• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१0 घण्टा अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

१ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

१ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

१ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

२ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ श्रावण १, शुक्रबार (४ साल अघि)

 म्याग्दीमा  कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित कार्यक्रमहरुको प्रगति विवरण सार्वजनिक, कुल बजेटको ८० प्रतिशत खर्च 

फाईल तस्विर

  • १०३३ पटक पढिएको
  • १ साउन २०७८, शुक्रबार
    प्रताप बानियाँ, म्याग्दी ।
    हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०७७÷७८ मा कृषि ज्ञान केन्द्र म्याग्दीद्वारा सञ्चालित कृषिसम्बन्धी कार्यक्रमहरुको सार्वजनिकीकरण गरिएको छ । ज्ञान केन्द्रद्वारा गतवर्ष सञ्चालित कृषिका विभिन्न गतिविधिसहित प्रगति बिहीबार सार्वजनिक गरिएको हो ।
    गएको वर्ष कृषि ज्ञान केन्द्रमार्फत जिल्लामा कुल सात करोड ५१ लाख रुपैयाँको लागतमा कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भएको थियो । गण्डकी प्रदेश सरकार तथा सङ्घीय सरकारको आर्थिक सहयोगमा कृषि ज्ञान केन्द्रले कृषकलक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । गतवर्ष प्रदेश सरकारको आर्थिक सहयोगमा कुल पाँच करोड ६२ लाख रुपैयाँको लागतमा कृषिका कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

    यसैगरी सङ्घीय सरकारको दुई करोड २९ लाख रुपैयाँको लगानीमा कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु पनि कृषकलाई लक्षित गरेर सञ्चालन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । पत्रकार महासंघको समन्वयमा महासंघकै कार्यालयमा भएको कार्यक्रममाथि सहजीकरण गर्दै ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोईरालाले गतवर्ष समग्रमा कुल बजेटको ८० प्रतिशत रकम खर्च गरिएको जानकारी दिनुभयो ।

    कार्यक्रममार्फत गतवर्ष बेनी नगरपालिका ३ भकिम्लीमा किबी खेती कार्यक्रम सञ्चालन गरिएको छ भने भकिम्लीकै मुसुङडोलेमा १ सय ५० रोपनीको जग्गामा आलु खेती गरी उत्पादित आलु पोखरासम्म निर्यात भएको छ । त्यस्तै रघुगंगा गाउँपालिका ६ ठाडाखानीमा पनि आलु खेतीलाई प्रोत्साहन गरिएको छ भने ८ नम्बर वडा कुईनेमङ्गलेमा आलु सङ्कलन गर्न भवन निर्माण गरिएको छ ।

    बेनी ३ भकिम्ली, ४ सिङ्गा, ९ घतान र मालिका ६ दरबाङमा कागतीलगायत फलफुल खेती लगाइएको छ । गतवर्ष जिल्लाभर बाँझो रहेको २ सय रोपनी जग्गाको सदुपयोग गरी सुन्तला, ओखर, आलुलगायत खेतीको सुरुवात गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । उहाँका अनुसार भकारो सुधार तथा कार्यालय परिसरमा मौरीघार प्रदर्शन समेत गरिएको छ ।

    गतवर्ष सुन्तलामा देखिएको औंसा किराको प्रकोप नियन्त्रण गर्न झरेका फल सङ्कलन गर्नुका साथै मंगला ५ अर्मनलगायत क्षेत्रमा औंसा किरा नियन्त्रणमा खाद्यपासो (प्रोटिन बेड) थापिएको थियो । त्यसैगरी बेनी नगरपालिका र मालिका गाउँपालिकामा सुन्तला खेती कार्यक्रमलाई प्रोत्साहन गरिएको छ भने मंगला, रघुगंगा र अन्नपूर्णमा आलु खेती विस्तारलाई जोड दिइएको छ ।

    व्यावसायिक तरकारी खेती विस्तार तथा उत्पादन वृद्धि गर्नका लागि गतवर्ष जिल्लाको विभिन्न ठाउँका कृषकहरुलाई लक्षित गरेर प्लाष्टिक घरहरु निर्माण गरिएका छन् । कृषि ज्ञान केन्द्रले कृषकहरुलाई विभिन्न कार्यक्रमअन्तर्गत कुल २ सय १८ वटा मिनी टेलर अर्थात् खेत जोत्ने (ट्याक्टर) वितरण गरेको छ । यस्तै १ सय ४० वटा मौरी र गोलासहित मौरीघार पनि कृषकलाई वितरण गरिएको कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले माटो परीक्षण गरेर कृषि उत्पादनलाई जोड दिनुपर्ने बताउनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १0 घण्टा अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    १ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • १ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • १ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • १ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १0 घण्टा अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    १ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    १ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    १ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    १ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution