• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

१४ घण्टा अघि
२

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

१५ घण्टा अघि
३

म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

४ दिन अघि
४

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

४ दिन अघि
५

प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

५ दिन अघि
६

राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

५ दिन अघि
७

न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न

६ दिन अघि
८

बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा

१ हफ्ता अघि
९

महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

१ हफ्ता अघि
१०

मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
११

स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन

१ हफ्ता अघि
१२

वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ माघ १०, बिहिबार (७ महिना अघि)

अखिल क्रान्तिकारीको अध्यक्षमा सुदिन पौडेलको उमेद्वारी

फाईल तस्विर

  • ६०७ पटक पढिएको
  • बेनी, ९ माघ,  नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको केन्द्रिय अध्यक्षमा म्याग्दीका पुर्व जिल्ला अध्यक्ष सुदिन पौडेल उमेद्वार बन्नुभएको छ । गत असोज १० देखि १४ गतेसम्म काठमाडौको किर्तिपुरमा भएको राष्ट्रिय सम्मेलन उमेर हदको बिवादका कारण नेतृत्व चयन नगरि स्थगित भएको थियो । गत पुष १४ गते देशभरका प्रतिनिधीहरुले गरेको मतदानबाट कमिटिमा ३२ वर्षको उमेर हद लगाउनुपर्नेको पक्षमा बहुमत भएको थियो ।

    अध्यक्षमा पौडेल सहित हेमन्त राई, उपदेश यादव, बिजय सापकोटा, विश्वमणी थापा र योगेन्द्र बुढा छ जना उमेद्वार रहेका छन् । नेतृत्व चयनका लागि माघ १२ गते सातै प्रदेशमा तोकिएको निर्वाचन केन्द्रमा मतदान हुदैछ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागु गर्नुपर्ने मुद्दा उठाएका पौडेलले उमेरहदको निर्णयलाई कार्यान्वयन गर्न नेतृत्वमा अघि सरेको बताउनुभयो । विद्यार्थीहरुको समस्या र आवश्यकतालाई नीतिगत रुपमा सम्बोधन गराउन सरकारसँग पैरवी गर्ने, स्वबियू चुनावबाट संगठनलाई पहिलो बनाउने, समाजवादी शिक्षाको मुद्दालाई कार्यान्वयन गराउने, राष्ट्रियता र जनजिविकाको मुद्दामा पहरेदारी गर्ने, शैक्षिक र सामाजिक क्षेत्रका विकृति, बेथिति, भ्रष्ट्राचारको बिरोध र खबरदारी गर्ने पौडेलको चुनावी मुद्दा रहेका छन् ।

    माओवादीका अध्यक्ष प्रचण्डसँग पनि निकट सम्बन्ध बनाएका पौडेललाई नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले समर्थन गर्नुभएको छ । अध्यक्ष प्रचण्ड लगायत धेरै शिर्ष नेताहरुको आफूलाई समर्थन रहेको पौडेलले बताउनुभयो । तनहुँको बन्दिपुरका पौडेल अखिल क्रान्तिकारी गण्डकीका निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँको पुख्यौली घर म्याग्दीको पुलाचौर हो । अखिल क्रान्तिकारीको म्याग्दी बेनी स्थित बेनी सामुदायिक माविको इकाई कमिटि अध्यक्ष हुदै विद्यार्थी राजनीति सुरु गरेका पौडेलले अखिल क्रान्तिकारी म्याग्दीको एक कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गरिसक्नुभएको छ ।

    म्याग्दीका माओवादी केन्द्रका नेता तथा प्रदेश सांसद रेशमबहादुर जुग्जाली (सुविन) गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुँदा पौडेलले सचिवालयमा काम गर्नुभएको थियो।म्याग्दी बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गरेका पौडेलले विद्यार्थी संगठनलाई शैक्षिक मुद्दासँगै सामाजिक गतिबिधी र विपद् ब्यवस्थापनका काममा पनि परिचालन गर्ने अभ्यास गराउनुभएको थियो । शैक्षिक, राजनीतिक र सामाजिक मुद्दामा जोड्दै संगठनलाई चलायमान र सुदृढ बनाउने पौडेलले बताउनुभयो ।

    अखिल क्रान्तिकारीको दुई सय ४३ जनाको केन्द्रीय समितिमा ३३ जना पदाधीकारी, एक सय ६२ जना सचिवालय र केन्द्रिय सदस्य चयन गर्न मतदान हुन लागेको हो । चुनावका लागि मबगलबार मनोनयन दर्ता भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १४ घण्टा अघि

    बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

    १५ घण्टा अघि

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

    ४ दिन अघि

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न


  • ४ दिन अघि

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

  • ५ दिन अघि

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

  • ५ दिन अघि

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

  • १ हफ्ता अघि

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

  • समाचार
  • १

    बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु
    १४ घण्टा अघि

  • २

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम
    १५ घण्टा अघि

  • ३

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ४

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ
    ४ दिन अघि

  • ५

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो
    ५ दिन अघि

  • ६

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए
    ५ दिन अघि

  • ७

    न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न
    ६ दिन अघि

  • ८

    बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा
    १ हफ्ता अघि

  • ९

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने
    १ हफ्ता अघि

  • १०

    मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution