मनांग, साउन-१९, हिमाली जिल्ला मनाङ १८ वर्षभन्दामाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने पहिलो जिल्ला बनेको छ ।
मनाङका ४ हजार १९८ जना नागरिकले कोरोना खोप लगाएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । यीमध्ये ४ हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।
कोभिसिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको आचार्यको भनाइ छ ।
मनाङमा कोभिसिल्डको पूर्ण खोप लगाउने नागरिक २ हजार ९६, जोनसन एन्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक २ हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ ।
स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको प्रक्षेपण गरेको थियो । अन्य नागरिक विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका कारण खोप लगाउनेको संख्या ४ हजार १९८ मात्र भएका हुन् ।
जिल्ला बाहिर रहेका नागरिक आए उनीहरूलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालयले बताएको छ । मनाङमा गत १४ माघदेखि खोप लगाउने अभियान सुरु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )