• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २२, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ दिन अघि
२

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

४ दिन अघि
३

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

५ दिन अघि
४

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

५ दिन अघि
५

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

५ दिन अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

३ हफ्ता अघि
७

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

३ हफ्ता अघि
८

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

३ हफ्ता अघि
९

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

४ हफ्ता अघि
१०

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
११

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि
१२

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ ८, सोमबार (२ साल अघि)

नेता र कार्यकर्ता एकजुट भएमात्र कांग्रेस बलियो हुन्छ : सभापती देउवा

तस्विर : पर्वत न्युज

  • ४६२ पटक पढिएको
  • पर्वत, माघ-८, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस आपसमा मिल्ने हो भने अर्को चुनावमा ठूलो पाटी बन्ने दावी गर्नुभएको छ । पर्वतको कुश्मा बजारमा आयोजीत कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेस मिलेर चुनावमा जाने हो भने फेरी पनि पहिलो पाटी बन्ने दावी गर्नुभएको हो ।

    सभापति देउवाले एक पटक टिकट नपाउँदैमा निराश हुनु नपर्ने भन्दै अर्को पटक टिकट पाउने आश्वासन समेत दिनुभयो । ठुलो दलमा सवैले एकैपटक नेतृत्व पाउन मुस्किल हुने भन्दै सभापति देउवाले भने निरन्तर लाग्ने नेताहरु अवसरवाट बञ्चित हुन नपर्ने बताउंदै   काङ्ग्रेसलाई बलियो बनाउन सवै एकजुट हुनुपर्नेमा जोड समेतदिनुभयो । उहाँले भन्नुभयो ‘अहिलेको अवस्थामा हाम्रा साथीहरुबिच मेलमिलाप हुन जरुरी छ । अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ । आज जित्नेले पनि भोलि सधैं जितिरहिन्छ भन्ने हुँदैन । जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको समस्यालाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ । ‘कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री शशांक कोईरालाले मुलुकलाई धर्म निरपेक्षतावाट हटाउनुपर्ने बताउनुभयो । धर्म सापेक्ष वा निरपेक्ष केहि पनि नहुने भन्दै कोईरालाले धर्म स्वतन्त्र हुने समेत बताउनुभयो  ।

    कोइरालाले नेपाली काङ्ग्रेस समेत सहभागि भएको वर्तमान सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन सक्नुपर्नेमा जोड दिनुभएको थियो  । मुलुकमा देखिएको भ्रष्टाचार र महंगीलाई हटाउँदै जनतालाई राहतको अनुभूति दिन सकेमा मात्र पार्टी समेत बलियो हुँदै जाने उहाँको  भनाई रहेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जनतालाई नेपाली काँग्रेस एकजुट भएमा कुनैसँग गठवन्धन गर्नुपर्ने अवस्था नआउने बताउनुभयो । उहाँले  काँग्रेसलाई गाली गर्न छाडेर सहयोग गर्न आग्रह गर्दै कुण्ठा बोकेर पार्टी बलियो नहुने बताउनुभयो । टिकट खोज्नेहरु कार्यक्रममा नआएको भन्दै जो निष्ठावान कार्यकर्ता छन् ती मात्र आएको भन्नुभयो ।

    त्यसैगरी नेपाली का‌ङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफुले अवसर नपाउँदैमा पाटी कमजोर बनाउन नहुने भन्दै देउवाले अहिलेसम्म आफुलाई मन्त्री बन्न चासो नदेखाएको गुनसो गर्नुभयो। भण्डारीले देश विकास नहुनुको कारण खोजेर विकासका आयामहरुको खोजी गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले दिनदिनै युवाहरु वैध र अवैध बाटोबाट देश छोडेर विदेशीएको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । नेता भण्डारीले काङ्ग्रेसले प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भनेर बस्न नहुने भन्दै त्यो समयमा काँग्रेस चुनावमा गएको भए दुई तिहाई बहुमत ल्याउने समेत बताउनुभयो । उहाँले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको विषय प्रतिगमन नभएको स्पष्ट पार्दै जनताका वीचमा जाने कुरा प्रतिगमन नभएको र त्यो बेलामा कांग्रेस चुनावमा जानुपर्ने कुरामा चुकेको समेत उल्लेख गर्नुभयो । कार्यक्रममा नेता भण्डारीले आगामी पुस्ताले विकासको खोजी गरेको भन्दै देशमा अव विकासको बहस हुनुपर्ने धारणा राख्नुभयो ।
    कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्य किरण पौडेल, शारदा पौडेल, उर्मिला थपलिया, नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशी, तरण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल, पुर्व पार्टी सभापति नबराज गुरुङ, खिमप्रसाद भुसाल, फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी, तरुण दलका केन्द्रीय सदस्य मुना भुसाल, दलित संघका जिल्ला अध्यक्ष याम परियार शिव लगायतले बोल्नुभएको थियो ।
    नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपसभापति डा. चुणामणी शर्मा र संचालन सचिबद्धय गुप्तनिधि शर्मा र अशोक उच्चै ठकुरीले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    ५ दिन अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    ५ दिन अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा


  • ५ दिन अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • ३ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • ३ हफ्ता अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • ३ हफ्ता अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ दिन अघि

  • २

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    ४ दिन अघि

  • ३

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    ५ दिन अघि

  • ४

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    ५ दिन अघि

  • ५

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    ५ दिन अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ३ हफ्ता अघि

  • ८

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ३ हफ्ता अघि

  • ९

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ४ हफ्ता अघि

  • १०

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution