काठमाडौँ, साउन-१२, माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा साउन २५ गतेभित्र आउने भएको छ । आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रूद्र अधिकारीले बताउनुभएको छ ।
उहाँका अनुसार, बोर्डले अहिले सबै जिल्लाका विद्यार्थीहरुको नतिजा विवरण प्राप्त गरिसकेको छ । यसअघि साउन मसान्तमा परीक्षा प्रकाशन भनिए पनि त्यो भन्दा नै छिटो गर्ने तयारी भएको अधिकारीले बताउनुभयो ।
बोर्डले माध्यमिक शिक्षा (एसईई)कक्षा १० को विद्यार्थी मूल्यांङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिक तर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सो भन्दा बढी प्राप्तांङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनु पर्ने जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: gcmedia44@gmail.com
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )