• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

९ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर १३, सोमबार (४ साल अघि)

म्याग्दीमा दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन हुने

तस्विर :प्रताप बानिया

  • ८०८ पटक पढिएको
  • म्याग्दी, मङ्सिर-१२,  हिमाली जिल्ला म्याग्दीमा दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन हुने भएको छ । आगामी वर्षमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा भोट हाल्न यसअघि नै मतदाता नामावली सङ्कलनको कार्य सञ्चालन गर्न लागिएको हो ।

    यही मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा १० दिनसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । उक्त पालिकाहरुमा ३ वटा टोलीमार्फत नामावली सङ्कलन गरिनेछ भने २ वटा टोलीले मंसिर २९ गतेदेखि आगामी पुस ९ गतेसम्म रघगंगा र मंगलामा नामावली सङ्कलन गर्ने जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टोलीले पालिकाको केन्द्रमा रहेर १० दिनसम्म नामावली सङ्कलन गर्नेछ ।

    यसैक्रममा आइतबार जिल्ला निर्वाचन कार्यालय म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा ‘मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम–२०७८’ विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र कार्यालय प्रमुखसहित पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले मतदाता नामावली सङ्कलनको कार्यलाई प्रारम्भदेखि नै विश्वसनीय बनाउनुपर्ने बताउनुभयो । उहाँले मतदाता नामावली सङ्कलन गर्ने कार्य बालिक मताधिकारको आधार भएकाले मतदानका लागि योग्य सबै नागरिकहरुको मतदाता नामावली सङ्कलन गर्नुपर्ने बताउँदै मतदान गर्नका लागि मतदाता नामावलीमा आफ्नो नाम अनिवार्य हुनुपर्ने बताउनुभयो । मतदान गर्न योग्य सबै नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न सबैले सहयोग गर्नुपर्ने भन्दै उहाँले त्यसका लागि जनप्रतिनिधि र राजनीतिक दलहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमको समापन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जनताको मौलिक अधिकार अर्थात् बालिक मताधिकारको रुपमा रहेको मतदान गर्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा सञ्चालन हुने फोटोसहितको मतदाता नामावली सङ्गलनको कार्यमा सम्बन्धित स्थानीय तहमा नै सुरक्षाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

    अन्तत्र्रिmया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी घिमिरेले निर्वाचन कार्यालय म्याग्दीको तर्फदेखि आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रजिअ अधिकारीको अध्यक्षता र जिल्ला निर्वाचन अधिकारी घिमिेरेले उद्देश्यमाथि प्रकाश पार्दै प्रस्तुतीकरण गरेको कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चित्रनाथ शर्माले गर्नुभएको थियो ।

    निर्वाचन आयोगले २०७७ साल पुस ५ गतेसम्म १८ वर्ष उमेर पुरा भएका नागरिकहरुलाई समावेश गरी गएको चैत ४ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो । प्रकाशित मतदाता नामावलीअनुसार हाल देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाताहरु रहेकोमा म्याग्दी जिल्लामा भने ८० हजार १ सय ५४ जना मतदाता छन् ।

    मतदाता नामावली सङ्कलन तथा दर्ता कार्यमा आम जनताको पहुँचलाई सहज बनाउने तथा नामदर्ता गर्न छुट भएका कानुन बमोजिम मतदाता हुन योग्य नागरिकको मतदाता नामावलीमा नामदर्ता गराउन सहज अवसर दिने उद्देश्यसहित मतदाता नामावली सङ्कलन गर्ने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    २ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै


  • २ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ९ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution