• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

२१ घण्टा अघि
२

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२२ घण्टा अघि
३

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

१ दिन अघि
४

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

१ दिन अघि
५

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

४ दिन अघि
६

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

५ दिन अघि
७

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

६ दिन अघि
८

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

६ दिन अघि
९

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
१०

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
११

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ बैशाख १६, शुक्रबार (३ साल अघि)

पर्वतका सात स्थानीय तहमा यस्तो छ एमाले र गठबन्धन बिचको प्रतिस्पर्धा

फाईल तस्विर

  • ७३० पटक पढिएको
  • १६ वैशाख, पर्वत । नेकपा एमाले र सत्ता गठबन्धन वीच पर्वतमा निर्वाचन हुने निश्चित भएको छ । सत्ता गठबन्धनका कांग्रेस र माओवादीसंग एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । सत्ता गठबन्धनका बाँकी दलहरु गठबन्धनबाट बाहिरएका छन् । एमाले विना चुनावी तालमेल पर्वतमा एक्लै चुनावी मैदानमा छ । कांग्रेस र माओवादी भने एक आपसमा गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् ।

    सत्ता गठबन्धनसंगै भएका कारण कांग्रेस र माओवादीले गठबन्धन गरेका छन् । अर्को तर्फ, जिल्लामा एमालेको आधार भूमि बलियो भएका कारण पनि दलहरु एक्ला एक्लै एमालेसंग चुनावी मैदानमा उत्रन नसकेका हुन् ।

    कुश्मा नगरपालिकामा एमालेले गणेश शर्मा पौडेल र स्वाथानी रिजाललाई चुनावी मैदानमा उतारेको छ । भने काग्रेसले रामचन्द्र जोशी र माओादीका शंकर गिरीलाई चुनावी मैदानमा उतारेको छ । नगरप्रमुख पदमा पौडेल र जोशी वीच प्रतिस्पर्धा हुँदैछ भने उपप्रमुख पदमा रिजाल र गिरी वीच प्रतिस्पर्धा हुँदैछ ।

    साविक निर्वाचनमा दुई तिहाई बहुमत सहितको सिट एमालेले जितेको कुश्मा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख भने कांग्रेसले जितेको थियो । जोशी नगरपालिकाका संस्थापक नगरप्रमुख हुन् । यस पटक भने कांग्रेस एक्लै निर्वाचनमा होमिँदा एमाले बलियो शक्ति बनेका कारण निर्वाचन जित्ने निश्कर्ष सहित कुश्मा नगरपालिकामा कांग्रेसले माओवादीसंग गठबन्धन गरेको हो । कुश्मा नगरपालिका भित्रका वडाहरुमा समेत माओवादी र कांग्रेस वीच भागबण्डा भएको छ ।

    फलेवास नगरपालिकामा एमालेले नगरप्रमुख पदमा पदमपाणी शर्मा र उपप्रमुख पदमा मञ्जु अधिकारीलाई अघि सारेको छ । उता गठबन्धनको तर्फबाट भने कांग्रेसका गंगाधर तिवारी र उपप्रमुखमा माओवादीबाट शोभा क्षेत्री निर्वाचनमा होमिएका छन् । साविक निर्वाचनमा एउटा बाहेकका सवै वडा, नगरप्रमुख र उपप्रमुखमा विजयी भएको एमालेको शक्तिलाई क्षीण बनाउन कांग्रेस र माओवादीको गठबन्धन फलेवासमा देखिएको छ ।

    जिल्लाको जलजला गाउँपालिका कांग्रेसका आधार भूमि मानिन्छ तर पनि उक्त गाउँपालिकामा पनि कांग्रेस माओवादीसंगको गठबन्धनमा जोडिएको छ । साविक निर्वाचनमा बहुमत वडाहरु सहित पालिका अध्यक्ष र उपाध्यक्ष जितेको कांग्रेसले अहिले माओवादीसंग भागबण्डा गरेको छ । कांग्रेसका राजु आचार्य अध्यक्ष पदमा र माओवादीका दिपक आचार्य उपाध्यक्ष पदमा चुनावी मैदानमा देखिएको छन् । एमालेले भने लालबहादुर अधिकारी र सुनिता जिसीलाई अध्यक्ष तथा उपाध्यक्ष पदमा चुनावी मैदानमा उतारेको छ ।

    जिल्लाको मोदी गाउँपालिका एमालेको आधार इलाका हो । साविक निर्वाचनमा १ वटा वडा बाहेक सवै वडाहरु, अध्यक्ष र उपाध्यक्ष समेतमा विजयी भएको एमालेले हिरादेवी शर्मालाई अध्यक्ष र बिमल लामिछानेलाई उपाध्यक्ष पदमा अघि सारेको छ ।  गठबन्धनले भने माओवादीका गुप्त हमाल र कांग्रेसका जीवन प्रसाईलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ ।

    जिल्लाको पैयू गाउँपालिका पनि कांग्रेसको बलियो क्षेत्र हो तर, यस पटक उक्त पालिकामा पनि कांग्रेस माओवादीसंग गठबन्धनमा छ । साविक निर्वाचनमा बहुमत वडाहरु सहित पालिका अध्यक्ष र उपाध्यक्ष जितेको कांग्रेसले अहिले राजमल्ल ठकुरीलाई अध्यक्ष र उपाध्यक्ष पदमा जानकी प्रधानलाई अघि सारेको छ । एमालेले महेन्द्र श्रेष्ठ र यामकुमारी रानालाई चुनावी मैदानमा उतारेको छ ।

    एमालेले साविकको निर्वाचन जितेको पालिका अध्यक्ष र उपाध्यक्ष पदमा विहादी गाउँपालिकामा यस पटक एमालेले ओम कुँवर र मिना तिवारीलाई अघि सारेको छ । कांग्रेसले भने प्रविन गुरुङलाई अध्यक्ष र माओवादीका सन्तबहादुर गुरुङलाई उपाध्यक्ष पदमा उठाएको छ ।

    महाशिला गाउँपालिकामा साविकको निर्वाचनमा दुई तिहाई बहुमत सहित एमालेले जित निकालेको थियो ।अहिले उक्त गाउँपालिकामा आध्यक्ष पदमा ईश्वरी भुषाल र उपाध्यक्ष पदमा धनसुवा विकलाई अघि सारेको छ । कांग्रेसले गठबन्धन गर्दै अध्यक्ष पदमा अशोक उचै ठकुरी र उपाध्यक्ष पदमा नेकपा समाजवादीले विराज हमाललाई अघि सारेको छ ।

    ७ वटै पालिकाहरुमा तिव्र प्रतिस्पर्धा हुने देखिए पनि गठबन्धन गरिएका पालिकाहरुमा कांग्रेसका सवै मतहरु माओवादीका उमेदवार जाने सम्भावना कम छ । कांग्रेस कार्यकर्तामय माओवादीसंगको गठबन्धन रुचिकरको विषय बनेको छैन् । अधिकांश ठाउँमा कांग्रेसका बागी उमेदवार उठेका छन् भने कार्यकर्ताहरु कम्युनिष्ट पाटीसंगको एकतामा असन्तुष्ट बन्दै आएका छन् ।पर्वत न्युजबाट 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २१ घण्टा अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    ६ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ६ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    २१ घण्टा अघि

  • २

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    २२ घण्टा अघि

  • ३

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    १ दिन अघि

  • ४

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    १ दिन अघि

  • ५

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ४ दिन अघि

  • ६

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ५ दिन अघि

  • ७

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ६ दिन अघि

  • ८

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ६ दिन अघि

  • ९

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution