• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख २६, मंगलबार (३ साल अघि)

परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी विषयमा अन्तरक्रिया

तस्विर : प्रताप बानिया

  • ५१६ पटक पढिएको
  • म्याग्दी, बैशाख-२६, स्वास्थ्य कार्यालय म्याग्दी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टरको संयुक्त आयोजनामा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । सोमबार म्याग्दीको सदरमुकाम बेनीमा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया  गरिएको हो ।
    कार्यक्रममा आफ्नो प्रस्तुतीसहित सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले म्याग्दी जिल्ला खुला दिसामुक्त घोषणा भएको धेरै समय बितिसकेको भए पनि अझै ग्रामीण भेगमा झाडापखालाका बिरामीहरु पाइएको बताउनुभयो । उहाँले म्याग्दीको स्वास्थ्य अवस्था सुधार्न पत्रकार तथा सञ्चारकर्मीको ठूलो सहयोग रहेको बताउँदै आगामी दिनमा पनि सचेतनामूलक सन्देशहरु प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
    आफ्नो प्रस्तुतीमा निमित्त कार्यालय प्रमुख लम्सालले गएको आर्थिक वर्ष २०७८÷०७९ मा म्याग्दी जिल्लामा संस्थागत सुत्केरी हुने ७३ प्रतिशत पुगेको बताउँदै ४ पटकसम्म गर्भ जाँच गर्ने महिलाहरु ९४ प्रतिशत र ३ पटकसम्म सुत्केरी जाँच गर्नेहरु ५० प्रतिशतको तथ्याङ्क रहेको जानकारी दिनुभयो । उहाँले गत आवमा परिवार नियोजनको साधनहरु प्रयोग गर्नेहरु ४७ प्रतिशत रहेकोमा यसभन्दा अघिल्ला दुईवटा आवमा ४५ प्रतिशत मात्रै रहेको बताउँदै नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका परिवार नियोजनका साधनहरुको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

    पत्रकारसँगको अन्तत्र्रिmया कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्दै बेनी अस्पतालका नवआगन्तुक निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अन्जु थापाले स्वास्थ्य समस्या सबैको साझा भएकाले यसको समाधान गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय बेनी अस्पतालमा सेवा लिन आउने अधिकांश महिलाहरु आफ्नो स्वास्थ्यमा विभिन्न किसिमका संक्रमण, महिनावारी गडबढी, गर्भपतनलगायत समस्याहरु जटिल बनेपछि आउने गरेको बताउँदै समयमै आएर स्वास्थ्योपचार गर्न सुझाव दिनुभयो । उहाँले पुरुषको तुलनामा महिलाहरुमा धेरै समस्याहरु देखिने गरेको बताउँदै पछिल्लो समय तनाव, सन्तुलित खानपान र व्यायामको अभावले स्वास्थ्यमा समस्या देखिएकाले ध्यान दिनुपर्ने बताउनुभयो ।

    सोही कार्यक्रमको अवसरमा वनहार्ट वल्डवाईड म्याग्दीका जिल्ला संयोजक उपेन्द्र चन्दले आफ्नो संस्थामार्फत म्याग्दी जिल्लाको विभिन्न स्थानमा भएका गतिविधि र सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका स्वास्थ्य शिक्षा अधिकृत ईन्द्रबहादुर बानियाँ र बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टरका कार्यकारी निर्देशक लक्ष्मीनारायण देवले पनि आ–आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स दुर्गा शर्माले गर्नुभएको थियो ।

    सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको छ भने सन् २०३० सम्मको दीगो विकास लक्ष्यमा पुग्नका लागि नवजात शिशु तथा मातृ मृत्युदर घटाउने उद्देश्य रहेको छ । दीगो विकास लक्ष्य प्राप्तिका लागि सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य र नवजात शिशुको मृत्युदर घटाउनुपर्दछ । अहिले मातृ मृत्युदर प्रति लाखमा १ सय ५१ जना रहेकोमा दीगो विकास लक्ष्यअनुसार ७० जनामा झार्ने र नवजात शिशुको मृत्युदर प्रति हजारमा २१ रहेकोमा १२ जनामा झार्ने लक्ष्य लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution