• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण २४, शनिबार (११ महिना अघि)

आज जनैपुर्णिमा, नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै

फाइल तस्विर

  • ३२५ पटक पढिएको
  • जलजला, साउन-२४, प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

    पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

    सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ  भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

    यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले  ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

    मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

    तागाधारीले यज्ञोपवीत धारण गर्दै

    आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

    स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

    वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक लगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

    क्वाँटीको परम्परा
    जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।

    विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो ।

    तराई क्षेत्रमा राखी बाँधिदै

    नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा बढ्न थालेको छ ।

    काठमाडाँैको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज  बिहानैदेखि मेला लाग्ने गर्छ । हाम्रोपात्रोबाट 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार


  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution