• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०७९ चैत्र १२, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी

३ दिन अघि
२

म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो

४ दिन अघि
३

म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो

६ दिन अघि
४

टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु

६ दिन अघि
५

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

१ हफ्ता अघि
६

धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

१ हफ्ता अघि
७

४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)

१ हफ्ता अघि
८

बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने

१ हफ्ता अघि
९

म्याग्दीको बेनीमा “म्याग्दी कप-२०७९ ” शुरु: मंत्री रेशम जुग्जालीद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

म्याग्दी क्याम्पसको स्ववियु निर्बाचन स्थगित

१ हफ्ता अघि
११

बैंक र फाइनान्सले ब्याजदर घटाए

१ हफ्ता अघि
१२

म्याग्दीको राम्चेमा नि:शुल्क आँखा जाँच शिबिर सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

४ महिना अघि
३

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

१ साल अघि
४

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
८

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

१ साल अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

१ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

१ साल अघि
११

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ महिना अघि
१२

रवि लामिछानेले न्युज २४ टिभी छाडे

२ साल अघि
ad
प्रकाशित मिति: २०७७ पौष २८, मंगलबार (२ साल अघि)

घिचुवा ज्वाइँ र गँड्याहा सासू

फाईल तस्विर

  • ७१२ पटक पढिएको
  • एउटा गाउँमा बडेमानको गाँड भएकी एउटी बूढी थिई । उसका आफ्नो भन्नु एउटी छोरी र एक जना ज्वाइँ मात्र थिए । तिनीहरू पनि परदेश गएका थिए । बूढीको लोग्ने पहिले नै मरिसकेको थियो । बूढी एक्लै एउटा छाप्रोमा बसेर दुःखसुख गरी खाइरहेकी थिई ।

    एक दिन गाउँमा ठूलो हुन्डरी मच्चियो । बूढीको छाप्रो पनि हावाले उडाएर भताभुङ्ग पारिदियो । बूढी घरबारविहीन भई । बूढीले गाउँका सबै मानिसहरूकहाँ गएर हात जोड्दै रुँदै आफ्नो दुःख बेसाई– “लौन बाबा ठाकुरे हो । मलाई ओतसम्म लाग्न हुने एउटा कटेरो उभ्याइदेओ, मलाई विपत्ति प–यो । लौन मेरा विधाता हो, म शरण परेँ ।”

    यस अवस्थामा गाउँका सबै मानिसहरूले बूढीको उद्धार गर्नु नै आफ्नो धर्म ठाने । कसैले वनको लाथ्रो, कसैले ढुङ्गा, कसैले बाँस, कसैले के, कसैले के गरेर हारगुहार गरी बूढीको निमित्त एउटा ससानो घरजस्तो बनाइदिए । बूढी खुसी भई फेरि खेतीपाती गरेर खान थाली ।

    धेरै दिनपछि बूढीका छोरीज्वाइँ परदेशबाट आइपुगे । ती छोरीज्वाइँ दुवै एक दिन बूढीलाई भेट्न आए । त्यो दिन छोरीज्वाइँलाई बूढीले खुसी हुँदै खानेपिउने कुराको बन्दोबस्त गरी ।

    भात खाने बेला भयो । बूढीले पहिले ज्वाइँलाई भात पस्की र लाजले खास्टोले गाँड छोपछाप पारेर ज्वाइँलाई भान्सामा डाकी– “ज्वाइँ ! भान्सा गर्न आउनुहोस् ।” भोकले आकुलव्याकुल भएको ज्वाइँ खबर पाउनासाथ खुसी भएर हातखुट्टा र मुख धोई भान्सामा गयो । बूढीले भातको थाल अगाडि सारिदिई । ज्वाइँ सपासप भात खान थाल्यो । चार गाँसमै उसले एक थाल भात सक्यो । बूढीले फेरि भात थप्दै भनी– “ज्वाइँ अलिकति भात थपूँ कि ?” ज्वाइँ चाहिँले भन्यो, “अलिकति मात्र” तर बूढीले बडाबडा दुई डल्ला भात ज्वाइँको थालमा लडाइ दिई । ज्वाइँ चाहिँ फेरि बोल्दै नबोली भकाभकी खान थाल्यो ।

    फेरि चार गाँस खाँदा थालको भात सकियो । बूढी मनमनै भन्नथाली– “छिः कस्ता घिचुवा ज्वाइँ ? जति खाए पनि नअघाउने । तीन जनालाई भनेर पकाएको भात सकिन आँटिसक्यो ।” बूढी अफ्ठ्यारोमा परी । अब के थप्ने ? भाँडामा पनि भात सिरीखुरी हुन आँटिसक्यो, ज्वाइँलाई पुगेको छैन । बूढीले भात थप्ने विचारले फेरि सोधी– “ज्वाइँ भात थपूँ कि ?” यति नै बेला ज्वाइँ चाहिँलाई एक्कासि पुइँक्क पाद आयो । लाज मान्दै उसले भन्यो– “खोइ सासू, आज मलाई के भो ! पेट अलि गडबढ भएको छ । यो भुइँको सर्दी घुस्यो कि ? खान पनि बडै रुचेन । अलिकति थप्नुस् त ।” बूढीले बडाबडा दुई डल्ला भात थालमा लडाइ दिई । ज्वाइँ चाहिँ फेरि भकाभकी खान थाल्यो ।

    बूढीलाई मनमनै झोँक चल्न थाल्यो, आफ्नो अपमान गरेर ज्वाइँले पादेकोमा । एक मनले ज्वाइँलाई सर्दी नै लागे छ कि ? भन्ने पनि ठानेर ऊ चुपै लागी । बूढीले हेर्दाहेर्दै फेरि ज्वाइँको थालमा भात सकियो । अब भने बूढीलाई आच्छु आच्छु प–यो । अब के गर्ने ? थपूँ भने भाँडामा भात सकिइ सकेको थियो । बूढीको पालो जुक्ति खियाई । मुखले भात सकियो नभनेर उसले भाँडा बजाएर जनाउ दिई । उसले डाडुपनिउँले भाँडा बजाउन थाली । भाँडाको त्यति आवाज आएपछि बल्ल ज्वाइँले भात सकिएको खबर पाएजस्तो ग–यो । अनि उसले यताउति हेर्दै अघाउन्जेल भात खान नदिएको झोँक निकाल्दै भन्यो– “सासू यो घर बनाउन कति दिन ल्याग्यो ?” बूढीले भनी– “दुई हप्ता ज्वाइँ !” फेरि ज्वाइँ चाहिँले सोध्यो– “अनि काठपात कुन जङ्गलको ल्याउनुभयो ? अनि बनाउनेहरू को नि सासू ?” बूढीको पालो भनिदिई– “त्यही घिचुवा वनको काठपात, बनाउने चाहिँ पदुवाहरू नै थिए ।” ज्वाइँ चाहिँको पालो भनिहाल्यो– “अनि त घर यस्तरी गाँडेगुँडे भएछ त ।”

    सासू र ज्वाइँको यति भनाभन भएपछि दुवैजना त्यहाँबाट उठेर भागे । त्यसपछि सासू र ज्वाइँको भेट भएन ।

    (यो लोककथा तुलसी दिवसद्वारा सम्पादित, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली लोककथा २०३२ बाट साभार गरिएको हो ।)

    प्रतिक्रिया दिनुहोस
    बाल संसार सम्बन्धि थप
    १ महिना अघि

    जनकल्याण मावि पुलाचौरमा रेडक्रस र बालक्लब पूनर्गठन

    २ साल अघि

    हाम्रा बालबालिका र उनीहरुको संसार

    २ साल अघि

    विद्यार्थीका सृजना – बाल संसार


  • २ साल अघि

    नानिबाबुका कबिता – बाल संसार

  • २ साल अघि

    बालकविता – सिस्नु

  • २ साल अघि

    पढ्न नमान्ने बच्चाको लागी उपयोगी टिप्स

  • २ साल अघि

    पहाडमा आज भोलि जाँतो पाइँदैन

  • समाचार
  • १

    कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी
    ३ दिन अघि

  • २

    म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो
    ४ दिन अघि

  • ३

    म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो
    ६ दिन अघि

  • ४

    टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु
    ६ दिन अघि

  • ५

    म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत
    १ हफ्ता अघि

  • ६

    धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न
    १ हफ्ता अघि

  • ७

    ४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)
    १ हफ्ता अघि

  • ८

    बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने
    १ हफ्ता अघि

  • ९

    म्याग्दीको बेनीमा “म्याग्दी कप-२०७९ ” शुरु: मंत्री रेशम जुग्जालीद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • १०

    म्याग्दी क्याम्पसको स्ववियु निर्बाचन स्थगित
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution