• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

६ घण्टा अघि
२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ हफ्ता अघि
३

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

१ हफ्ता अघि
४

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
५

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
६

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

२ हफ्ता अघि
७

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
८

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

३ हफ्ता अघि
९

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
१०

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

४ हफ्ता अघि
११

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

४ हफ्ता अघि
१२

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ चैत्र ९, बुधबार (४ साल अघि)

म्याग्दीमा विश्व पानी दिवस मनाइयो, पानीको स्रोत संरक्षण गर्नुपर्नेमा सरोकारवालाको जोड

तस्विर : प्रताप बानिया

  • ६०६ पटक पढिएको
  • ९चैत २०७८, बुधबार 
    देवी जिसी, म्याग्दी ।
    हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा मार्च २२   मङ्गलबारका दिन विश्व पानी दिवस मनाइएको छ । राम–बिमला फाउण्डेशन बेनी, म्याग्दीको आयोजना र डिभिजन वन कार्यालयको संयोजनमा एक कार्यक्रम गरी विश्व पानी दिवस–२०७८ मनाइएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले पानी र जीवन सँगसँगै रहेको बताउनुभयो । उहाँले पछिल्लो समय पानीका स्रोतहरु नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्ने बताउँदै पानीको उपयोग गर्ने उपभोक्ता, सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिनुभयो । मलेसियामा नेपालबाट केही प्रतिशत पानी निर्यात हुँदै आइरहेकाले यसलाई बढाउनुपर्ने उहाँको भनाइ छ ।

    जिल्ला न्यायाधीश पौडेलले हाम्रो देश नेपालमा जे स्रोत उपलब्ध छ त्यसलाई सही सदुपयोग गर्नुपर्ने भन्दै पानीको उद्योग सञ्चालन गर्न सकिने भएको हुँदा उपलब्ध स्रोतको बहुउपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशका केही देशमा मात्रै निर्यात हुने नेपालको पानीलाई अब विश्व बजारमा पु¥याउन आवश्यक रहेको धारण व्यक्त गर्नुभएको थियो ।

    सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले पानीका स्रोतको उचित तरिकाले संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले धौलागिरि र अन्नपूर्ण हिमालबाट बग्ने पानीलाई शुद्दीकरण गरेर बिक्री, वितरण गर्न सकेको खण्डमा धेरै आम्दानी गर्न सकिनेमा जोड दिनुभयो । राम–बिमला फाउण्डेशनका अध्यक्ष बिमला गौचनले खानेपानी र वन एक अर्काका अन्तर्सम्बन्धित भएकाले पानीको स्रोतलाई बचाउनुपर्ने बताउनुभयो । उहाँले जीवन जीउन र पानीविना केही पनि गर्न नसकिने हुँदा सबै प्राणीलाई पानीको आवश्यकता रहेकाले पानीको संरक्षण गर्नुपर्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    तस्विर : प्रताप बानिया

    कार्यक्रममा डिभिजन वन कार्यालय म्याग्दीका निमित्त डिभिजन वन अधिकृत मनोज रानाभाटले विश्व पानी दिवसको विषयमा आधारित रहेर आफ्नो प्रस्तुतीसहित सहजीकरण गर्नुभएको थियो । कार्यक्रम राम–बिमला फाउण्डेशनका अध्यक्ष गौचनको अध्यक्षता र डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

    नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा अझै खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ । संविधानको मौलिक हकको रूपमा स्वच्छ खानेपानीको हक लेखिएको भए पनि कार्यान्वयन हुन नसकेकोमा जनगुनासो बढ्दो सुनिन्छ । हरेक वर्ष यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ तय गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ हफ्ता अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    ३ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ६ घण्टा अघि

  • २

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    १ हफ्ता अघि

  • ३

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    १ हफ्ता अघि

  • ४

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ५

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ६

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    २ हफ्ता अघि

  • ७

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ८

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    ३ हफ्ता अघि

  • ९

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • १०

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution