• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

२ दिन अघि
२

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

३ दिन अघि
३

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

३ दिन अघि
४

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

३ दिन अघि
५

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

३ दिन अघि
६

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

४ दिन अघि
७

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

६ दिन अघि
८

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
९

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि
१०

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

१ हफ्ता अघि
११

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि
१२

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ कार्तिक १०, बुधबार (४ साल अघि)

बेनी नगरपालिकाको विद्यालयका प्रधानाध्यापकलाई लेखा व्यवस्थापनसम्बन्धी तालिम सुरु, सिकाइलाई व्यवहारमा उतारेर विद्यालयको बेरुजु घटाउन सुझाव

तस्विर : प्रताप बानिया

  • ८६१ पटक पढिएको
  • बेनी, कार्तिक-१०,  म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि सदरमुकाम बेनीमा प्रधानाध्यापकहरुका लागि लेखा व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । विद्यालयमा आर्थिक कारोबार गर्दा प्रयोग हुने खाता तथा फारामहरुलगायत विविध विषयहरुमा जानकारी गराउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो ।  तालिमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले तालिमपश्चात् सिकाइलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो । उहाँले विद्यालयमा भौतिक पूर्वाधार निर्माणका क्रममा केही विद्यालयहरुको अझै पनि बेरुजु बाँकी रहेकाले त्यसलाई सच्याउनुपर्ने बताउँदै परीक्षामा सहभागी हुने विद्यार्थीहरुको स्पष्ट रुपमा तथ्याङ्क अपडेट तथा फाराम भर्नुपर्ने बताउनुभयो ।

    इकाई प्रमुख थापाले इमिस नभरेका विद्यालयहरुले अनिवार्य रुपमा कार्तिक मसान्तसम्म विवरण अद्यावधिक गर्न आग्रह गर्दै इमिस नभरेको खण्डमा नतिजा प्रकाशनमा समस्या हुनुका साथै विद्यार्थीको अनुदान रोकिनेतर्फ सचेत गराउनुभयो । उहाँले कार्यसम्पादन मूल्याङ्कन फाराम भर्दा धेरै त्रुटिहरु रहेकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिँदै विद्यालयको अभिलेख व्यवस्थापन गरी रुजु गर्नेतर्फ विशेष ध्यान दिन प्रअहरुलाई आग्रहसहित विद्यालयको आर्थिक लेखा प्रणालीलाई चुस्तदुरुस्त बनाउनुपर्ने बताउनुभएको छ ।

    तालिमको उद्घाटनसत्र समापन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विद्यालयमा अध्ययन गरिरहेको विद्यार्थी परीक्षा दिनबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन समयमै परीक्षा फाराम भर्ने, रुजु गर्नेलगायत व्यवस्थापनतर्फ ध्यान दिन सुझाव दिनुुभयो । उहाँले नगरपालिकासहित कतिपय कार्यालयहरुमा महालेखा परीक्षण गर्दा बेरुजुको भोलुम ठूलो भए पनि घट्दै गैरहेको भन्दै यस्तो संवेदनशील विषयमा सम्बन्धित निकायले समेत राम्रोसँग चेकजाँच गरेर आवश्यक सल्लाह तथा सुझाव दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र सामाजिक विकास समितिका संयोजक एवं सिङ्गाका वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले तालिमको अवधि छोटो भए पनि यसलाई उपब्धिमूलक तथा प्रभावकारी बनाउनुपर्ने भन्दै विद्यालयमा रहेको बेरुजुलाई घटाउन आग्रह गर्नुभएको छ । म्याग्दी बहुमुखी क्याम्पसका पमुख गोरखबहादुर जिसीको विशेष उपस्थिति रहेको कार्यक्रम बेनी नगरपालिकाको शिक्षा शाखाका अधिकृत अर्जुन पौडेलको स्वागत र स्रोतव्यक्ति जयराम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    म्याग्दी क्याम्पसको सभाहलमा सुरु भएर दुई दिनसम्म चल्ने तालिममा बेनी नगरपालिका क्षेत्रभित्र सञ्चालित ५६ वटा सामुदायिक विद्यालयका प्रअहरु र मावि विद्यालयमा कार्यरत लेखापालसहित कुल ७० जनाको सहभागिता रहेको छ । तालिमको बेनी नगरपालिकाका लेखा अधिकृत मिनबहादुर बानियाँ, कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका लेखापालद्वय भीष्म थापा, सुमन सुवेदी, बेनपाका लेखापालहरु रत्न केसी र माधव भूषालले सहजीकरण गरिरहनुभएको छ ।

    तालिममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, लेखा सम्बन्धित कर्मचारी तथा सम्बद्ध निकाय र पदाधिकारीको भूमिका, विद्यालय अनुदान व्यवस्थापन तथा सञ्चालन, अनुदान प्रकारका स्रोतहरु, अनुदान परिचालनको तरिकालगायत विभिन्न विषयहरुमा सहजीकरण भैरहेको जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

    ३ दिन अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

    ३ दिन अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • ४ दिन अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • १ हफ्ता अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ हफ्ता अघि

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

  • २ हफ्ता अघि

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • समाचार
  • १

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    २ दिन अघि

  • २

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ३ दिन अघि

  • ३

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    ३ दिन अघि

  • ४

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    ३ दिन अघि

  • ५

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    ३ दिन अघि

  • ६

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    ४ दिन अघि

  • ७

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    ६ दिन अघि

  • ८

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ हफ्ता अघि

  • ९

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
    १ हफ्ता अघि

  • १०

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution