



बेनी, कात्तिक-६, आगामी साता देशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विभागले कात्तिक १० गतेदेखि १६ गतेसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ।

यस अवधिमा केही स्थानमा चट्याङसहित हल्का वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने सम्भावना रहेको छ।
यस्तै, मौसमविद् विनोद पोखरेलका अनुसार आगामी साताको मध्यतिर जलवाष्पयुक्त वायुको प्रवेश र न्यूनचापीय प्रणालीका कारण देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने आकलन गरिएको छ। विशेषगरी पहाडी भूभाग तथा पूर्वी र मध्य क्षेत्रका केही स्थानमा बदली भई फाट्टफुट्ट वर्षा हुन सक्ने उहाँको भनाइ छ।
सम्भावित वर्षाले धानबाली काट्ने तथा भित्र्याउने समयमा असर पार्न सक्ने भएकाले कृषकहरूलाई मौसमको नियमित अद्यावधिक सूचना हेरेर मात्रै बाली काट्ने र भित्र्याउने योजना बनाउन सुझाव दिइएको छ।
त्यसैले वर्षा तथा हिमपातको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन र मौसम पूर्वानुमानसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरिएको छ।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )