• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ अषाढ २९, आईतबार (१२ महिना अघि)

२१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

तस्विर: कृष्ण जिसी

  • १२६९ पटक पढिएको
  • देवी सुवेदी जि.सी.- बेनी, असार २९ – नेपालका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा म्याग्दीको वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयमा एक भव्य साहित्यिक कार्यक्रम आयोजना गरिएको छ। असार २९ गते भानु जयन्तीको अवसरमा नयाँ पुस्तामा भाषा, साहित्य र संस्कृतिप्रति चेतना र रुचि अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

    कार्यक्रमका प्रमुख वक्ता कवि तथा समालोचक रामप्रसाद सुवेदीले ‘नेपाली भाषा साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदान’ विषयमा विशेष प्रस्तुति दिनुभयो। उहाँले भानुभक्तले नेपाली भाषालाई साहित्यिक उचाइमा पुर्‍याउन गरेको प्रयास र त्यसलाई आम जनसम्म पुर्‍याउने कार्यमा युवाकवि मोतिराम भट्टको योगदानबारे समेत स्पष्ट चर्चा गर्नुभयो।

    अन्तरसम्वाद कार्यक्रमपछिको विशेष सत्रमा सुवेदीले ससंगीत छन्दोबद्ध कवितावाचन गर्दै मातृभूमिप्रेम, प्रणय र समसामयिक सन्दर्भमा आधारित छन्दहरूको आकर्षक प्रस्तुति दिनुभयो। उहाँको प्रस्तुति प्रभावशाली मात्र नभएर भावनात्मक पनि रहेको सहभागीहरूले बताएका छन्।

    कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएका थिए। कक्षा २ का छात्र आहान मल्लले आदिकविको संक्षिप्त जीवनी वाचन गर्दा श्रोताहरू मन्त्रमुग्ध बनेका थिए। त्यसैगरी कक्षा १२ की छात्रा विजय भण्डारीले मार्मिक कविता वाचन गर्दा हल शान्त र आनन्दित बनेको  थियो।

    त्यस्तै, शिक्षिका निरुता बुढाथोकी र म्यानेजिङ कोअर्डिनेटर शैलेश श्रेष्ठले छुट्टाछुट्टै कविता वाचन गरेर साहित्यिक उत्सवमा थप ऊर्जा भरे। शिक्षक अभिभावक संघका सल्लाहकार तथा साहित्यकार गणनाथ पौडेलले गहिरो सामाजिक सन्देश बोकेको रचना प्रस्तुत गर्नुभयो। भाइस प्रिन्सिपल कृष्ण बहादुर जिसीले कविशिरोमणि लेखनाथ पौड्यालको “चरीको विलाप” लगायतका क्लासिक कविताहरू ससंगीत वाचन गरेर पुरानो र नयाँ साहित्यबीचको सन्दर्भ जोड्नुभयो।

    कार्यक्रममा वेष्ट प्वाइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, संस्थापक निर्देशकद्वय सुदर्शन कुमार श्रेष्ठ र सुवास कुमार श्रेष्ठ, विद्यालयका शिक्षक, कक्षा १२ का सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो।

    कार्यक्रमको अध्यक्षता वेष्ट प्वाइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले गर्नुभएको थियो। त्यसैगरी प्राविधिक संयोजन भाइस प्रिन्सिपल सरोज लकान्द्रीले र कार्यक्रम सञ्चालन नेपाली भाषा शिक्षक केशवराज पौडेलले गर्नुभएको थियो।

    साहित्यिक प्रस्तुतिका माध्यमबाट आदिकविको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तामा साहित्यिक चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफल, भावनात्मक र प्रेरणादायी बन्न पुगेको सहभागीहरूको धारणा छ।

    प्रतिक्रिया दिनुहोस
    साहित्य सम्बन्धि थप
    १ महिना अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    १ महिना अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण


  • २ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • ३ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • ३ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • ३ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution