• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २१, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

१७ घण्टा अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

१ दिन अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

१ दिन अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

५ दिन अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

५ दिन अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

५ दिन अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

५ दिन अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

६ दिन अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार (६ महिना अघि)

म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड

तस्विर : जलजला अनलाइन

  • २७७ पटक पढिएको
  • बेनी, जेठ-१०, पोखरामा शनिबार आयोजित महिला पत्रकार क्षमता अभिवृद्धि तथा पुरस्कार अर्पण कार्यक्रममा म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड प्रदान गरिएको छ । उहाँलाई दश हजार रुपैयाँ पुरस्कार राशि प्रदान गरिएको थियो । जि.सी. जलजला अनलाइन का सहसम्पादक समेत हुनुहुन्छ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र सञ्चारिका समूह गण्डकीको सह-आयोजनामा भएको कार्यक्रममा म्याग्दीकी देवीसहित अन्य दुई जना पत्रकारलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा सञ्चारिका समूहका संस्थापक अध्यक्ष एवं राष्ट्रिय सूचना आयोगकी आयुक्त दुर्गा भण्डारी र पत्रकार महासंघ गण्डकीका महासचिव जमुना शर्मालाई सञ्चारिका पत्रकारिता पुरस्कार गरिएको थियो । उहाँहरूलाई बीस/बीस हजार रुपैयाँ प्रदान गरिएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरूले नेताको गुण गाउने नभएर सरकारका चुनौती र समस्यालाई उजागर गर्नुपर्ने बताउनुभएको छ  । पत्रकार तथा मिडिया हाउसले राज्य व्यवस्थालाई कसरी अझ सुदृढ र उत्तरदायी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

    “पत्रकारले सरकारका राम्रा पक्ष देखाउनु राम्रो हो तर सरकारका गल्ती कमजोरीलाई पनि उजागर गर्नुपर्छ,” उहाँले भन्नुभयो , “पत्रकारिताले आलोचना मात्र होइन, समाधानमुखी सोच र सकारात्मक सुझाव पनि दिन सक्नुपर्छ ।”

    सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले सञ्चार कार्यालयहरू महिलामैत्री हुनुपर्नेमा जोड दिनुभएको थियो  । उहाँले  महिला पत्रकारले पारिवारिक सहयोग नपाउने, कार्यालयमा तलब विभेद, लैंगिक विभेदको सामना गर्नुपरेको बताइन् । उहाँले  महिला पत्रकारका अवस्थाका बारेमा जानकारी दिनुभएको थियो  ।

    प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले स्टिङ अपरेसन पत्रकारिताको आचारसंहिता भित्र नपर्ने तथा यसले पत्रकारिताको मर्यादामाथि प्रश्न उठाउने धारणा राखेका छन् । पत्रकारको काम सत्य, सन्तुलित र प्रमाणमा आधारित समाचार प्रकाशन गर्नु रहेको उहाँको  भनाइ छ । जासुसी शैलीमा सूचना संकलन गरी सार्वजनिक गर्नु व्यावसायिक पत्रकारिताको अभ्यास नहुनुका साथै नैतिकता भित्र पनि नपर्ने लामिछानेले बताउनुभयो  ।

    गलत वा भ्रामक सामग्री प्रकाशित भएमा सञ्चारमाध्यमले क्षमा माग्नुपर्ने लामिछानेको स्पष्ट भनाइ छ । उहांले भन्नुभयो, “गल्ती स्वीकार गर्नु कमजोरी होइन, जिम्मेवारीबोध हो । पत्रकारिता विश्वासको व्यवसाय हो, र यो विश्वास कायम राख्न सञ्चारमाध्यमले आफूले गरेका त्रुटिप्रति जवाफदेही हुनुपर्छ ।”

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले सञ्चार ऐन ६० वर्ष पुरानो कार्यान्वयनमा रहेको बताउँदै नियमावलीलाई समयसापेक्ष बनाउनु आवश्यकता रहेको औंल्याउनुभयो  । प्रविधिले फड्को मारेको अवस्थामा पनि सञ्चार ऐन, कानुन परिमार्जन गर्न नसक्नु लज्जास्पद रहेको उहाँको भनाइ छ । मिडिया हाउसको नियमित अनुगमन भएमा पत्रकारिताको गुणस्तरमा सुधार आउनुका साथै भ्रामक र अनैतिक सामग्रीको प्रकाशनमा रोक लगाउन सकिने उहाँले बताउनुभयो  ।

    कार्यक्रममा प्रेस रजिस्टार गण्डकीकी प्रमुख विमला भण्डारी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पाैडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो  । कार्यक्रममा गण्डकीका ७५ जना पत्रकारको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

    ४ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    १ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता


  • १ महिना अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • १ महिना अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ महिना अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ महिना अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    १७ घण्टा अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    १ दिन अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    १ दिन अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ५ दिन अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    ५ दिन अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    ५ दिन अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    ५ दिन अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    ६ दिन अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution