• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७७ फागुन १५, शनिबार (५ साल अघि)

एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन

फाईल तस्विर

  • १४९८ पटक पढिएको
  • फागुन-१५ / आज देखि श्री स्वस्थानी ब्रत कथाको विधिवत समापन हुदैछ । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत शनिबार विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि शनिबारदेखि अन्त्य गरिँदैछ ।

    विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फलफुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने ब्रत विधि छ ।

    सय रोटी ब्रतालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

    सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी ब्रतकथामा उल्लेख गरिएको छ ।

    यस्ती देवीको विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । ब्रतपछि बिछोडमा परेका नाग नागिनीसमेतको पुनःमिलन भएको कथामा उल्लेख छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिनुभयो ।

    शनिबार मध्याह्नकाल पछि विधिपूर्वक पूजा लगाई ब्रत समापन गरी रात्रिमा जागराम बसी आइतबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले बताउनुभयो ।

    उपत्यकाको पूर्वीभेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण ब्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ । विगत वर्षमा करिब ४०० जनाले माधवनारायण ब्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । रासस

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution