• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

७ घण्टा अघि
२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ हफ्ता अघि
३

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

१ हफ्ता अघि
४

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
५

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
६

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

२ हफ्ता अघि
७

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
८

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

३ हफ्ता अघि
९

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
१०

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

४ हफ्ता अघि
११

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

४ हफ्ता अघि
१२

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ श्रावण १७, आईतबार (४ साल अघि)

कोरोना बिरुद्दका सबै खोप भन्दा शक्तिशालीऔषधि पत्ता लाग्यो : “इमान्दारिता”

सांकेतिक तस्विर

  • १२७८ पटक पढिएको
  • दुइ वर्षदेखि कोरोनाले आर्थिक, सामाजिक शैक्षिक, बिकास-निर्माण सबै क्षेत्र  नराम्रो संग थला पारेको छ ।  चीनको वुहानबाट शुरुभएको आँखाले देख्न नसकिने शुक्ष्म भाइरसले धेरैको ज्यान लियो । ज्यान जोगाउन सफल भएकालाई पनि नराम्ररी तर्साएको छ ।  त्यो आँखाले देख्ने नसक्ने भाइरसले यत्रो संसार ठप्पै पार्न सक्ने तागत राख्दो रैछ ।

    क्वारेन्टाइन भन्दै भित्रै थुनायो, आइसोलेसन भन्दै एक्लै  बसायो, स्वाब भन्दै नाकबाट सिन्को घुसायो के के गरायो गरायो । मानव  जीवनलाइ यस्तो पाठ सिकाउदैछ कि धन सम्पति,  शुख-सयल सबै मिथ्या हुन् क्षणिक हुन् ।  कोरोना भनेको  खासमा हो भन्ने कुरा अझै मेसो पाउनै सकिएको छैन ।

    कोरोना संक्रमण फैलिए देखि यसको औषधिको खोजीनिती शुरु भयो। संसारका ठुला ठुला कम्पनि र प्रयोगशालामा अध्ययन अनुसान्धान भए । आयुर्वेदिक र प्राकृतिक चिकित्सा क्षेत्रमा पनि धेरै अभ्यास शुरुभए ।  जति अनुसन्धान  हुदैगए त्यसको दोब्बर कोरोना फैलिदै गयो ।  रोगले भन्दापनि भोक र शोकले धेरैलाई तड्पाउदै, कमाउने, रमाउने सबै बाटाहरु बन्द हुदैगए । अन्तत कोरोनाको खोप पत्ता लाग्यो भन्ने  कुरो आयो ।  जताततै खुशी छायो अव त अकालमा मर्नु पर्दैन् भनेर ।   ठुला र सम्पन्न राष्ट्रहरुले खोप लगाउन शुरु पनि  हामि जस्ता गरिव देशका नागरिकले त भने  कुर्नु पर्ने भयो ।

    कुराइ धेरै लामो भएन ।  धेरै थरिका खोप बनेर लगाउन शुरु भयो ।  फाइजर, जोन्सन एण्ड जोन्सन, भेरोसिल, कोभ्याक्स, स्पुतनिक धेरै थरिका भ्याक्सिन आए ।  जे- जे पाइन्छ त्यहि लगाउन  थालियो । उता कोरोनाले भने फेरी नया-नया रुप देखाउन  थाल्यो ।  अल्फा, बेटा, गामा डेल्टा, के केहुन के के। मास्क त छुटाउनै नहुने भयो स्यानिताइजर, त दलेको दल्यै ।

    धेरै कुरा हामीबाट गए।  जागिर गयो, आफन्त गए, उद्योग धन्दा व्यापार ब्यबसाय गए , केटाकेटीको पढाइ गयो । अन्तत: सबैतिर बर्बादी भयो । धेरै पछी विभिन्न चरणमा कोरोना खोप पाउन थालियो ।  कतिपयाले लगाईसके कतिले लगाउनै बाकि  छ । सबैप्रकारका खोप भन्दा एक   अचुक औसधि बल्ल पत्ता लागेको छ  ।  त्योपनि एक सामान्य व्यक्तिले पता लगाए ।

    त्यो औषधि  पत्ता लगाउने  व्यक्तिको नाम अहिले नै सार्वजनिक गर्न उचित हुदैन ।  को हुन् ति व्यक्ति जसले कोरोनाको पावरफुल औषधि  पत्ता लगाए ?  जुन औषधि  माथि उल्लेखित, फैजर, कोभ्याक्स भेरोसिल स्पुतनिक भन्दा उत्तम छ ।  किन भने यी खोप लगाउदा आफु शुरक्षित भइन्छ  तर ति व्यक्तिले पत्ता लगाएको औषधिले परिवार, छरछिमेकक, धेरैलाई शुरक्षित गर्छ ।  को होला त त्यो व्यक्ति ? जसले यस्तो अचुक औसधि पत्ता लगाए ।  त्यो व्यक्ति तपाईं पनि हुन सक्नुहुन्छ, म पनि हुन सक्छु एकछिन गोप्य नै राखौं ।

    त्यो औसधि प्रयोग गरेपछि  लामो समयदेखि  ठप्प रहेका आर्थिक क्रियाकपाल, शैक्षिक क्रियाकलाप सामाजिक कार्य, मनोरंजनका कार्य, जन्ती मलामी सबै कुरा सुचारु गर्न सकिन्छ होला तर त्यो औषधि प्रयोग गर्न  अन्य औषधि जस्तै केहि शर्त भने पालना गर्नु पर्ने  रहेछ ।  जसरी बैद्यले, डाक्टरले हामीलाई औषधि  दिदा खाने समय , तरिका, मुख बर्ने जस्ता कुरा,  शर्त, मापदण्ड बताए जस्तै यो कोरोनाको औषधिका पनि केहि मापदण्ड रहेको औषधि पत्ता लगाउने व्यक्तिले बताएका छन् ।

    यो औधधि प्रयोग गर्दा स्कुल खोल्न, उद्योगधन्दा सुचारु गर्न,  जनजीवन  सामान्य बनाउंन सकिने कुरा आएको छ । अव के होला त्यो औधधि  र को होला त्यो औसधि बनाउने व्यक्ति ?

    हो त्यो औसधि बनाउने व्यक्ति “म” हो “तपाईं” हो र “हामि”  सबै हो अनि  त्यो औधधि  “इमान्दारिता” हो ।  त्यो औषधी तपाई हामीले बनाउने हो र हामीले नै सेवन गर्ने हो ।  त्यो औषधि (इमान्दारिता) को कसरी पालना गर्ने त ? यदि मलाई रुघाखोकी या कोरोना संग मेल खाने लक्षण देखियो भने इमान्दारिताका साथ अलग्गै बसीहाल्ने ।  इमान्दारिता साथ  स्वास्थ्य प्रोटोकलको पालना गरिहाल्ने,  घरमा अरु सबैसंग छुट्टीई  हाल्ने ।  विद्यालयमा कुनै विद्यार्थीलाई यस्ता लक्षण देखियो भने घरमा बस्ने र अभिभावकले इमान्दारिताका साथ विद्यालय नपठाउने ।  उद्योग धन्दा, कलकारखाना, कुनै ब्यबसयामा रहेका ब्यक्तीलै लक्षण देखिना साथ्  तुरुन्तै (इमान्दारिताका साथ् )अलग्गीइ हाल्ने ।  यसो गर्दा आफु शुरक्षित भइन्छ र  अरुलाई समेत शुरक्षित राख्न सकिन्छ । तपाईं हामी  इमान्दार भइदिनेहो भने कोरोना संक्रमण फैलिदैन, त्यसैले लक्षण देखिएमा इमान्दारिताका साथ जचाईहालौं, सावाधलिका कुरा इमान्दारिताका साथ् पालना गरौँ, इमान्दारिता नै सबैभन्दा अचुक औषधि हो ।   त्यसैले सबैले  इमान्दारिताको औषधि सेवन गरौँ, संक्रमण फैलानाबाट रोकौं।  “आफु बचौं,  अरुलाई पनि बचाऔं” सबै क्षेत्र चलायमान गराउंदै जनजीवनलाई सामान्य बनाऔं ।

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    ७ घण्टा अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

    २ महिना अघि

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

    ३ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न


  • ३ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • ३ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

  • ४ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • ४ महिना अघि

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

  • समाचार
  • १

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ७ घण्टा अघि

  • २

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    १ हफ्ता अघि

  • ३

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    १ हफ्ता अघि

  • ४

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ५

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ६

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    २ हफ्ता अघि

  • ७

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ८

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    ३ हफ्ता अघि

  • ९

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • १०

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution