• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

६ घण्टा अघि
२

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

२ दिन अघि
३

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

३ दिन अघि
४

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ हफ्ता अघि
५

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ हफ्ता अघि
६

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२ हफ्ता अघि
७

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

२ हफ्ता अघि
८

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

२ हफ्ता अघि
९

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

२ हफ्ता अघि
१०

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

३ हफ्ता अघि
११

म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

३ हफ्ता अघि
१२

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ अषाढ ८, मंगलबार (४ साल अघि)

जलजला गाउँपालिकाको शालिजा र बनौमा सतुवाको ब्यबसायिक खेति शुरु

फाईल तस्विर

  • ८९२ पटक पढिएको
  • पर्वत, असार-८,  पर्वतमा बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाकोव्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिकावडा नं -६ शालिजा र वडा नं -९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको हो । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ ।

    सतुवा पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामी तथा गाईभैंसी बिरामी हुँदा समेत सतुवा खुवाइन्छ । एक हजार ८०० देखि तीन हजार मिटरसम्म उचाइमा हुने सतुवा भारत र चीन निकासी हुँदै आएको छ ।  यसको जरा अदुवाको जस्तै हुन्छ । भने पाक्न लागेको र पाकेको फल बांको जस्तै देखिन्छ ।

    महत्वपूर्ण जडीबुटीको रुपमा चिनिने सतुवाबाट प्रशस्त आम्दानी गर्ने उद्देश्यले यहाँका झण्डै ५० भन्दा बढी कृषकले व्यावसायिक खेती शुरु गरेका हुन् । बस्तीभन्दा माथि रहेको हम्पालको जङ्गलबाट बिरुवा खोजेर तथा केहीले अन्यत्रबाट बिऊ किनेर खेती शुरु गरेको जलजला गाउँपालिका—९ का अध्यक्ष गौबहादुर पुनले बताउनुभयो ।

    त्यसैगरी जलजलाका पन्ध्र भन्दा बढी कृषकले यसको व्यावसायिक खेती गरेको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ । कार्यालयका अनुसार पर्वतमा झण्डै १५ रोपनी क्षेत्रफलमा यसको खेती शुरु गरिएको छ । अहिले अधिकांश कृषकले विरुवा तयार गरेको बताएका छन् ।

    बिक्रीको समस्या नहुने र पर्याप्त मूल्य समेत पाइने भएपछि कृषकहरु यस खेतीतर्फ आकर्षित बनेको सतुवाका कृषक प्रेम पुर्जाले बताउनुभयो । उहाँका अनुसार तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ । पहिलोपटक खेती शुरु गरेकाले यति नै उत्पादन हुन्छ भन्न नसकिने कृषकहरुको भनाइ छ । यस वर्षको उत्पादनको परिमाण हेरेर आगामी वर्षदेखि खेती विस्तार गर्ने योजनामा कृषकहरु रहेका छन् ।

    डिभिजन वन कार्यालयले सतुवा खेतीमा यस वर्ष अनुदान समेत दिएको छ । कृषकहरुले गरेको सतुवा खेतीको क्षेत्रफल र उत्पादनको आधारमा रु चार लाख अनुदान वितरण गरिएको वन अधिकृत मेघराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो अनुदान हरेक वर्ष विस्तार गर्दै जाने योजना रहेको छ ।

    उत्तरी पर्वतका लेखफाँट, शालिजा, वाँसखर्क, बनौ, मोदीगाउँपालिकाको भुकताङ्ले, क्याङ, चित्रे, राम्जा, कुश्मा नगरपालिकाको आर्थर, विहादी गाउँपालिकाको उराम, महाशिलाको लुङ्खुदेउराली, फलामखानी, भोक्सिङ, बालाकोट, गोल्र्याङधाम लगायतका क्षेत्रमा यसको सफल खेती गर्न सकिने डिभिजन वन कार्यालयले जनाएको छ । अहिले बजारमा सतुवा प्रतिकिलो हरियोलाई रु छ हजारदेखि सुकेको १५ हजारसम्ममा बिक्री गर्न सकिने कृषक टकमाया फगामीले बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

    २ हफ्ता अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा


  • ३ हफ्ता अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • ३ हफ्ता अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • १ महिना अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

  • समाचार
  • १

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    ६ घण्टा अघि

  • २

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    २ दिन अघि

  • ३

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    ३ दिन अघि

  • ४

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ हफ्ता अघि

  • ५

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ हफ्ता अघि

  • ६

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    २ हफ्ता अघि

  • ८

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    २ हफ्ता अघि

  • ९

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा
    २ हफ्ता अघि

  • १०

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution