काठमाडौँ, साउन-२६, भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय भएर देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्यून चापीय रेखा सरदर ठाउँबाट केही उत्तरतर्फ सर्ने जलवाष्पयुक्त हावाको आगमन बढ्ने भएकोले भोलिदेखि वर्षाको सम्भावना बढ्ने भएको हो ।
मौसमविद्का अनुसार भोलि मधेश प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पनि केही ठाउँमा ठूलो पानी र धेरै ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्सि बुधवारदेखि पश्चिमतर्फ सर्ने प्रणालीले बिहीवारसम्म पानी पार्ने सम्भावना छ ।
यसैबीच पछिल्लो २४ घण्टामा तनहुँको श्याम्घामा १ सय १४ मिलिमिटर वर्षा मापन भएको छ । आज तनहुँ, कास्की, स्याङ्जा, सिन्धुपाल्चोक, बारा, कञ्चनपुरलगायतका जिल्लामा ठूलो पानी परेको महाशाखाले जनाएको छ ।
आज राति कोशी प्रदेशको पहाडी भूभागसहित मधेश र सुदूरपश्चिमको तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )