• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख ३१, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

२ दिन अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

२ दिन अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

२ दिन अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

३ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

४ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

४ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार (१ साल अघि)

रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

तस्विर : प्रताप बानिया

  • ३८७ पटक पढिएको
  • म्याग्दी, बैशाख-१५,  ‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । सोमबार पालिकाको केन्द्र मौवाफाँटमा आयोजित एक समारोहबीच रघुगंगा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ४९ जना र १६ महिनादेखि २७ महिनासम्मका १ सय ५२ जनासहित सबै बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ ।

    बालबालिकाहरुले जन्मेदेखि २७ महिनासम्म विभिन्न प्रकारका खोपहरु पाएका छन् । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्रप्रसाद जयसवालले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरुले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।

    रघुगंगा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्न यसअघि गएको चैत २७ गते ४ नम्बर वडा दग्नामबाट वडास्तरमा पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यको सुरुवात गरिएको थियो । पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । बेगखोला, भगवती, पिप्ले, दग्नाम, झिँ, पाखापानी, चिमखोला र कुईनेमङ्गलेसहित ८ वटा वडा रहेको रघुगंगामा यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि सोमबार पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । कार्यक्रमको अवसरमा रघुगंगा गाउँपालिकाले पूर्णखोप घोषणा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो क्षेत्रमा खटिएका ८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, ८ जना स्वास्थ्यकर्मी र ८ वटा स्वास्थ्य संस्था तथा महत्वपूर्ण सहयोग पु¥याउनुहुने पिप्ले स्वास्थ्यचौकी र झिँ स्वास्थ्यचौकीका कार्यालय सहयोगी कर्मचारीद्वय सीता खड्का सुवेदी र तेजनाथ पौडेललाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

    यसैगरी जिल्ला खोप समन्वय समितिको तर्फदेखि गाउँपालिकालाई पूर्णखोप घोषणा सुनिश्चितता तथा दिगोपना कायम राख्नको लागि प्रशंसा–पत्र समेत प्रदान गरिएको छ । पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले पूर्णखोप पालिका बनाउन खटिनुहुने सबैलाई प्रशंसासहित धन्यवादज्ञापन गर्नुभयो । उहाँले गतवर्ष जस्तै म्याग्दीलाई अहिले पनि गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रुपमा घोषणा गर्न जिल्ला खोप समन्वय समिति लागिपरेको बताउँदै यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले पूर्णखोप कार्यक्रमले औषत आयु बढाउने र बाल मृत्युदर घटाउनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो ।

    प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले पूर्णखोप कार्यक्रमले सरुवा रोग लाग्नबाट बचाउने बताउँदै म्याग्दीमा वि.सं. २०७१ सालबाट जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न थालिएको बताउनुभयो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विभिन्न प्रकोप तथा रोगजन्य महामारीहरुबाट बच्नको लागि पूर्णखोप कार्यक्रमले रोक्ने बताउँदै स्वास्थ्य क्षेत्र तथा खोप कार्यक्रमका लागि गाउँपालिकाबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा रघुगंगा–७, चिमखोलाका वडा अध्यक्ष थकप्रसाद पाईजा, राखुपिप्ले स्वास्थ्यचौकीका प्रमुख शिवप्रसाद पाण्डे र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका यशोदा सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयसवालले पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम अहेव वीरबहादुर वलीको सञ्चालन र स्वास्थ्य शाखा सहसंयोजक देवीकुमारी रानाको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेविका र आमा समूहले नृत्य प्रस्तुत गरेका थिए । रघुगंगा गाउँपालिका जिल्लामा पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा हुनेमा चौथो पालिका बनेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ३ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    ४ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न


  • ५ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • ५ महिना अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • ६ महिना अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • ६ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    २ दिन अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    २ दिन अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    २ दिन अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ३ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ४ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ४ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution