• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ आश्विन २९, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

२ दिन अघि
२

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

२ दिन अघि
३

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

६ दिन अघि
४

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

६ दिन अघि
५

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ हफ्ता अघि
६

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

१ हफ्ता अघि
७

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

२ हफ्ता अघि
८

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

२ हफ्ता अघि
९

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

३ हफ्ता अघि
१०

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

३ हफ्ता अघि
११

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि
१२

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर ९, बिहिबार (४ साल अघि)

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव सागर उर्लिन्छ: योगेश भट्टराई

तस्विर : सामाजिक संजाल

  • ६६३ पटक पढिएको
  • चितवन,मंसिर-९, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने बताउनुभएको छ । महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आज आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भोलि दिउँसो नदी किनारमा मानव समुद्र उर्लिने बताउनुभएको हो ।

    प्रेस चौतारी चितवनले महाधिवेशन उद्घाटन स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख भट्टराईले तयारी शतप्रतिशत नजिक भएको भन्दै सभामा ५ लाखको जनसहभागिता रहने दावी गर्नुभयो । एमालेले नवलपुरको गैँडाकोट सहित चितवनका विभिन्न ७ स्थानबाट विशाल जुलुस निकाल्ने बताएको छ । चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

    बन्दसत्रको हल बनाउने तयारी पनि सकिएको उहाँले जानकारी दिनुभयो । महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइने प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिने उहाँको भनाइ छ ।

    चितवनमा बढी भन्दा बढी जनसहभागिता गराउन जिल्लाका विभिन्न ठाँउमा जनताको घरघरमा एमालेका नेता कार्यकर्ता पुगेर निम्ता गरेको नेता भट्टराईले बताउनुभयो । एमाले उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको एमालले जनाएको छ । उनीहरुलाई उदघाटन सत्र र सडकमा परिचालन गरिने उहाँको भनाइ छ ।
    महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहनेछन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।

    कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । एमाले महाविधेशन प्रतिनिधिका लागि मंसिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । भोलि शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिने छ । मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

    बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्नुहुनेछ । मंसिर ११ गते बेलुका साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दावी विरोध र फिर्ताको समय निर्वाचन आयोगले बनाएको छ । सोही दिन साँझ ६.३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    एमालेले महाधिवशेन पछि पार्टीलाई चुनावको तयारीमा लैजाने बताएको छ । प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशन पछि एमाले आगामी स्थानीय, प्रदेश र संघको चुनावमा केन्द्रित भएर जनताको बीचमा जाने बताउनुभयो । उहाँले अहिलेको महाविधेशनले अन्तरविरोधलाई हल गरेर बलियो एकता कायम हुने बताउनुभयो ।

    त्यस्तै, एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चितवन आउनुुहुने भएको छ । जनता समाज पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा महाधिवेशनको उद्घाटन समारोहमा आउने एमाले प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । नेकपा एकीकृत (समाजवादी) लाई निम्ता नदिएको एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने निम्ता दिएको छ । उहाँ आउने नआउने निश्चित छैन ।न्युजडबलीबाट साभार

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
    ६ महिना अघि

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

    ८ महिना अघि

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    १ साल अघि

    कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै


  • २ साल अघि

    आमासमूह संग उपमेयर कार्यक्रम : महिला शसक्तिकरणको प्रभावकारी माध्यम

  • २ साल अघि

    आमासंग उपमेयर कार्यक्रम अन्तर्गत पात्लेखेतमा पन्चेबाजा बजाउने तालिम तथा कम्बाइन्ड मिल (प्याकेजिंग) मेशिन खरिद तथा वितरण

  • २ साल अघि

    अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका

  • २ साल अघि

    जलजला वडा नं २ मा संचालित पाँच दिने धुप बनाउने तालिम समापन

  • समाचार
  • १

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    २ दिन अघि

  • २

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    २ दिन अघि

  • ३

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    ६ दिन अघि

  • ४

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
    ६ दिन अघि

  • ५

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ
    १ हफ्ता अघि

  • ६

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ७

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    २ हफ्ता अघि

  • ९

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    ३ हफ्ता अघि

  • १०

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution