• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

४ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

५ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ चैत्र १३, आईतबार (४ साल अघि)

स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिला लड्नुपर्छः अनेमसंघ म्याग्दी

फोटो : प्रताप बानिया

  • ६७७ पटक पढिएको
  • १३चैत २०७८, आइतबार 
    देवी जिसी, म्याग्दी ।

    नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाले चुनाव लड्न पाउनुुपर्ने माग गरेको छ । गएको शुक्रबार र शनिबार दुई दिनसम्म जिल्ला सदरमुकाम बेनीमा सम्पन्न आठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट समसामयिक विषयको प्रस्तावहरु पारित गर्दै यस्तो माग गरिएको हो ।

    आज (आइतबार) पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी अनेमसंघ म्याग्दी जिल्ला कमिटीले सम्मेलनको बन्दसत्रबाट समसामयिक विषयमा पारित भएका विभिन्न प्रस्तावहरुको बारेमा जानकारी गराएको थियो । अनेमसंघले विभिन्न ८ वटा बुँदामा आधारित रहेर महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसा तथा घटना, अफगानी सरकारले छात्राहरुको अध्ययनमा गरेको विभेद, रुस–युक्रेन युद्धले पारेको समग्र प्रभाव, संविधानको कार्यान्वयन, महिलाहरुको हकहित एवं अधिकारलगायत विभिन्न विषयहरु उठाएको छ ।

    अनेमसंघ म्याग्दीका नवनिर्वाचित अध्यक्ष यशोदा रोकाले जिल्ला सम्मेलनबाट समसामयिक विषयवस्तुहरुलाई समेटेर आठवटा बँुदाहरु पारित गरिएको प्रस्तावबारे जानकारी गराउँदै आगामी वैशाख ३० गते हुन गैरहेको आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत प्रमुख पदमा महिलाहरुले प्रतिस्पर्धा गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले आधा आकाश ढाक्ने महिला र जनसङ्ख्याको हिसाबले पनि धेरै महिलाहरुको सङ्ख्य रहेको भए पनि अझै महिलालाई हेर्ने दृष्टिकोण तथा सानो पदमा चुनाव लडाउने परिपाटी रहेको हँुँदा यसलाई अन्त्य गर्नुपर्ने माग गर्नुभयो । सम्मेलनबाट पारित गरिएका समसामयिक प्रस्तावहरुमाथि स्पष्ट पार्दै अनेमसंघका जिल्ला अध्यक्ष रोकाले संविधानले गरेको व्यवस्थाअनुसार त्यसलाई पूर्ण रुपमा सबै तह र तप्काबाट कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

    सम्मेलनको बन्दसत्रले पारित गरेको प्रस्तावमा आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाहरुले पनि प्रतिस्पर्धा गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै सबै तहका महिलाहरुको समान सहभागिता हुनुपर्ने माग गरिएको छ । यसैगरी संविधानमा भएको व्यवस्था बमोजिम समान कामको समान ज्याला, अंशमा छोराछोरीलाई समान हक, आमाको नामबाट नागरिकताको प्रमाणपत्र पाउनुपर्ने अधिकार, सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागिताको सम्बन्धमा व्यवहारमा देखिएका कठिनाइप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक कानुनी त्रुटिहरु सच्याएर अबिलम्ब संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि नेपाल सरकारसमक्ष जोडदार रुपमा माग गरिएको छ ।

    त्यस्तै श्रृङ्खलाबद्ध रुपमा मुलुकभर घटिरहेका यौन तथा घरेलु हिंसामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारप्रति जोडदार माग गर्दै बालिका, किशोरी तथा आम महिलाहरुको सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरिएको अनेमसंघ म्याग्दीका नवनिर्वाचित सचिव विष्णु गुरुङले बताउनुभयो । उहाँले पछिल्लो समय प्रायजसो महिला तथा बालिकामाथि हुने यौनजन्य हिंसाका पीडकहरुलाई कानुनअनुसार कडा कारवाही गर्नुपर्ने भन्दै महिला हक अधिकारको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

    अनेमसंघले रुस र युक्रेनको युद्धबाट गास, बास गुमाउन पुगेका महिला, सुत्केरी, बालबालिका, ज्येष्ठनागरिकका साथै आम सर्वसाधारणहरुको सुरक्षा तथा मानव अधिकारको रक्षाका लागि संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाहरुको ध्यानाकर्षण गराएको छ । यस्तै अफगानी सरकारले छात्रालाई विद्यालय जानबाट रोकेको घटनाप्रति पनि गम्भीर आपत्ति प्रकट गरिएको छ । यसैबीच अनेमसंघको जिल्ला सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवादज्ञापन गरिएको अध्यक्ष रोकाले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ४ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ५ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी


  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ४ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ५ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution