• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर ३, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

१ दिन अघि
२

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

३ दिन अघि
३

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

१ हफ्ता अघि
४

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ हफ्ता अघि
५

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

१ हफ्ता अघि
६

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

१ हफ्ता अघि
७

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि
८

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

१ हफ्ता अघि
९

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

२ हफ्ता अघि
१०

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

२ हफ्ता अघि
११

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

२ हफ्ता अघि
१२

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ फागुन ७, शनिबार (३ साल अघि)

छैटौं निर्वाचन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्नः निर्वाचनलाई निष्पक्ष, स्वच्छ र विश्वसनीय बनाउनुपर्नेमा सरोकारवालाको जोड

तस्विर: प्रताप बानिया

  • ६७९ पटक पढिएको
  • म्याग्दी, फागुन-६, ‘निर्वाचनमा सबै, सधैँ र सँगै’ भन्ने मूल नारासहित छैटौँ निर्वाचन दिवसको अवसरमा शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम  गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सरोकारवाला निकाय सबै जिम्मेवार भएमा मात्रै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सकिने बताउनुभयो । उहाँले निर्वाचन प्रक्रिया सञ्चालन गर्ने क्रममा कतिपय व्यवस्थामा नीतिगत त्रुटि हुन सक्ने बताउँदै अव्यवहारिक नीति हुन सक्ने भएकाले त्यसलाई व्यवहारिक र जनमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले जनताले विश्वास गर्न सक्ने खालको निर्वाचन प्रणाली निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले कोठाभित्र बसेर बनाइने नीतिलाई आम जनताले विश्वास गर्न नसक्ने र निर्वाचनलाई नै बहिष्कार गर्न सक्ने वातावरणको सिर्जना हुन सक्ने बताउँदै हरेक नीति बनाउँदा जनताकेन्द्रीत नीति बनाउन आवश्यक रहेको बताउनुभयो । निर्वाचन सञ्चालन गर्ने नीति बनाउँदा सकभर कम झन्झट हुने खालको बनाउनुपर्ने जिल्ला न्यायाधीश पौडेलको भनाइ छ ।

    कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्वाचनमा सबै नागरिक तथा राजनीतिक दलले भाग लिन पाउने अधिकारको सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले समग्र निर्वाचन प्रणालीलाई निष्पक्ष र विश्वसनीय बनाउनुपर्ने हुँदा यसका लागि सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउँदै निर्वाचनमा सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन प्रतिबद्ध रहेको प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा स्वागतसहित जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्दै उहाँले निर्वाचन आयोग एउटा संवैधानिक निकाय भएकाले सूचना र प्रविधिको हिसाबले नेपालका झण्डै पौने दुई करोड जनताहरुको व्यक्तिगत विवरण सङ्कलन, भण्डारण र संरक्षण गर्ने बताउनुभयो ।

    निर्वाचन प्रक्रियामा निर्वाचन आयोगले सुरक्षा निकाय र कर्मचारीसहित २ लाखभन्दा बढी जनशक्तिको परिचालन गर्ने बताउँदै जिल्ला निर्वाचन अधिकारी घिमिरेले निर्वाचनको क्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २ करोड भन्दाबढी मानिसको भूमिका रहने बताउनुभयो । निर्वाचन प्रक्रियाको व्यवस्थापनमा निर्वाचन आयोगको एकल प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहने बताउँदै उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने मुख्य जिम्मेवारी राजनीतिक दलमा रहेको बताउनुभयो ।

    कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले मतदाता परिचयपत्र हराएमा वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा जानुपर्ने व्यवस्थालाई हटाउनुपर्ने माग गरेका छन् । यसैगरी उनीहरुले नेपालको ऐन, कानुन संशोधन गरेरै भए पनि निर्वाचनमा प्रविधि अर्थात् विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्नुपर्ने बताएका थिए ।

    आसन्न निर्वाचनका लागि सङ्कलित मतदाता नामावलीको अहिले अद्यावधिक गर्ने काम भैरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हिमाली जिल्ला म्याग्दीमा गएको माघ २४ गतेसम्म ९० हजार मतदाताको तस्विरसहितको मतदाता नामावली सङ्कलन गरिएकोमा ८६ हजार मतदाता कायम हुन सक्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

    १ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    २ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता


  • २ हफ्ता अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • २ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • २ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • २ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • समाचार
  • १

    अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो
    १ दिन अघि

  • २

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो
    ३ दिन अघि

  • ३

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    १ हफ्ता अघि

  • ४

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ५

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    १ हफ्ता अघि

  • ६

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    १ हफ्ता अघि

  • ७

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १ हफ्ता अघि

  • ८

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    २ हफ्ता अघि

  • १०

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution