बेनी, जेठ-२७, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, म्याग्दीले आफ्नो २० औं स्थापना दिवसको अवसरमा नि:शुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न गरेको छ।
जेष्ठ २७ गते म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा आयोजित उक्त शिविरमा आश्रममा बसोबास गर्दै आएका वृद्धवृद्धाहरूको आँखा र दाँतको परीक्षण गरिएको हो
शिविरमा नेपाल नेत्र ज्योति संघ, आँखा उपचार केन्द्र म्याग्दीका प्रमुख नेत्र अधिकृत दिनेश बानियाँले आँखा परीक्षण गर्नुहुन्छ भने, न्यु म्याग्दी डेण्टल होम गणेश टोल बेनीका डेण्टल हाईजेनिष्ट गौतम छन्त्यालले दन्त परीक्षण सेवा प्रदान गर्नुभएको थियो ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल म्याग्दीकी अध्यक्ष रुमा कुमारी खत्रीका अनुसार शिविरबाट ४३ जना वृद्धवृद्धासहित ५४ जना सेवाग्राही लाभान्वित भएका छन्।
महासंघ म्याग्दीकी अध्यक्ष रुमाकुमारी खत्रीको अध्यक्षतामा सम्पन्न शिविरमा महासंघकी पूर्व अध्यक्ष मिना रामजाली, गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका उपाध्यक्ष देबिलाल छन्त्याल, महासंघका अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
स्थापना दिवसको अवसर पारेर आयोजित यो शिविरले समुदायमा सकारात्मक सन्देश फैलाएको आयोजकले जनाएका छन्।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )