• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ २३, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

१ दिन अघि
२

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

४ दिन अघि
३

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

४ दिन अघि
४

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

४ दिन अघि
५

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

१ हफ्ता अघि
६

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

१ हफ्ता अघि
७

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

१ हफ्ता अघि
८

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

१ हफ्ता अघि
९

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

१ हफ्ता अघि
१०

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

१ हफ्ता अघि
११

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

१ हफ्ता अघि
१२

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ बैशाख १६, शुक्रबार (३ साल अघि)

बेनीमा दुइदिने निशुल्क मुटुरोग शिविर सुरु

तस्विर : अमित बिश्वकर्मा

  • ४८३ पटक पढिएको
  • म्याग्दी, बैशाख-१६,  म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने नि:शुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा  शिविरको शुभारम्भ भएको छ। शिविरको एक कार्यक्रमका बीच  शुक्रबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उद्घाटन गर्नुभएको हो ।

    कार्यक्रमका बोल्दै ढकालले मुटु शरिरको संवेदनशिल अंग भएकाले यसको सुरक्षा आवश्यक हुने बताउनुभयो । उहाँले सरकारले जटिल रोगका विरामीहरुको उपचार निशुल्क गर्ने व्यवस्था गरेपनि रोगै लाग्न नदिन पूर्व सचेतनाका कार्यक्रमहरु संचालन नभएको बताउनुभयो । रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उत्तम हुने भएकाले समय समयमा आफ्नो स्वास्थ्य अवस्थाको परिक्षण गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

    कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईले सेभ द हार्टले देशव्यापी रुपमा शिविर संचालन गर्दै आएको बताउनुभयो । म्याग्दी सहित २३ वटा जिल्लामा विभिन्न समयमा आयोजना गरिएका ९५ वटा शिविर हाल सम्म करिव ९६ हजार मुटुरोगीको परिक्षण गरिएको डा. भट्टराईले बताउनुभयो । उहाँका अनुसार शिविरमा हाल सम्म करिव १३ सय विरामीको ओपन हार्ट सर्जरी गरिएको छ भने बाँकी विरामीहरु निरन्तर सम्पर्कमा रहेर मुटु जाँच गराईरहेका छन ।

    शनिबार सम्म संचालन हुने शिविरमा मुटुको भिडियो एक्सरे, ईसिजी गर्ने, निशुल्क औसधि वितरण तथा आवश्यक परामर्श दिईनेछ । अप्रेसन गर्नुपर्नेलाई काठमाडौँ बोलाएर विरामीको अवस्था हेरी निशुल्क रुपमा अप्रेसन समेत गरिने डा. भट्टराईले बताउनुभयो । शिविरमा मुटुरोग सम्वन्धि अनुभवि डाक्टरहरुको टिम खटिएकाले विरामीहरुका लागि शिविर लाभदायक हुने शिविरका संयोजक नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष समेत रहनुभएका पत्रकार हरिकृष्ण गौतमले बताउनुभयो । हालैमात्र आफ्नो सानो छोराको मुटु सम्वन्धी रोगको डा. भट्टराईकै टिमले सफल उपचार गरेकोमा धन्यबाद प्रकट गर्दै गौतमले जिल्लामा रहेका थुप्रै मुटुरोगीहरुको सहजताका लागि सेभ द हार्टको टिमलाई अनुरोध गरेर बेनीमा शिविरको आयोजना गरिएको बताउनुभयो ।

    साथै उहाँले शिविरको सहआयोजक ओमकुमारी शान्ति कोषको बारेमा समेत जानकारी गराउनुभएको थियो । २०७१ सालमा स्थापना भएको कोषले हाल सम्म २४९ जना बिरामीहरुको उपचारमा सघाएको छ । १ करोड ३ लाखको अक्षयकोष रहेको कोषले आफ्नो व्याज र अभियानबाट हाल सम्म २ करोड, ५३ लाख, १९ हजार, १२९ रुपैयाँ बिरामीको उपचार तथा विपतको समयमा सहयोग गरेको गौतमले बताउनुभयो ।

    सेभ द हार्टका महासचिव शेरबहादुर रानाले शिविरमा आउने बिरामीको मुटु सम्वन्धी जटिल समस्या देखिएका काठमाडौँ लगेर उपचार गराइने बताउनुभएको छ । अति विपन्न परिवारका विरामीलाई संस्थाको तर्फबाट आवश्यक आर्थिक सहयोग सहित उपचारको व्यवस्थापन गर्ने रानाको भनाई छ । बेनी अस्पतालमा सुरु भएको शिविरमा मुटु परिक्षणका लागि म्याग्दी लगायत छिमेकी जिल्लाहरुबाट पनि सयौँको संख्यामा विरामी आएका छन । शिविरको उद्घाटन कार्यक्रम ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता र र सचिव लोकेश पुन मगरको संचालनमा सम्पन्न भएको थियो । शुक्रबार बिहानैदेखि विरामीहरु लाईनमा बसेका छन । शिविरमा डा.भट्टराईको नेतृत्वमा करिव ४० जनाको टोली उपचारमा संलग्न भएका छन ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

    ४ दिन अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

    ४ दिन अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न


  • ४ दिन अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

  • १ हफ्ता अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

  • १ हफ्ता अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

  • समाचार
  • १

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    १ दिन अघि

  • २

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    ४ दिन अघि

  • ३

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    ४ दिन अघि

  • ४

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    ४ दिन अघि

  • ५

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    १ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    १ हफ्ता अघि

  • ७

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    १ हफ्ता अघि

  • ८

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    १ हफ्ता अघि

  • ९

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    १ हफ्ता अघि

  • १०

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution