• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

९ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार (१ साल अघि)

म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार

तस्विर: जलजला अनलाइन

  • ७७७ पटक पढिएको
  • देवि जिसी/बेनी, बैशाख-१९,  कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरण बिहीबार सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । क्यानको आयोजना तथा म्याग्दी बहुमुखी क्याम्पस र एमएमसी आईसिटी क्लबको समन्वयमा सेमिनार तथा गोष्ठी गरिएको हो ।
    ‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा प्रविधि दिवस मे २ तारिखको पूर्वसन्ध्याको अवसर पारेर कार्यक्रम गरिएको आयोजकले जनाएका छन् । सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा पछिल्लो समय भैरहेका परिवर्तनहरु, आर्टिफिसियल इन्टिलिजेन्ट (एआई)को प्रयोग, यसले दिने विभिन्न सूचना र विषयहरुको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ ।
    कार्यक्रमको उद्घाटन गर्दै क्यान महासंघ नेपालका केन्द्रीय सदस्य चिन्तामणि बाँस्तोलाले पछिल्लोपटक धेरै प्रयोग भैरहेको एआई, साईबर सुरक्षा र एआई अन्तर्गतका विभिन्न टुल्सको सन्दर्भमा देशका विभिन्न जिल्लाहरुमा पुगेर महासंघमार्फत कार्यक्रम सञ्चालन गर्ने गरिएको बताउनुभयो । उहाँले एआईको प्रयोगमार्फत काम छिटो, सहज र प्रभावकारी सम्पन्न गर्न सहयोग पुग्ने भए पनि यसको विश्वसनीयताको विषयमा सबैले बुझ्न आवश्यक रहेकोमा जोड दिँदै नेपालमा एआईको प्रयोग र यससम्बन्धी नीति नियमको बारेमा बुझाउनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्र्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर मनोज शाक्यले एआईको प्रयोग मोबाइललगायत इलेक्ट्रोनिक सामानहरु तथा सामाजिक सञ्जालहरुमा भैरहेको जानकारी दिनुभयो । उहाँले कम्प्युटर तथा ल्यापटपमा एआई सिस्टमले गेम खेल्ने र खेलाउने हुँदा कतिपय अवस्थामा च्याम्पियन खेलाडीहरुलाई समेत जित्न सक्ने भन्दै पछिल्लो समय एआईको प्रयोग बढेकाले यो शक्तिशाली बन्दै गैरहेको धारणा व्यक्त गर्नुभयो । एआई सिस्टमले कहिल्यै पनि सय प्रतिशत मिल्ने उत्तर दिन नसक्ने बताउँदै प्राध्यापक डा. शाक्यले एआईले कहिलेकाहीँ जस्ताको तस्तै बोलिदिने र लेखिदिने भए पनि त्यो गलत पनि हुन सक्ने बताउनुभयो ।
    म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले सूचना र प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि क्याम्पसमा शिक्षा सङ्काय अन्तर्गत बिआईसिटीको कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले शैक्षिक उन्नयनको एक थलोको रुपमा रहेको म्याग्दी क्याम्पसलाई बिआईसिटी कार्यक्रममार्फत सूचना र प्रविधिमा जनशक्ति उत्पादन गर्ने गरी अगाडि बढाइएको भन्दै यसका लागि क्याम्पसले विभिन्न प्रकृतिका तालिम, गोष्ठी, सेमिनार तथा कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गर्दै आइरहेको बताउनुभयो ।
    क्यान गण्डकी प्रदेशका अध्यक्ष गुणनीधि पाण्डेले महासंघमार्फत हरेक वर्ष आईसिटी डेको अवसर पारेर केन्द्र, प्रदेश र जिल्लाहरुमा सूचना, प्रविधि सम्बन्धी कार्यक्रमहरु आयोजना गर्ने गरिएको बताउनुभयो । कार्यक्रममा क्यान कास्की शाखाका कार्यसमिति सदस्य दिपकराज गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने म्याग्दी बहुमुखी क्याम्पसको आईसिटी क्लब अध्यक्ष शेरबहादुर सुनारले च्याट जिपिटी प्रयोग बारेको अनुभव सुनाउनुभयो ।
    क्यान गण्डकीका उपाध्यक्ष बामदेव रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रममा एआईका टुल्सहरु च्याट जिपिटीलगायत टुल्सको बढ्दो प्रयोग तथा यसले पार्ने प्रभावका बारेमा चिन्तन गरिएको थियो । साथै एआई, रोबर्ट र जिपिटबाट मानिसको दैनिकीमा पार्ने प्रभाव तथा उपायको बारेमा समेत अन्तरक्रिया र छलफल गरिएको थियो ।
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    २ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै


  • २ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ९ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution