म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।
रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिर क्षेत्रमा खसेको पहिरोका कारण यातायात बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल दर्जीका अनुसार, सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनाका निर्माण व्यवसायीहरूको डोजर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको छ। तर, लगातारको वर्षा र निरन्तर पहिरो खसेकाले काममा कठिनाइ आएको छ।
सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सिधा यातायात सम्पर्क टुटेको छ। यस्तै, प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा पनि बन्द भएको छ। यस अवस्थाले स्थानीयवासीका साथै मुस्ताङ जाने र फर्कने पर्यटकहरू प्रभावित भएका छन्।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )