• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

११ घण्टा अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

१ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

१ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

१ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

२ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (४ साल अघि)

आज देखि मालढुङ्गा – बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने

फाइल तस्विर

  • ८४८ पटक पढिएको
  • पर्वत, बैसाख-३,  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ ।

    पर्वतको कुस्मा नगरपालिका १ मालढुङ्गा देखि म्याग्दीको सदरमुकाम बेनी जोड्ने मालढुंगा –बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

    सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेका थिए । यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो ।

    बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ ।

    एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताइ । म्याग्दी र मुस्ताङ्ग जोड्ने मालढुङ्गा – बेनी सडकको सबै खण्ड पर्वतमा पर्दछ । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ ।

    मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदूर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ ।

    हाल कालोपत्रसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हो । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो ।

    सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवतजावत प्रभावित हुने गरेका छन् । बर्खामा पहिराले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झन्झट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको छ । म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ ।न्युजडबलीबाट

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ११ घण्टा अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    १ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • १ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • १ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • १ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ११ घण्टा अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    १ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    १ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    १ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    १ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution