• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ११, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ दिन अघि
२

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

६ दिन अघि
३

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

६ दिन अघि
४

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

६ दिन अघि
५

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

६ दिन अघि
६

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

१ हफ्ता अघि
७

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

१ हफ्ता अघि
८

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

१ हफ्ता अघि
९

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

१ हफ्ता अघि
१०

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

१ हफ्ता अघि
११

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ फागुन १, आईतबार (३ साल अघि)

रेडक्रस पुलाचौरले १९औं स्थापना दिवस विविध कार्यक्रमसहित मनायो

तस्विर : प्रताप बानिया

  • ७५८ पटक पढिएको
  • म्याग्दी, माघ-२९, ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित शनिबार नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले आफ्नो १९औं स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनीस्थित उपशाखाको कार्यालय परिसरमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

    दिवसको अवसरमा रेडक्रस उपशाखाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नियन्त्रणमा उपशाखा क्षेत्र भित्रका समुदायमा सञ्चालित सचेतनामूलक अभियानमा उपशाखासँग आवश्यक समन्वय गरी उत्कृष्ट काम गरेको भन्दै पुलाचौर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी अमृता सुनारलाई सम्मान गरेको छ । उहाँलाई रेडक्रस उपशाखाको तर्फदेखि खादा र अबिर लगाई सम्मानपत्रले सम्मान गरिएको उपशाखाले जनाएको छ ।

    यसैगरी स्थापना दिवसको अवसरमा रेडक्रस पुलाचौर उपशाखाका संस्थापकहरु अमर बानियाँ, यामबहादुर बानियाँ र हेमबहादुर खत्रीलाई उपशाखा सभापति शिव बानियाँले खादा र अबिर लगाई मायाको चिनोसहित सम्मान गर्नुभएको थियो । त्यस्तै उपशाखामार्फत बेनपा–५, पुलाचौरका आगलागीपीडित हरिप्रसाद सुवेदीलाई नगद पाँचहजार रुपैयाँ राहत सहयोग गरिएको सभापति बानियाँले जानकारी दिनुभयो ।

    सोही कार्यक्रममा रेडक्रस उपशाखाका संस्थापक सदस्य एवं ज्येष्ठ रेडक्रसकर्मी भीरमुनी निवासी सुर्यप्रकाश बानियाँले नगद एकलाख र उपशाखाका संस्थापक सदस्य एवं पूर्व कोषाध्यक्ष चिप्लेटी निवासी हेमबहादुर खत्रीले उपशाखालाई नगद २५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । उक्त कार्यक्रमको अवसरमा रेडक्रस पुलाचौरका सल्लाहकार एवं म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँको सौजन्यमा उपशाखामार्फत पुलाचौर स्वास्थ्यचौकीलाई कोभिड–१९ विरुद्धका स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामग्री पत्रकार बानियाँले स्वास्थ्यचौकीका सिनियर अनमी अमृता सुनारलाई हस्तान्तरण गर्नुभएको थियो ।

    स्थापना दिवसमा आयोजित कार्यक्रममा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्विरमा माल्यार्पण गर्दै रेडक्रस म्याग्दी जिल्ला शाखाका उपसभापति अमर बानियाँले मानवीय सेवाको क्षेत्रमा रेडक्रस सधैँ क्रियाशील रहेको बताउनुभयो । रेडक्रस पुलाचौरको संस्थापक सभापति समेत रहनुभएका उहाँले रेडक्रसको उद्देश्य सेवा नै धर्म भएकाले विपद्मा सहयोग गर्नुपर्ने बताउँदै समुदायमा पर्ने आपतविपद्मा पीडितहरुको जीवनरक्षाका साथै स्वयंसेवी हातहरु फैलाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा रेडक्रस म्याग्दीका प्रथम यशस्कर सदस्य एवं पुलाचौर उपशाखाका निवर्तमान सभापति यामबहादुर बानियाँ, कानुन तथा लेखापढी व्यवसायी संघका केन्द्रीय सदस्य योगेन्द्रबहादुर बानियाँ, रेडक्रसको विपद् व्यवस्थापन समिति सचिव गजिन्द्र श्रेष्ठ र सम्मानित व्यक्ति अमृता सुनारले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम रेडक्रस पुलाचौर उपशाखाका सभापति शिव बानियाँको अध्यक्षता, उपसभापति मिना शाहीको स्वागत र सहसचिव दिनेश बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

    तस्विर : प्रताप बानिया

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ६ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    १ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो


  • १ हफ्ता अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

  • १ हफ्ता अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • १ हफ्ता अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • २ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • समाचार
  • १

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न
    २ दिन अघि

  • २

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    ६ दिन अघि

  • ३

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    ६ दिन अघि

  • ४

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    ६ दिन अघि

  • ५

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    ६ दिन अघि

  • ६

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    १ हफ्ता अघि

  • ७

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    १ हफ्ता अघि

  • ८

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    १ हफ्ता अघि

  • ९

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    १ हफ्ता अघि

  • १०

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution