको मालिका गाउँपालिका, गाउँ कार्यपालिका, कार्यसम्पादन नियमावली–२०७९ र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन–२०७९ भने पारित भएको छ । यी दुईवटा प्रस्तावहरु सभामा पेश भई निणायार्थ प्रस्तुत भएर पारित भए पनि गाउँपालिकाको विषयगत समिति गठनसम्बन्धी प्रस्तावमाथि छलफल गर्ने क्रममा विवाद भएको थियो । विषयगत समिति गठन गर्ने प्रस्तावमा चित्त नबुझेपछि नेपाली कांग्रेस, नेकपा माओवादी र समाजवादीबाट निर्वाचित जनप्रतिनिधिले असहमति जनाएका थिए ।

    उनीहरुले गाउँपालिका अध्यक्षले आफूखुसी विषयगत समितिको संयोजक प्रस्ताव एकलौटी रुपमा गरेको भन्दै आरोप लगाएका छन् । गाउँपालिका अध्यक्ष गर्बुजाले भने आफूले संविधानले दिएको अधिकार प्रयोग गरेर विषयगत समितिको संयोजक प्रस्ताव गरेको बताउनुभयो । रुम डाँडागाउँका वडाध्यक्ष बुढालाई पालिका अध्यक्ष गर्बुजाले भौतिक पूर्वाधार समितिको संयोजक प्रस्ताव गरेर हलबाट पारित भएपछि निस्कोटका वडाध्यक्ष टंकप्रसाद पुनले माओवादीलाई यही भए पुग्छ भन्दै निस्कने क्रममा महिला सदस्य पुन मञ्चमा गएर अध्यक्ष बुढालाई दुव्र्यवहार गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    २ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    २ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी


  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • ३ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ४ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ४ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • २

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र
    ५ दिन अघि

  • ३

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न
    ५ दिन अघि

  • ४

    जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम
    ६ दिन अघि

  • ५

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    १ हफ्ता अघि

  • ६

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ हफ्ता अघि

  • ७

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ हफ्ता अघि

  • ८

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    १ हफ्ता अघि

  • १०

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution