• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीका शिक्षाप्रेमी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार’बाट अभिनन्दित

१५ मिनेट अघि
२

म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

४ दिन अघि
३

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

६ दिन अघि
४

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
५

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
६

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

२ हफ्ता अघि
८

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
९

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

१ महिना अघि
१०

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

१ महिना अघि
११

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

१ महिना अघि
१२

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार (१0 महिना अघि)

धार्मिक महत्वको “पछै” स्थित पुलहाश्रम पर्यटकको पर्खाइमा

बेनी नगरपालिकामा अवस्थित पुलहाश्रम

  • ३२२ पटक पढिएको
  • कृष्ण जिसी/ बेनी, साउन-२१,  पृथ्वीका अद्भुत र पवित्र स्थलहरूमा केही यस्ता पनि छन्, जुन इतिहासको गर्भमा लुकेका छन् जुन धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्व बोकेका छन्, तर प्रवर्द्धनको कमीले ओझेलमा छन्। यस्तैमध्ये एक हो म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम, स्थानीय भाषामा यस ठाउँलाई  ‘पछै’ भनेर चिनिन्छ।

    हिन्दू धर्मग्रन्थ श्रीमद्भागवत महापुराण र रामायणमा पुलहाश्रमको  नाम उल्लेख गरिएको  पाइन्छ। यहाँ पुलस्त्य र पुलह ऋषिले तपस्या गरेको, र यिनकै वंशमा राक्षसराज रावणको जन्म यतै भएको मानिन्छ। यही ऐतिहासिक तथ्यले यो स्थानलाई धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने आधार तयार गरेको छ।

    पौलत्स्य क्षेत्र विकास कोषका उपाध्यक्ष तेजप्रकाश बानियाका अनुसार, पुलाश्रममा भएको होमकुण्ड, हवन गरिएको चरु र रावणको नाभी गाडिएको भनिएको स्थल आज पनि त्यहीँ छ। यिनै धार्मिक प्रमाणहरूले यो क्षेत्रको ऐतिहासिकताको पुष्टि गर्छ।

    बेनी–जोमसोम सडकमार्ग हुँदै वर्षमा सात लाखभन्दा बढी श्रद्धालु र पर्यटकहरू मुक्तिनाथ तर्फ ओहोरदोहोर गर्छन्। तर बेनीदेखि मात्र नौ किलोमिटर टाढा रहेको पुलाश्रमको नाम धेरैलाई थाहा छैन। सडकको अभाव र प्रवर्द्धनको कमीका कारण यो क्षेत्र सधैं सुनसानजस्तै रहन्छ।

    सवारी सुविधा नहुँदा धेरै भक्तजन पुलाचौर वा तिनमानेमै फर्किन बाध्य छन्। पैदल यात्रा गर्नेलाई दुई घण्टा लाग्ने, भने सवारी हुने भए केही मिनेटमै पुग्न सकिने यो ठाउँमा स्तरीय पदमार्ग र सडक अभाव नै प्रमुख बाधा बनेको छ।

    बेनी नगरपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा एक करोड ७६ लाखमा ठेक्का मार्फत पुलाश्रम क्षेत्रलाई व्यवस्थित गर्न रावण पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ। चार रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माण भएको छ ।

    समुद्री सतहबाट १७०० मिटरको उचाइमा अवस्थित पुलाश्रमबाट अन्नपूर्ण र धौलागिरी हिमालको मनोरम दृश्य, म्याग्दी, पर्वत र बागलुङका गाउँहरू, नागबेली परेर बगेको कालीगण्डकी र म्याग्दी नदी नियाल्न सकिन्छ। नजिकै बस्ती नभएको शान्त वातावरण, हरियाली जंगल र चिसो बतास सबैकुराले यो स्थानलाई अध्यात्म र शान्तिको संगमस्थल बनाएको छ।

    बेनी नगरपालिकाले पुलाश्रम, ढोलथान, जगन्नाथ र गलेश्वरलाई जोडेर धार्मिक कोरिडोरको अवधारणा अघि सारेको छ। नगर प्रमुख सुरत केसीका अनुसार, गण्डकी प्रदेश सरकारमार्फत गलेश्वर–पुलाश्रम सडक स्तरोन्नति सुरु भइसकेको छ। भविष्यमा यस क्षेत्रलाई दक्षिण भारत र श्रीलङ्काका धार्मिक पर्यटकहरूलाई आकर्षित गर्ने लक्ष्य लिएको छ।

    पुलाश्रमको भौगोलिक सौन्दर्य, पौराणिक इतिहास र धार्मिक महत्त्वले यो स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तीर्थ तथा पर्यटकीय गन्तव्य बनाउन सकिने स्पष्ट सम्भावना देखिन्छ। आज यो क्षेत्र प्रचारप्रसार, पूर्वाधार र पहुँचको पर्खाइमा छ। पत्रकार सन्तोष गौतमको सहयोगमा 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १५ मिनेट अघि

    म्याग्दीका शिक्षाप्रेमी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार’बाट अभिनन्दित

    २ हफ्ता अघि

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

    २ हफ्ता अघि

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’


  • १ महिना अघि

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

  • १ महिना अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • २ महिना अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

  • ३ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

  • समाचार
  • १

    म्याग्दीका शिक्षाप्रेमी शिवनारायण फगामी ‘शिक्षा सेवा पुरस्कार’बाट अभिनन्दित
    १५ मिनेट अघि

  • २

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद
    ४ दिन अघि

  • ३

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    ६ दिन अघि

  • ४

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ५

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ६

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    २ हफ्ता अघि

  • ८

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ९

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    १ महिना अघि

  • १०

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution