बेनी, असार-११, म्याग्दीमा सम्पन्न गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता स्याङ्जा जिल्लाले जितेको छ। प्रतियोगिताको फाइनलमा आयोजक म्याग्दीलाई घरेलु मैदानमै पराजित गर्दै स्याङ्जाले उपाधि हात पारेको हो।
डिभिजन खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा, म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेल बुधबार बेनीको खुला मञ्चमा भएको थियो।
पाँच सेटसम्मको रोमाञ्चक खेलमा स्याङ्जाले म्याग्दीलाई तीन-दुई सेटमा हराएको हो।
पहिलो सेट म्याग्दीले २५-१७ ले जिते पनि स्याङ्जाले दोस्रो, चौथो र पाँचौ सेटमा पुनरागमन गर्दै अन्ततः २५-१९, १६-२५, र १७-१५ को स्कोरमा जित दर्ता गर्यो।
तेस्रो स्थानका लागि तनहुँले बागलुङलाई सोझो तीन सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो।
विजेता स्याङ्जालाई दुई लाख, उपविजेता म्याग्दीलाई एक लाख, तेस्रो हुने तनहुँलाई पचास हजार र चौथो बागलुङलाई पच्चिस हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
पुरस्कार वितरण कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्मा, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पनि सम्मान गरिएको छ।
उत्कृष्ट खेलाडी घोषित भए स्याङ्जाका सन्जोक परियार
उत्कृष्ट प्रशिक्षक अमित केसी
उत्कृष्ट सेटर विवश आले
उत्कृष्ट सर्भर म्याग्दीका विष्णु नेप
उत्कृष्ट स्पाइकर धनबहादुर भट्ट
उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही रू. ५,०००, अन्य विधागत खेलाडीहरूलाई रू. ३,००० नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो।
प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाको सहभागिता रहेको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )