• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

४ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

५ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ अषाढ २६, शनिबार (५ साल अघि)

म्याग्दीको पछैमा रामायण पार्क निर्माणको तयारी तिब्र

फाईल तस्विर

  • १७७७ पटक पढिएको
  • म्याग्दी, असार-२६, म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रामायण पार्क निर्माण हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पार्क निर्माण हुने भएको हो।

    पार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। पौराणिक प्रमाणलाई यथावत राखेर पार्क बनाइने सरोकारवालाहरुले बताएका छन्। यस ठाउँलाई रामायणमा खलपात्रको रुपमा चित्रण गरिएका रावणको जन्मस्थानको रुपमा मानिन्छ।

    पहिलो चरणमा रामायणको मूर्ति, बगैंचा, बिश्राम स्थल, धर्मशालालगायतका पूर्वाधार बनाइने भएको छ। बजेटको उपलब्धता र आवश्यकताको आधारमा पूर्वाधार निर्माणलाई क्रमागत रुपमा निरन्तरता दिइने नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए। उनले मन्त्रालय र नगरपालिकाबीच समन्वय नहुँदा ढिलाइ भएको जानकारी दिए।

    पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन लागिएको नगरपालिकाका इन्जिनियर बिमलरञ्जन कार्कीले बताए।

    हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडिएको भनिएको ठाउँलगायत पुरानो संरचनालाई यथावत राखेर पूर्वाधार बनाइने भएको छ। कुल २३ करोड रुपैयाँ लागत अनुमान गरिएको पार्कलाई चालु आर्थिक वर्षमा पर्यटन मन्त्रालयले दुई करोड ११ लाख र नगरपालिकाको एक करोड १४ लाख विनियोजन गरेका छन्।

    पार्कका लागि प्राविधिक काम भएको कारण ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए। उनका अनुसार योजना दुई वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ। २०६६ सालमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले म्याग्दी भित्रिने पर्यटकको बसाई लम्ब्याउन र मुक्तिनाथ आवतजावत गर्ने धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा रामायण पार्क बनाउने योजनाको परिकल्पना गरेका थिए।

    २०७४ देखिनै बजेट बिनियोजन गरे पनि ठाउँ छनौट हुन नसक्नु र स्रोत अभावमा रोकिएको रामायण पार्कको योजनालाई नगरपालिकाको गौरवको आयोजनाको रुपमा कार्यान्वयनमा लैजान लागेको नगर कार्यपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक कृष्णकुमार विश्वकर्माले बताए। निवर्तमान संघीय सांसद भूपेन्द्रबहादुर थापाले रामायण पार्क म्याग्दीको गौरवको योजना मात्र नभएर पौराणिक महत्वको उजागर र धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने बताए। उनले निर्माण हुने पार्कको भौतिक संरचनालाई दिगो बनाउन स्थानीयको भूमिका महत्वपूर्ण भएको बताए। स्तरोन्नतिको क्रममा रहेको अर्थुङ्ग–पुलाचौर र पुलाचौर–पूर्णगाउँ सडक आयोजनालाई प्रभावकारी बनाउन सकेमा रामायण पार्क आवतजावत गर्ने पर्यटकलाई सुविधा पुग्ने उनको भनाइ छ।

    जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले गलेश्वर, पछै, जगन्नाथ र टोड्केलाई जोडेर नयाँ गन्तव्य स्थलको रुपमा विकास गर्नुपर्ने बताए।

    हिन्दु धर्मग्रन्थ श्री मद्भागवत महापुराणको पाँचौ स्कन्धमा रावणको जन्म पछैमा भएको उल्लेख छ। पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको पुराणमा उल्लेख छ। पौलत्स्य ऋषिको तपोभूमि समेत रहेको पुलाआश्रमको प्रवेशद्वारका रुपमा पार्कलाई विकास गर्ने योजना छ। विश्वका हिन्दु धर्मावलम्बीहरुको पाँच ठूला धार्मिकस्थलमध्ये पुलाआश्रम समेत पर्ने भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ। थाहा खबरबाट 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ४ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ५ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ४ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ५ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution