• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ फागुन २५, बुधबार (४ साल अघि)

११२औं अन्तर्राष्ट्रिय नारी दिवसः बेनीमा महिला सम्मान तथा लठो तान्ने प्रतियोगिता (फोटोफिचर)

तस्विर : प्रताप बानिया

  • ८२९ पटक पढिएको
  • २४ फागुन २०७८, मङ्गलवार
    देवी जिसी, म्याग्दी ।
    हिमाली जिल्ला म्याग्दीमा पनि आज (मङ्गलबार) विविध कार्यक्रमको आयोजना गरेर ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । ‘सामाजिक न्याय र लैङ्गिक समानताः दीगो विकासको सुनिश्चितता’ भन्ने मूल नारासहित बेनी नगरपालिकाको आयोजना, जिल्ला समन्वय समिति म्याग्दी र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको समन्वयमा महिला सम्मान तथा लठो तान्ने प्रतियोगिताको आयोजना गरी दिवस मनाइएको हो ।
    कार्यक्रमको अवसरमा विभिन्न कारणले विद्यालय उमेर समूहमा औपचारिक शिक्षा लिनबाट बञ्चित भएकाहरुले उज्यालो वैकल्पिक विद्यालय बेनीमा अध्ययन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका ९ जना महिलाहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । यसैगरी कुल १० वटा महिला समूह सहभागी लठो तान्ने प्रतियोगिताबाट मंगला आमा समूह बेनी नगरपालिका–७ प्रथम र वडास्तरीय महिला सञ्जाल बेनपा–१० पात्लेखेत द्वितीय भएका छन् ।

    त्यस्तै प्रतियोगितामा वडास्तरीय महिला सञ्जाल बेनपा–५ पुलाचौर तृतीय र वडास्तरीय महिला सञ्जाल बेनपा–८ बेनीबजार सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः नगद १० हजार, सातहजार, पाँचहजार र तीनहजार रुपैयाँले पुरस्कृत गरिएको थियो । लठो तान्ने समूहमा ५ जनाका दरले महिलाको सहभागिता रहेको थियो भने प्रतियोगिताको सञ्चालन बेनी नगरपालिकाका स्रोतव्यक्ति जयराम सुवेदीले गर्नुभएको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री नरदेवी पुनले महिलाहरु आर्थिक रुपमा सक्षम हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले महिलाको आर्थिक समृद्धि, शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताउँदै महिला दिदीबहिनीहरु पार्टीको सदस्य मात्रै नबनेर सामाजिक तथा राजनीतिक क्षेत्रको नेतृत्व तहमा पुग्नुपर्ने बताउनुभयो । राजनीति क्षेत्रमा लाग्ने महिला नेताहरुले आफ्नो साथमा अरुलाई पनि अगाडि सार्नुपर्ने उहाँको भनाइ छ ।

    कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले समाज रुपान्तरणमा महिलाको भूमिका र जिम्मेवारी महत्वपूर्ण रहेकाले कसैलाई पनि विभेद गर्न नहुने बताउनुभयो । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, नेपाली कांग्रेसका जिल्ला उपसभापति केबि भण्डारी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, नेपाल महिला संघका अध्यक्ष बिमला गौचन, बह्माकुमारी राजयोग ईश्वरिय विश्वविद्यालय बेनीका सञ्चालिका रिना दिदी र वडास्तरीय महिला सञ्जाल घतानका अध्यक्ष रश्मी बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रम बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको अध्यक्षता, सहायक महिला विकास निरीक्षकद्वय डमसरा पुनको सञ्चालन र तुलसी पाईजाको स्वागतमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्दी सदरमुकाम बेनीमा नवजागरण महिला नौमती बाजा समूह बेनपा–४, राक्सेको टोलीद्वारा पञ्चेबाजासहित विभिन्न संघसंस्थाले प्रभातफेरी गरेका थिए । पञ्चेबाजामा महिलाहरुले नाचगान समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution