• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

६ घण्टा अघि
२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ हफ्ता अघि
३

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

१ हफ्ता अघि
४

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
५

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
६

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

२ हफ्ता अघि
७

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
८

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

३ हफ्ता अघि
९

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
१०

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

४ हफ्ता अघि
११

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

४ हफ्ता अघि
१२

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ बैशाख २२, बिहिबार (३ साल अघि)

एमाले म्याग्दीको सबै पालिकामा चुनावी सभा र मतदाता भेटघाट कार्यक्रम

तस्विर : प्रताप बानिया

  • ६७५ पटक पढिएको
  • म्याग्दी, बैशाख-२२,  यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा अहिले राजनीतिक दलहरुको चुनावलक्षित विभिन्न कार्यक्रमहरु भैरहेका छन् । यसैक्रममा आज (बुधवार) हिमाली जिल्ला म्याग्दीको सबै छ वटै पालिकामा नेकपा एमालेको चुनावी सभा र मतदाता भेटघाट कार्यक्रम भएको छ ।

    बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनी, पुरुन्डी र पुलाचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले आसन्न चुनावपछि एमाले फेरि सत्तामा पुग्ने बताउनुभयो । उहाँले यसअघि एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्दागर्दै देशी, विदेशीलगायत विभिन्न शक्तिको जालझेलका कारण सरकार ढलेको भन्दै चुनावमा एमालेलाई जनताले बहुमत दिएर पुन सरकारमा पठाउने विश्वास लिनुभयो ।म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका एमाले केन्द्रीय सदस्य थापाले जनप्रतिनिधिको हैसियतमा आफूले म्याग्दीलाई हिमाली जिल्ला बनाउने, ठाउँठाउँमा विद्यालय भवन, सडक, खानेपानी योजना, कृषि, पर्यटनलगायत विविध क्षेत्रको विकासमा पर्याप्त बजेट विनियोजन गर्नुका साथै विकास निर्माणको पहल गरेको बताउनुभयो । उहाँले एमालेको सरकारले चीनसँग पारवहन सन्धी सम्झौता गर्ने, नेपालको नयाँ नक्सा जारी गर्ने, वृद्धभत्ता बढाउने, देशलाई सुरुङमार्गमा लैजाने, रेलसेवा र पानीजहाज चलाउने कामको सुरुवात गरेको भन्दै अब ती विकासका योजनालाई संस्थागत बनाउनका लागि पनि एमालेको सरकार आवश्यक रहेकोमा जोड दिनुभयो ।

    सोही सभालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पुरा गर्न एमालेलाई जनताले भारी मत दिएर सत्तामा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कांग्रेस–माओवादी र अन्य पार्टी गफ मात्रै गर्ने र एमाले काम गरेर देखाउने एकमात्र पार्टी भएको बताउँदै आउँदो निर्वाचनमा एमाले पार्टी र एमालेका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी बनाउन आम मतदातालाई आग्रह गर्नुभएको छ ।कार्यक्रममा बेनी नगरपालिकाको मेयरका उम्मेदवार सुरत केसी र उपमेयरका उम्मेदवार पशुपति शाहीले सम्बोधन गर्दै नगर क्षेत्रमा सबैलाई स्वास्थ्य बीमा गर्ने, आर्थिक विपन्नलाई सघाउने र कृषि तथा पशुपालनलाई प्रोत्साहन गरी बजारीकरणमा सहयोग गर्नेलगायत थुप्रै योजनाहरु अगाडि सारेर आफूहरु चुनावमा होमिएको बताउनुभयो । बेनी नगरपालिका–५, पुलाचौरको वडा अध्यक्षका उम्मेदवार गोविन्द बानियाँले आफू नेतृत्वको वडामा उठेको एमालेको टिमले पाँच वर्षभित्र वडालाई समृद्ध बनाउने योजनासहित चुनावमा लागेको बताउनुभयो ।

    कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य सन्तोष रावल, प्रदेश कमिटी सदस्यद्वय लक्ष्मण बानियाँ, प्रमोद श्रेष्ठ, एमाले जिल्ला सचिवालय सदस्य रामप्रसाद सुवेदी, जिल्ला कमिटी सदस्य अमर बानियाँ, बलादेवी राई, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक प्रकाश पौडेललगायत एमाले नेताहरुले सम्बोधन गर्नुभएको थियो । पुलाचौरको वडाध्यक्षका उम्मेदवार बानियाँसहित सदस्यहरु दुर्गा पौडेल, डम्बरहादुर बानियाँ, देवीदत्त पौडेल र मनिसा नेपालीले पनि आ–आफ्नो योजना सुनाउँदै जनतासमक्ष मत मागिरहनुभएको छ । नेकपा एमाले पुलाचौर वडा कमिटीका अध्यक्ष दिनेश कार्की र भीरमुनी टोल कमिटी अध्यक्ष होमबहादुर बरुवालको अध्यक्षता, बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न चुनावी सभा कार्यक्रममा साविक पुलाचौर गाविसका पूर्व उपाध्यक्ष भोजबहादुर कार्की तथा एमालेका स्थानीय नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    यसैगरी पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–६, मराङमा एमाले जिल्ला सचिवालय सदस्य खरमाया बिटालुको विशेष उपस्थितिमा पालिका र वडाका उम्मेदवारहरु थमसरा पुन, प्रगति कार्की र राजाराम उपाध्यायसहितको टोलीले चुनावी सभा गरेको छ । त्यस्तै मालिका–४, ओखरबोटमा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठको विशेष उपस्थितिमा पालिका र वडाका उम्मेदवारहरु बेगप्रसाद गर्बुजा, लक्ष्मी पुन र गोपाल कँडेलसहितको टोलीले घरदैलो र मतदाता भेटघाट गर्नुका साथै फुलबारीमा चुनावी सभा सम्पन्न गरेको छ । एमाले मंगला गाउँपालिकाको आयोजनामा पनि बरंजास्थित धापुङमा पालिका र वडाका उम्मेदवार सतप्रसाद रोका, प्रेमकुमारी अधिकारी र लक्ष्मी पुनसहितको टोलीले कार्यक्रम गरेको जनाएको छ ।

    यता एमाले रघुगंगा गाउँपालिका कमिटीले झँीमा पार्टी अध्यक्ष देवेन्द्रबहादुर केसीको प्रमुख आतिथ्यमा पालिका र वडाका उम्मेदवारहरु प्रेमबहादुर कार्की, यामकुमारी गर्बुजा, तेजु शेरपुञ्जासहितको टोलीले चुनावी प्रचार गर्नुका साथै मतदातासमक्ष भोट मागेका छन् । अन्नपूर्णको दोवामा एमाले जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदीको प्रमुख आतिथ्यमा पालिका र वडाका उम्मेदवारहरु भरत पुन, दिवाकुमारी तिलिजा पुन र कुलप्रसाद पूर्जाको टोलीले पनि चुनावी कार्यक्रम गरी मतदातालाई भोट मागेर एमालेलाई विजयी बनाउन आह्वान गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ हफ्ता अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    ३ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ६ घण्टा अघि

  • २

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    १ हफ्ता अघि

  • ३

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    १ हफ्ता अघि

  • ४

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ५

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ६

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    २ हफ्ता अघि

  • ७

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ८

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    ३ हफ्ता अघि

  • ९

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • १०

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution