• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २९, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

२ घण्टा अघि
२

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

२२ घण्टा अघि
३

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

१ दिन अघि
४

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१ दिन अघि
५

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

३ दिन अघि
६

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

६ दिन अघि
७

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

६ दिन अघि
८

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
९

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
१०

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
११

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
१२

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर २३, बिहिबार (३ साल अघि)

जनकल्याण मावि पुलाचौरमा विविध कार्यक्रमः विभिन्न विधामा सम्मान तथा स्मृति ग्रन्थ लोकार्पण (तस्विरसहित)

तस्विर : प्रताप बानिया

  • ५२२ पटक पढिएको
  • म्याग्दी, मङ्सिर-२३, म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा बुधबार विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा अभिभावक भेला तथा स्मृति ग्रन्थ लोकार्पण एवं पुरस्कार वितरणका साथै सम्मान कार्यक्रम गरिएको हो ।

    विद्यालयमा स्थापना गरिएको धनेश्वरी–तारानाथ स्मृति कोषद्वारा विभिन्न विधातर्फ सम्मान गरिएको कोषले जनाएको छ । सोही अवसरमा धनेश्वरी–तारानाथ स्मृति कोष, म्याग्दीमार्फत प्रकाशित ‘पण्डित तारानाथ रेग्मी स्मृति ग्रन्थ’ लोकार्पण गरिएको छ । स्मृति कोषले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७७ मा सर्वोत्कृष्ट अङ्क ल्याउने जनकल्याण माविका विद्यार्थी प्रकृति बानियाँलाई नगद २० हजार र उत्कृष्ट विद्यार्थीहरु समिता सुवेदी, रितु किसान र प्रदीप श्रेष्ठलाई १५ हजार रुपैयाँका दरले सम्मानपत्रसहित पुरस्कृत गरेको छ ।

    यसैगरी सांस्कृतिकतर्फ उत्कृष्ट हुने समूहका अन्जना छिनाल, अंकिता थापा, रेजिना रामदाम, सुवास विक र प्रबिना पाईजालाई क्रमशः नगद दुईहजार रुपैयाँ र जडभरत शालग्राम संस्कृत विद्यालय गलेश्वरधाम, म्याग्दीको कक्षा ९ मा अध्ययनरत विद्यालय प्रथम शंकर पौडेललाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै शिक्षा र साहित्यतर्फ म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्मा र सचिव रामप्रसाद सुवेदी तथा पत्रकारितातर्फ क्रियाशील पत्रकार एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव सन्तोष गौतमलाई क्रमशः नगद १० हजार रुपैयाँ, सम्मानपत्र र ढाकाको टोपीले सम्मान गरिएको छ ।


    कार्यक्रमको अवसरमा पूर्व सांसद तथा साहित्यकार एवं मदन पुरस्कार–२०७६ को विजेता महारानी उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई अभिनन्दनपत्र, दोसल्ला र ढाका टोपीले सम्मान गरिएको थियो । स्मृति ग्रन्थको लोकार्पण गर्दै साहित्यकार बानियाँले पुलस्त्य ऋषिको तपोभूमि पुला क्षेत्रमा विशिष्ट व्यक्तिहरुको जन्म भएको बताउनुभयो । उहाँले शैक्षिक संस्थामा ठूलो राशीको अक्षयकोष स्थापना गर्नु र स्मृति ग्रन्थ प्रकाशन गर्नु अत्यन्तै सराह्रनीय काम भएको बताउँदै पण्डित तारानाथ रेग्मीले समाजमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
    बेनी नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थी मिलेर अगाडि बढ्नुपर्ने बताउँदै शिक्षाको उजागर गर्नका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । अभिभावक भेलामा विद्यालयका लेखापाल चिरञ्जीवी सुवेदीले सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको प्रथ्म त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्रीले पुरस्कृत गरिएको थियो ।


    उक्त कार्यक्रममा धनेश्वरी–तारानाथ स्मृति कोषले एकलाख ५५ हजार रुपैयाँ जनकल्याण मावि अक्षयकोषलाई दिएको छ । कार्यक्रममा कोषका कोषाध्यक्ष मित्रलाल रेग्मी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष भीम रेग्मी, म्याग्दीका साहित्यकारहरु ध्रुवलाल शर्मा, अजयमिलन श्रेष्ठ, रामप्रसाद सुवेदी, सर्वोत्कृष्ट विद्यार्थी प्रकृति बानियाँ र शंकर पौडेलले मन्तव्य राखेका थिए ।
    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँको अध्यक्षता, प्रधानाध्यापक कमलप्रसाद पौडेलको स्वागत, धनेश्वरी–तारानाथ स्मृति कोषका सदस्य रेखाकौशल रेग्मी, शिक्षकद्वय रेशम बानियाँ र शान्ति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ घण्टा अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

    २२ घण्टा अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

    १ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ


  • ३ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

  • ६ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • ६ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • समाचार
  • १

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    २ घण्टा अघि

  • २

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    २२ घण्टा अघि

  • ३

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    १ दिन अघि

  • ४

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    १ दिन अघि

  • ५

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ३ दिन अघि

  • ६

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ६ दिन अघि

  • ७

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ६ दिन अघि

  • ८

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ९

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • १०

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution