• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २५, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

२ दिन अघि
२

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२ दिन अघि
३

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

२ दिन अघि
४

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

२ दिन अघि
५

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

५ दिन अघि
६

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

६ दिन अघि
७

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

१ हफ्ता अघि
८

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

१ हफ्ता अघि
९

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
१०

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
११

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार (३ महिना अघि)

धार्मिक महत्वको “पछै” स्थित पुलहाश्रम पर्यटकको पर्खाइमा

बेनी नगरपालिकामा अवस्थित पुलहाश्रम

  • १७० पटक पढिएको
  • कृष्ण जिसी/ बेनी, साउन-२१,  पृथ्वीका अद्भुत र पवित्र स्थलहरूमा केही यस्ता पनि छन्, जुन इतिहासको गर्भमा लुकेका छन् जुन धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्व बोकेका छन्, तर प्रवर्द्धनको कमीले ओझेलमा छन्। यस्तैमध्ये एक हो म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम, स्थानीय भाषामा यस ठाउँलाई  ‘पछै’ भनेर चिनिन्छ।

    हिन्दू धर्मग्रन्थ श्रीमद्भागवत महापुराण र रामायणमा पुलहाश्रमको  नाम उल्लेख गरिएको  पाइन्छ। यहाँ पुलस्त्य र पुलह ऋषिले तपस्या गरेको, र यिनकै वंशमा राक्षसराज रावणको जन्म यतै भएको मानिन्छ। यही ऐतिहासिक तथ्यले यो स्थानलाई धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने आधार तयार गरेको छ।

    पौलत्स्य क्षेत्र विकास कोषका उपाध्यक्ष तेजप्रकाश बानियाका अनुसार, पुलाश्रममा भएको होमकुण्ड, हवन गरिएको चरु र रावणको नाभी गाडिएको भनिएको स्थल आज पनि त्यहीँ छ। यिनै धार्मिक प्रमाणहरूले यो क्षेत्रको ऐतिहासिकताको पुष्टि गर्छ।

    बेनी–जोमसोम सडकमार्ग हुँदै वर्षमा सात लाखभन्दा बढी श्रद्धालु र पर्यटकहरू मुक्तिनाथ तर्फ ओहोरदोहोर गर्छन्। तर बेनीदेखि मात्र नौ किलोमिटर टाढा रहेको पुलाश्रमको नाम धेरैलाई थाहा छैन। सडकको अभाव र प्रवर्द्धनको कमीका कारण यो क्षेत्र सधैं सुनसानजस्तै रहन्छ।

    सवारी सुविधा नहुँदा धेरै भक्तजन पुलाचौर वा तिनमानेमै फर्किन बाध्य छन्। पैदल यात्रा गर्नेलाई दुई घण्टा लाग्ने, भने सवारी हुने भए केही मिनेटमै पुग्न सकिने यो ठाउँमा स्तरीय पदमार्ग र सडक अभाव नै प्रमुख बाधा बनेको छ।

    बेनी नगरपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा एक करोड ७६ लाखमा ठेक्का मार्फत पुलाश्रम क्षेत्रलाई व्यवस्थित गर्न रावण पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ। चार रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माण भएको छ ।

    समुद्री सतहबाट १७०० मिटरको उचाइमा अवस्थित पुलाश्रमबाट अन्नपूर्ण र धौलागिरी हिमालको मनोरम दृश्य, म्याग्दी, पर्वत र बागलुङका गाउँहरू, नागबेली परेर बगेको कालीगण्डकी र म्याग्दी नदी नियाल्न सकिन्छ। नजिकै बस्ती नभएको शान्त वातावरण, हरियाली जंगल र चिसो बतास सबैकुराले यो स्थानलाई अध्यात्म र शान्तिको संगमस्थल बनाएको छ।

    बेनी नगरपालिकाले पुलाश्रम, ढोलथान, जगन्नाथ र गलेश्वरलाई जोडेर धार्मिक कोरिडोरको अवधारणा अघि सारेको छ। नगर प्रमुख सुरत केसीका अनुसार, गण्डकी प्रदेश सरकारमार्फत गलेश्वर–पुलाश्रम सडक स्तरोन्नति सुरु भइसकेको छ। भविष्यमा यस क्षेत्रलाई दक्षिण भारत र श्रीलङ्काका धार्मिक पर्यटकहरूलाई आकर्षित गर्ने लक्ष्य लिएको छ।

    पुलाश्रमको भौगोलिक सौन्दर्य, पौराणिक इतिहास र धार्मिक महत्त्वले यो स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तीर्थ तथा पर्यटकीय गन्तव्य बनाउन सकिने स्पष्ट सम्भावना देखिन्छ। आज यो क्षेत्र प्रचारप्रसार, पूर्वाधार र पहुँचको पर्खाइमा छ। पत्रकार सन्तोष गौतमको सहयोगमा 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    १ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    १ हफ्ता अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    २ दिन अघि

  • २

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    २ दिन अघि

  • ३

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    २ दिन अघि

  • ४

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    २ दिन अघि

  • ५

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ५ दिन अघि

  • ६

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ६ दिन अघि

  • ७

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    १ हफ्ता अघि

  • ८

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    १ हफ्ता अघि

  • ९

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution