• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ आश्विन ३१, आईतबार (४ साल अघि)

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत तिप्ल्यांगमा बन्यो पक्की पुल

तस्विर : सामाजिक संजाल

  • ९४८ पटक पढिएको
  • म्याग्दी, असोज-३१,  म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभीरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । अन्तरदेशीय व्यापारिक महत्त्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत महभीरस्थित कालीगण्डकी नदीमा पक्की पुल निर्माण गरिएको हो ।

    गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहजै सवारी आउजाउको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण गरेको हो ।

    महभीर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि ०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–वज्रगुरु जेभीले १९ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

    ८० मिटर लामो महभीरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिए । ‘पुल र पहुँचमार्ग निर्माण सकिएको छ,’ उनले भने, ‘हस्तान्तरण भएपछि औपचारिक रूपमा पुलमा सवारी सञ्चालन गर्ने तयारी छ ।’

    ११ मिटर फराकिलो दुई वटै पुल निर्माणका लागि ठेकेदार आफंैले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो । २ वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष पछि धकेलिएको हो ।

    कोरोना महामारी र बाढीपहिरोजस्ता प्राकृतिक विपद्कै बीच सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीका प्रतिनिधिले बताए । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि वडा नम्बर २ को सिमानास्थित कालीगण्डकी नदीमा समेत पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    ७० मिटर लामो पोखरेबगरको पुलको रङरोगन गर्न र पहुँचमार्गलाई अन्तिम रूप दिन बाँकी छ । २०६४ मा ट्रयाक खुलेको बेनी– जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका छन् । बेनी–जोमसोम सडकअन्तर्गत नै बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाइको मोटरेबल पुल निर्माणको तयारी भएको छ ।

    ८ करोड ४७ लाख रुपैयाँ लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र कटुवालले बताए । पुलको वारिपारि ५०० मिटरको पहुँच मार्ग र तलमाथि दुईतर्फ २६० मिटर लम्बाइमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो ।

    भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि चीनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्रे र स्तरोन्नतिको काम भइरहेको छ ।

    ६ अर्ब रुपैयाँ लागतमा बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर सडक स्तरोन्नति गर्न सात वटा खण्डमा काम भइरहेको छ ।

    चार वटा खण्डको निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निमित्त प्रमुख अश्विनीकुमार यादवले बताए । सो सडक स्तरोन्नति र कालोपत्रे भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नुका साथै गण्डकी प्रदेशको जलविद्युत्, पर्यटन र व्यापारमा महत्वपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए । पालिकाखबरबाट

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution