• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

४ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

४ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र २८, सोमबार (५ साल अघि)

बृहत पोषण विशेष कार्यक्रमसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

तस्विर : प्रताप बानिया

  • ९४८ पटक पढिएको
  • २७ भाद्र २०७८, आइतबार
    प्रताप बानियाँ, म्याग्दी ।
    म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि बृहत पोषण विशेष कार्यक्रमसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
    तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले तालिममा सक्रियतापूर्वक सहभागी भई आगामी दिनमा कुशल प्रशिक्षक बन्न सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्र कति संवेदनशील रहेछ भन्ने विषय स्वास्थ्यको क्षेत्रभन्दा बाहिर रहेकाले पनि राम्रोसँग बुझेको बताउँदै पछिल्लो समय स्वास्थ्य क्षेत्रको संवेदनशीलता र महत्व बढ्दै गएको बताउनुभएको छ ।

    म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अहिले विश्व समुदाय कोरोना महामारीको दोस्रो लहरबाट गुज्रिरहेको र तेस्रो लहरको संघारमा रहेकाले यसबाट जोगिन तथा जोगाउँदै खोप पनि सञ्चालन गर्नुपर्ने अभियानमा रहेको बताउनुभयो । उहाँले गरिबीको मुख्य सूचक कुपोषण रहेकाले कुपोषण नभएको समाज एडभान्स समाज रहेको भन्ँदै तालिमलाई भरपुर रुपमा उपयोग गरी समुदायस्तरमा पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्नेमा जोड दिनुभएको छ ।

    स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमलाई समुदायमा छिटो लैजानका लागि तालिम आयोजना गरिएको जानकारी दिँदै गरिबीको मुख्य कारण कुपोषण भएकाले यसलाई हटाउनुपर्ने बताउनुभयो । आगामी ७ दिनसम्म चल्ने तालिममा जिल्लाको ६ वटा स्थानीय तहको स्वास्थ्य शाखाबाट २ जनाका दरले सहभागिता रहेको छ ।

    पोषणसम्बन्धी बृहत विषयवस्तुहरुको एकीकृत प्याकेजका तालिम सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान, सिप तथा व्यवस्थापकीय पक्षको क्षमता अभिवृद्धि गर्ने, पोषणसम्बन्धी व्यवहार सुधारका लागि परामर्श र छलफल विधिद्वारा ज्ञान, सिप एवं धारणामा सकारात्मक परिवर्तन गर्न र कुपोषण व्यवस्थापनको लागि प्राविधिक तथा परामर्शसम्बद्ध ज्ञान, सिप र क्षमताको विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
    तालिम अवधिभरमा राष्ट्रिय पोषण नीति तथा रणनीति, बहुक्षेत्रीय पोषण योजना र महत्व, खाद्य विविधिकरण र स्थानीय खानेकुराको महत्व, किशोरावस्थाको पोषण, मातृ पोषण, पुरक वा थप खाना, बहु सुक्ष्म पोषक तत्वहरु, वृद्धि अनुगमन तथा महत्व, बाल संरक्षण अनुदान र शिशु तथा बाल्यकालीन पोषण बीचको सम्बन्ध, बिरामी बालबालिकाहरुको खाना र हेरचाह, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनका विषयमा सहजीकरण गरिनेछ ।

    यसैगरी बहिरङ्ग सेवाको परिचय, सिबिआईएम एनसिआई अनुसार स्वास्थ्य लेखाजोखा, शीघ्र कुपोषण पत्ता लगाउन पोषणको लेखाजोखा, प्रणालीबद्ध औषधीबाट उपचार, अन्तरङ्ग सेवाको परिचय र उपचार पद्धति, गर्भवती तथा सुत्केरी महिलामा हुने शीघ्र कुपोषण व्यवस्थापन, पोषणमैत्री स्वास्थ्य संस्था तथा स्थानीय शासनको अवधारणा र आपूर्ति व्यवस्थापन सूचना प्रणाली लगायतका विषयहरुमा सहजीकरण गरिने जनाइएको छ ।

    तालिमको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्साल, सुआहारा कार्यक्रम बागलुङ–म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, सुआहारा कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृत रुबी जोशी, रामचन्द्र पन्थी, मिरा बम र सुआहारा म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गर्नुहुनेछ । तालिमको उद्घाटसत्र स्वास्थ्य कार्यालय प्रमुख लम्सालको अध्यक्षता, परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीको सञ्चालन र सिअहेव सोमनाथ उपाध्यायको स्वागतमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ४ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution