



बेनी, कात्तिक-५, पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिने बेनी–दरबाङ सडकखण्डको फापरखेत पहिरोको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निरीक्षण गर्नुभएको छ। निरन्तर सुक्खा पहिरो खस्दा शनिबारदेखि सडक अवरुद्ध भएपछि मन्त्री लम्सालले पहिरोको दीर्घकालीन समाधानका लागि भइरहेको प्रयास र हालसम्मको प्रगतिबारे जानकारी लिनुभएको हो।
निरीक्षणका क्रममा मन्त्री लम्सालले संघीय मन्त्री महावीर पुनसँग समन्वय गरी पहिरोको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीका सभापति युवराज रोकाले जानकारी दिनुभयो। उहाँका अनुसार संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमा उपलब्ध बजेटसमेत परिचालन गरी समस्या समाधानको प्रयास गरिनेछ।
यसैबीच, मन्त्री लम्सालले प्राकृतिक चिकित्सालयका रूपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा वर्षाका कारण भएको क्षतिको विवरणका आधारमा बजेट निकासा गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले क्षतिको विवरण तत्काल पठाउन सम्बन्धित समितिलाई आग्रह गर्नुभएको छ।
त्यसैगरी मन्त्री लम्साललाई बेनी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष रमेश गिरी, उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समेत भेटेर क्षतीको विवरणका सहित पाइपलाइन ब्यवस्थापनका बारेमा जानकारी गराउनुभएको छ ।














जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )