• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र ९, शुक्रबार (२ साल अघि)

बेनीमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईयो

फोटो : अमित विश्वकर्मा

  • ४३३ पटक पढिएको
  •  म्याग्दी, चैत-९,  संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले बेनीमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरि ५९ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाएको छ । विहिबार जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य दमयन्ति रुचाल (रितु) ले उद्घाटन गर्नुभयो । उहाँले दलितको हक र अधिकारका निम्ती छुट्टै कानून निर्माण गर्न आवश्यक रहेको भन्दै गण्डकी प्रदेश सरकारले दलित विधेयकको प्रक्रिया अगाडी बढाएको बताउनुभयो । सांसद रुचालले १० वर्षे जनयुद्धले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको स्मरण गराउनुभयो ।

    विभिन्न अवस्थामा भएका दलित आन्दोलनहरुले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गर्न र दलितका हक र अधिकार सम्वन्धी कानून निर्माण गर्न सफल भएको बताउँदै उहाँले अव संविधानको कार्यान्वय गराउने पक्षमा उभिनुपर्ने विचार व्यक्त गर्नुभयो । दलितको अवस्था परिवर्तन गर्ने महत्वपूर्ण हतियार भनेकै २०७२ को संविधान हो, पूर्ण रुपमा उपयोग गर्न सके दलित समुदायको उत्थान अवस्य हुन्छ म सवै सरोकारवालाईहरुलाई संविधानको व्यवहारिक कार्यान्वयमा ध्यान दिन आग्रह गर्दछु सांसद रुचालले भन्नुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले हिजो राज्यबाटै सोशित, अपमानित र अवसरविमुख गराईएका उत्पीडित समुदायहरुलाई त्यसैको क्षतिपूर्ति स्वरुप अहिले आरक्षण र कोटा उपलब्ध गराईएको बताउनुभयो । उहाँले आरक्षण व्यवस्थाको विरोध गर्न उचित नभएको पनि बताउनुभयो । बेनी नगरपालिका प्रमुख सुरत केसीले दलित समुदायले आफ्नो आनीबानी परिवर्तन गरि आर्थिक उपार्जनका निम्ती कुनै न कुनै उत्पादन संग जोडिनुपर्ने बताउनुभयो । परिवर्तनको सवैभन्दा ठुलो शक्ति शिक्षा भएकाले आफ्नो सन्ततिलाई अनिवार्य रुपमा शिक्षा प्रदान गर्ने वातावरण सृजना गर्न सम्पूर्ण दलित समुदायलाई आग्रह समेत गर्नुभयो ।नगर प्रमुख केसीले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु नगरपालिका मार्फत संचालन भईरहेकाले उक्त कार्यक्रमहरुमा संलग्न भई लाभ लिनपनि आग्रह गर्नुभयो ।

    कार्यक्रममा दलित अगुवा छवि विश्वकर्मा, शुशिला विश्वकर्मा, राष्ट्रिय भूमि आयोग म्याग्दीका अध्यक्ष देवेन्द्र कामी, दलित अगुवा याम वस्याल, रघुगंगा गाउँपालिकाका कार्यपालिका सदस्य सम्झना परियार, लगायतले अधिकार प्राप्तीका निम्ती दलितहरु एकजुट बन्नुपर्ने बताएका थिए । उक्त अवसरमा म्याग्दी जिल्लाको दलित आन्दोलन तथा सामाजिक परिवर्तनका लागि पत्रकारिता क्षेत्रबाट पुर्याएको अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै संचारकर्मी अमित विश्वकर्मालाई सम्मान गरिएको थियो । त्यस्तै दलित अधिकारकर्मी लालु किसान र छवि विश्वकर्मालाई पनि सम्मान गरिएको छ । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रुचाल र समितिका संयोजक पदम किसानले सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । कार्यक्रममा अन्नपूर्ण गाउँ कार्यपालिका सदस्य राम विश्वकर्मा, रघुगंगा गाउँ कार्यपालिका सदस्य होम बहादुर परियार र मालिका गाउँ कार्यपालिका सदस्य दल बहादुर खड्काथोकीले पालिकाभित्र दलित समुदायको अवस्था र गतिविधिहरुको बारेमा बोल्नुभएको थियो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक कृष्ण विश्वकर्मा, दलित अधिकारकर्मी, अभियन्ता याम किसान, गौरी सेन्चुरी, नर बहादुर विश्वकर्मा, कुमार थापा किसान, रुपेश सुन्दास लगायत दलित जनप्रतिनिधिहरु र जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधिको रुपमा दलित समुदायको उपस्थिति रहेको थियो । समितिको तर्फबाट बेनपा ९ का मुटु रोगी प्रकाश विश्वकर्मालाई ४ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । कलाकार विनिसा किसान र शुस्मा परियारले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीका संयोजक पदम किसानको अध्यक्षता, सदस्य पृथीलाल विश्वकर्माको स्वागत र सुवास विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । सन १९६० मा दक्षिण अफ्रिकामा गोरा जातिहरुद्वारा सृजित जातिभेद र रंगभेदको विरुद्धमा निकालिएको शान्तिपूर्ण ¥यालीमा प्रहरीले अमानवीय दमन गर्दै ६९ जनाको निर्मम हत्या गरिएको स्मरण गर्दै हरेक वर्ष मार्च २१ का दिन विश्वभर जातीय तथा रंगभेद उन्मुलन दिवस मनाउदै आईएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution