• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

१९ घण्टा अघि
२

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

२३ घण्टा अघि
३

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

४ दिन अघि
४

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

४ दिन अघि
५

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

६ दिन अघि
६

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
७

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
८

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
९

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

१ हफ्ता अघि
१०

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

१ हफ्ता अघि
११

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

२ हफ्ता अघि
१२

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ कार्तिक ३, बुधबार (३ साल अघि)

मोना आईइसीको चौथो महाधिवेशन सुरुः अनुत्पादक होइन, उत्पादनमूलक क्षेत्रमा लगानी गरौंः सांसद थापा

तस्विर : जलजला अनलाइन

  • ६३९ पटक पढिएको
  • म्याग्दी, ०२ कार्तिक, प्रतिनिधि सभा सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । ‘प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नारासहित मङ्गलबारदेखि सदरमुकाम बेनीमा सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना आईइसी)को चौथो महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    सांसद थापाले मोनामा आबद्ध दाजुभाई तथा दिदीबहिनीहरुले देशको आयस्रोत वृद्धि हुने गरी उत्पादनशील क्षेत्रमा लगानी गरेर योगदान दिनुपर्ने बताउँदै कृषि तथा पशुपंक्षी फर्म स्थापना र सञ्चालन, जलविद्युत र पर्यटनका क्षेत्रलाई ध्यान दिनुपर्ने धारणा राखे । म्याग्दी जिल्लाको गरिबीलाई न्युनीकरण गर्नेगरी मोनाले लगानी गर्न आवश्यक रहेकोमा जोड दिँदै उनले भने, ‘अनुत्पादक क्षेत्र होइन, उत्पादनमूलक क्षेत्रमा लगानी गरौं ।’

    आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिनुपर्ने बताउँदै मोनालाई राजनीतिमुक्त संस्था बनाउन सांसद थापाले आग्रह गरेका छन् । उनले नजिकिँदै गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पनि म्याग्दीको वर्चस्व कायम गर्न मोनालाई आग्रह गर्दै जिल्लामा मोनामार्फत भएको भौतिक निर्माण तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको मुक्तकण्ठले उच्च प्रशंसा समेत गरेका थिए । उनले मोनामा विश्वभर छरिएर रहेका म्याग्देलीहरुलाई एकताबद्ध गराउँदै संस्थाको गरिमा बढाउनुपर्नेमा बताए ।

    कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन, नेकपा माओवादी (केन्द्र) म्याग्दीका संयोजक रेशम जुग्जाली, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले मोनामार्फत म्याग्दी जिल्लामा भए गरेका सामाजिक गतिविधि तथा भौतिक निर्माणको प्रशंसासहित आगामी दिनमा समेत सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

    यसैगरी कार्यक्रममा मोना आईइसीका निवर्तमान अध्यक्ष चक्रबहादुर थापा, संस्थापक अध्यक्ष प्रकाश पुन, पूर्व अध्यक्ष योगेन्द्र क्षत्री, विधान संयोजक तिलक मल्ल, मोना न्युजिल्याण्डका अध्यक्ष लालबहादुर केसी, मोनाका संरक्षकद्वय सुवासकुमार श्रेष्ठ, शिवकुमार बरुवाल, मोना जापानका महासचिव गणेश श्रेष्ठ, युएई अध्यक्ष सुवास राम्जाली र कतारका अध्यक्ष नरेन्द्र फगामीले मन्तव्य राखेका थिए । मोनाका महासचिव बिक्रम कार्कीले कार्यक्रम सञ्चालनसहित प्रगति प्रतिवेदन प्रस्तुत गरेको महाधिवेशनको उद्घाटनसत्रमा अध्यक्ष ओमनारायण जुग्जालीको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष मिम पूर्जाले स्वागत गरेका थिए ।

    कार्यक्रमको अवसरमा राष्ट्रिय कलाकारद्वय कुमार पुन र नेशन पूर्जाले आ–आफ्नो साङ्गीतिक प्रस्तुती दिएका थिए । महाधिवेशनको उद्घाटनसत्र सुरु हुनुपूर्व सदरमुकाम बेनीमा नौमती पन्चै बाजासहित विभिन्न जातजातिहरुले आ–आफ्नो भेषभूषामा परिक्रमा गरेका थिए । कार्यक्रमको अवसरमा सहभागी कलाकार, सहयोगी संस्था र मोनाका पूर्व अध्यक्ष एवं पदाधिकारीलाई सम्मान गरिएको थियो ।

    महाधिवेशनमा भौतिक तथा भर्जुअल माध्यमबाट गरी विभिन्न २० वटा देशबाट २ सय ६१ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ । दुईवर्षे कार्यकाल रहेको मोनाको आगामी नेतृत्व चयनका लागि अध्यक्षमा वरिष्ठ उपाध्यक्ष मिम पूर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव बिक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १९ घण्टा अघि

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

    २३ घण्टा अघि

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

    ४ दिन अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै


  • ४ दिन अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

  • ६ दिन अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

  • १ हफ्ता अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • १ हफ्ता अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

  • समाचार
  • १

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    १९ घण्टा अघि

  • २

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    २३ घण्टा अघि

  • ३

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    ४ दिन अघि

  • ४

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    ४ दिन अघि

  • ५

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    ६ दिन अघि

  • ६

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ७

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • ९

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    १ हफ्ता अघि

  • १०

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution