• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन २६, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

१ हफ्ता अघि
२

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

१ हफ्ता अघि
३

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

१ हफ्ता अघि
४

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

१ हफ्ता अघि
५

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

१ हफ्ता अघि
६

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

२ हफ्ता अघि
७

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

२ हफ्ता अघि
८

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

२ हफ्ता अघि
९

मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

३ हफ्ता अघि
१०

भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

३ हफ्ता अघि
११

नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

३ हफ्ता अघि
१२

बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर ९, बिहिबार (४ साल अघि)

म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, हिंसा न्युनीकरणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाको जोड

तस्विर: प्रताप बानिया

  • ६७४ पटक पढिएको
  • म्याग्दी, मंसिर-९, ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान बिहीबारदेखि म्याग्दीमा पनि सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालयको समन्वयमा अभियानको सुरुवाती दिन आज अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले सबै कुराको मूल नीति राजनीति भएकाले राजनीतिमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान, ऐन, कानुनमा महिलासम्बन्धी हक, अधिकारको व्यवस्था गरेको भए पनि त्यसलाई हु–बहु कार्यान्वयन गर्ने सवालमा भने फितलो रहेको बताउँदै सम्बन्धित निकायले प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
    प्रदेश सभा सदस्य केसीले पछिल्लो समय समाजमा विभिन्न किसिमका हिंसाजन्य घटनाहरु बढ्दै जान थालेको हुँदा कानुनको प्रभावकारी कार्यान्वय गर्नुपर्ने बताउँदै महिलासँग सम्बन्धित घटनामा स्वतन्त्र रुपमा छानबिन र कारवाही गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    सोही कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले लैङ्गिक हिंसाका घटना हुन नदिन तथा न्युनीकरण गर्नका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले घरेलु तथा महिला हिंसा घटाउन महिलाहरुलाई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध गराएर उनीहरुलाई आर्थिक रुपमा सशक्त र आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।
    नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबि भण्डारीले एउटी महिला छोरी, दिदीबहिनी, बुहारी र आमाको भूमिकामा रहेकाले विद्यालय तहबाटै महिलाप्रति सम्मान गर्ने भावनाको विकास गराउन सकेमा लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले समुदाय, विद्यालय र वडा तहमा पुगेर १६ दिनसम्म लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।

    कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईले लैङ्गिक हिंसासम्बन्धी विषयमा आधारित रहेर म्याग्दीमा लैङ्गिक हिंसाका घटना तथा पछिल्लो अवस्थाबारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दीपक पौडेल, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष रेखाकौशल रेग्मी र बेनी सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थी हिमाल आचार्यले लैङ्गिक हिंसा न्युनीकरण गर्न समुदायस्तरमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, गैरसरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेल, अधिकारकर्मी जमुना आचार्यको विशेष उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संगम, मिलन, कदम म्याग्दी, म्याग्दी बहुमुखी क्याम्पस, प्रकाश मावि र बेनी सामुदायिक माविले संस्थागत सहभागिता जनाएका थिए ।

    बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको अध्यक्षता र सहायक महिला विकास निरीक्षक डमसरा पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले स्वागतसँगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सदरमुकाम बेनीमा प्रभातफेरी ¥याली निकालिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

    १ हफ्ता अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

    १ हफ्ता अघि

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

  • १ हफ्ता अघि

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

  • २ हफ्ता अघि

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

  • २ हफ्ता अघि

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

  • २ हफ्ता अघि

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

  • समाचार
  • १

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    १ हफ्ता अघि

  • २

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    १ हफ्ता अघि

  • ३

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    १ हफ्ता अघि

  • ४

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    २ हफ्ता अघि

  • ७

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह
    २ हफ्ता अघि

  • ८

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु
    २ हफ्ता अघि

  • ९

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी
    ३ हफ्ता अघि

  • १०

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution