• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २८, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

५ घण्टा अघि
२

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

११ घण्टा अघि
३

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१ दिन अघि
४

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

२ दिन अघि
५

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

६ दिन अघि
६

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

६ दिन अघि
७

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
८

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
९

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
१०

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
११

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
१२

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ आश्विन ३, आईतबार (३ साल अघि)

बेनी नगरपालिकामा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सुरु

फाईल तस्विर

  • ५५० पटक पढिएको
  • ३ आश्विन २०७८, आइतबार
    प्रताप बानियाँ, म्याग्दी ।
    हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ । बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा गत आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको समीक्षा सुरु गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम गर्नका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले वर्तमान समयमा समुदायस्तरमा पुगेर स्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।
    गएका वर्षहरुको तुलनामा चालु वर्षमा स्वास्थ्यका गतिविधिहरुलाई थप प्रभावकारी बनाउनुपर्ने भन्दै नगर प्रमुख श्रेष्ठले विगतमा सञ्चालित कार्यक्रम र गरिएका गतिविधिहरुको गहिरोसँग समीक्षा गरेर नयाँ कार्यक्रमलाई सशक्त बनाएर सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

    सोही कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय म्याग्दीका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य संस्थाहरुबाट सञ्चालित गतिविधि र त्यसले समुदायमा पारेको प्रभावका बारेमा समीक्षा गर्नुका साथै नयाँ कार्यक्रम लागू गरी सञ्चालन गर्नका लागि विस्तृत रुपमा छलफल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको विशेष उपस्थिति रहेको थियो । दुई दिनसम्म चल्ने समीक्षा गोष्ठीमा स्थानीय तह भित्रका स्वास्थ्य संस्थाहरुको तुलनात्मक विश्लेषण गर्ने, कार्यक्रम सञ्चालनमा देखिएका कमी, कमजोरी पहिचान गर्ने र सुधार गर्नुपर्ने पक्षहरु पत्ता लगाई लक्ष्य प्राप्तिसम्म पुग्ने मार्ग पहिचान गर्ने उद्देश्य राखिएको छ ।

    तस्व्रीर : प्रताप बानिया

    समीक्षा गोष्ठीको उद्घाटनसत्र बेनी नगरपालिकाका प्रमुख श्रेष्ठको अध्यक्षता र स्वास्थ्य संयोजक लिला गौतमको सञ्चालनमा सम्पन्न भएको थियो भने अहेव डिल्लीराज आचार्यले गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । बेनी नगरपालिकाभित्र स्वास्थ्यचौकी ७, सहरी स्वास्थ्य केन्द्र ४ र सामुदायिक स्वास्थ्य इकाई एक गरी कुल १२ वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेका छन् । गोष्ठीमा स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, सुआहारा र वनहार्ट वल्डवाइड कार्यक्रमका प्रतिनिधिको समेत सहभागिता रहेको छ । जिल्लाको गाउँपालिकामा रहेका स्वास्थ्य शाखाले भने यसअघि नै वार्षिक समीक्षा गोष्ठी सञ्चालन गरिसकेको जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ घण्टा अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

    १ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    २ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति


  • ६ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • ६ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • समाचार
  • १

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ५ घण्टा अघि

  • २

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ११ घण्टा अघि

  • ३

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    १ दिन अघि

  • ४

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    २ दिन अघि

  • ५

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ६ दिन अघि

  • ६

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ६ दिन अघि

  • ७

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ८

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • ९

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • १०

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution